No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

इजरेलमा अमेरिकीहरूको हत्या गरेको भन्दै हमासका ६ नेताविरुद्ध अमेरिकामा मुद्दा

इजरेलमा अमेरिकीहरूको हत्या गरेको भन्दै हमासका ६ नेताविरुद्ध अमेरिकामा मुद्दा

संयुक्त राज्य अमेरिकाले याह्या सिन्वारसहित हमासका प्रमुख नेताहरूमाथि गत वर्ष अक्टोबर ७ मा इजरेलमा आक्रमण गराएको भन्दै मुद्दा चलाएको छ।

अमेरिकाको कानुन मन्त्रालयले हमासका छ जनामाथि विभिन्न सातवटा अभियोग लगाइएको जनाएको छ। उनीहरूमाथि अमेरिकी नागरिकको हत्या, आतङ्कवादलाई आर्थिक सहयोग गरेको र विनाशकारी अस्त्रहरू प्रयोग गरेको लगायतका आरोप लगाइएको छ।

यो फौजदारी मुद्दा हमासले केही दशकयता गरेको भनिएका आक्रमणहरू र झन्डै एक वर्षअघि दक्षिणी इजरेलमा भएको भीषण हमलासँग सम्बन्धित छ।

अक्टोबर ७ को आक्रमणका नेतृत्वकर्ताहरूलाई उत्तरदायी बनाउने उद्देश्यले अमेरिकाले त्यस्तो कदम चालेको हो।

अमेरिकाले मुद्दा चलाएकामध्ये तीन जनाको मृत्यु भइसकेको ठानिएको छ। सिन्वार गाजामा भूमिगत सुरुङभित्र लुकेर बसेको ठानिएको छ।

मङ्गलवार एउटा भिडिओ वक्तव्यमा अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्लन्डले प्रतिवादीहरू “एक दशकदेखि अमेरिकी नागरिकहरूको हत्या गर्ने, अमेरिकाको सुरक्षामा जोखिम पुर्‍याउने र त्यसका लागि आर्थिक प्रबन्ध गर्ने” काममा संलग्न भएको दाबी गरे।

प्रतिवादीहरूको समूहले “इजरेललाई ध्वस्त पार्ने हमासको उक्त उद्देश्यका लागि सर्वसाधारण मानिसहरूको हत्या गर्ने कामको नेतृत्व पनि गरेको” अमेरिकी आरोप छ।

उनले हमासले अक्टोबर ७ मा गरेको आक्रमणका क्रममा “पूरै परिवारको हत्या” गरेको, “ज्येष्ठ नागरिक र बालबालिकाको पनि हत्या गरेको र महिलामाथि बलात्कारसहित यौनहिंसा” जस्ता कार्य गरेको आरोप लगाए।

उनले उक्त आक्रमणका क्रममा हमासले “१,२०० जनाभन्दा धेरैको हत्या गरेको” र “होलोकास्टपछि यहुदीहरूको सबैभन्दा ठूलो नरसंहारको अपराध गरेको” आरोप लगाए।

मुद्दा चलाइएका नेता को-को छन्

माथि बायाँबाट - मार्वान ईसा, खालिद मशाल, महमूद जहार, याह्या सिन्वार, इस्माइल हानिया र मोहम्मद डेफ
तस्बिरको क्याप्शन,माथि बायाँबाट क्रमस – मार्वान ईसा, खालिद मशाल, महमूद जहार, याह्या सिन्वार, इस्माइल हानिया र मोहम्मद डेफ

अमेरिकाले मुद्दा चलाएका अन्य हमास नेताहरूमा यो समूहका पूर्वनेता इस्माइल हानिया, सङ्गठनको सैन्य एकाइका उपनेता मार्वान ईसा,  गाजाबाहिरको क्षेत्रमा उक्त समूहको नेतृत्व गर्ने खालिद मशालसहित मोहम्मद डेफ र अलि बराका छन्।

उनीहरूमाथि लगाइएको अभियोगमा सार्वजनिक स्थानमा बम राखेर मानिसहरूको ज्यान लिएको, आतङ्कवादलाई आर्थिक जोहो गर्ने षड्यन्त्र गरेको र मानिसहरूको ज्यान जाने गरेर आतङ्कवादलाई सामान उपलब्ध गराएको जस्ता आरोप छन्।

अमेरिकी कानुन मन्त्रालयको उजुरीमा प्रतिवादीहरू “फरार रहेको वा मृत्यु भइसकेको” उल्लेख छ।

विगतका महिनाहरूमा इजरेली आक्रमणमा परेर हानिया, ईसा र डेफको मृत्यु भइसकेको ठानिन्छ।

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले हमासको कब्जामा हालै मारिएका अमेरिकी र इजरेलको द्वैध नागरिकता भएका हेर्श गोल्डबर्ग-पोलिनसहित गत वर्षको आक्रमणमा ४२ अमेरिकी नागरिकको हत्या भएको र १० जनालाई  बन्धक बनाइएको प्रसङ्ग अभियोगपत्रमा उल्लेख गरेको छ।

“हामीले हेर्शको हत्याबारे अनुसन्धान गरिरहेका छौँ। अमेरिकीहरूको बीभत्स हत्या गर्ने हमासको प्रत्येक कार्य आतङ्कवादी कार्य हो,” गार्लन्डले भने।

दोषी ठहर भएको अवस्थामा आरोपितहरूले अमेरिकी कानुनअनुसार आजीवन कारावास वा मृत्युदण्डको सजाय पाउन सक्छन्।

फेब्रुअरीमै दर्ता मुद्दा गोप्य

मेरिक गार्लन्ड

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

उनीहरूमाथि फेब्रुअरीमै अभियोग दर्ता भएको पाइएको छ।

तर उनीहरूमध्ये कसैलाई पक्राउ गर्न सकिने आशामा त्यसलाई मङ्गलवारसम्म गोप्य राखिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले जनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले हेर्श गोल्डबर्ग-पोलिनको हत्यालाई “दुःखद र निन्दनीय” भएको बताएका छन्।

“भ्रममा नपर्नुहोस्, हमासका नेताहरूले यो अपराधको मूल्य चुकाउनुपर्छ,” बाइडनको भनाइ छ।‍

इजरेलले

यसैबीच यूकेले आफूले इजरेललाई बिक्री गर्दै आएका केही साधन र हतियारको निर्यातमा रोक लगाउने निर्णयको प्रतिरक्षा गरेको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र अरू नेताले उक्त निर्णयबाट हमासलाई लाभ पुग्ने भन्दै आलोचना गरेका थिए।

यूकेले ती सामग्रीको गाजामा हुने सम्भावित प्रयोगबारे चिन्ता प्रकट गरेको थियो।

हमासले गत वर्ष अक्टोबर ७ मा इजरेलमा गरेको आक्रमणमा झन्डै १,२०० जनाको मृत्यु भएको थियो। तीमध्ये नेपाली विद्यार्थीहरूसहित विदेशी नागरिक पनि थियो।

आक्रमणपछि हमासले अन्य २५१ जनालाई गाजामा लगेर बन्धक बनाएको थियो। तीमध्ये एक नेपाली नागरिक पनि रहेको ठानिन्छ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार त्यसपछि इजरेलले गाजामा थालेको सैन्य कारबाहीमा ४०,००० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ। मृतकमध्ये महिला र बालबालिकाको सङ्ख्या उल्लेख्य भएको बताइएको छ। BBCNews Nepali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा

उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

आफन्तको घर भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

आफन्तको घर भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .