No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमर संस्कृतिकर्मी : वरिष्ठ संगीत गुरु एवम् गायक गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम

चतुर्भुज केवरत

अमर संस्कृतिकर्मी : वरिष्ठ संगीत गुरु  एवम् गायक गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रम

नेपालका वरिष्ठ संगीत गुरु एवम् गायक गुरुदेव कामतको निधन भएको दसौँ दिनको पुण्य तिथिको अवसरमा सांस्कृतिक संस्थान जमलको हलमा श्रद्धाञ्जली अर्पण कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम गुरुदेव कामत संगीत फाउन्डेसन र गुरुकुल संगीत पाठशाला परिवारले संयुक्त रूपमा आयोजना गरेको थियो । फाउन्डेसनका अध्यक्ष प्रभातसागर सिंह प्रधानको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त डा. गौरीशंकर लाल दासलाई प्रमुख अतिथिका रूपमा निम्त्याइए पनि डा. दासको अस्वस्थताका कारण वहाँ उपस्थित हुन सक्नु भएन ।

प्रमुख अतिथिले श्रद्धाञ्जली तथा समवेदना सन्देश आफ्नो जेठा छोरा आनन्दमोहन दासमार्फत पठाउनु भएको थियो । सो सन्देश आनन्दमोहन दासले वाचन गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मदन दास श्रेष्ठ, वरिष्ठ संगीतकार, गायक एवम् चलचित्र निर्देशक तथा अभिनेता मुरलीधरले विशिष्ट आतिथ्य ग्रहण गर्नु भएको थियो । त्यसैगरी वरिष्ठ गीतकार मुकुन्द पौडेल, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार मिलन मोक्तान, गायिका शर्मिला बर्देवाहरूले विशिष्ट आतिथ्य ग्रहण गर्नु भएको थियो । उक्त कार्यक्रममा चर्चित संगीतकार एवम् गायक बाबुल गिरी, गायक तथा संगीतकार सागर शरद अधिकारी, संगीतकार अमोल कार्कीहरू सहभागी हुनुहुन्थ्यो । उपराष्ट्रपति कार्यालयको प्रेस संयोजक एवम् मैथिली साहित्यकार दिनेश यादव र सोही कार्यालयका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंहज्यूको उपस्थिति रहेको थियो ।

उक्त कार्यालयकै प्राविधिक विज्ञ राधेश्याम विश्वकर्माको उपस्थिति रहेको थियो । कार्यक्रममा आसन ग्रहणपश्चात् दिवंगत संगीत गुरु गुरुदेव कामतको दिवंगत आत्माको चिरशान्तिका लागि एक मिनट मौनधारण गरिएको थियो । मौनधारण लगत्तै उपस्थित सबै संगीतप्रेमी तथा गुरुदेवका शुभेच्छुक तथा अग्रज अनुज एवम् शिष्यशिष्या सबैले पालैपालो श्रद्धेय गुरुको तस्बिरमा पुष्प थुँगा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

गुरुदेव कामतका पुराना शिष्य भिम मगरको नेतृत्वमा कालीप्रसाद रिजालको शब्द र पहिले गुरुदेव कामतको संगीत र स्वरमा गायन भएको कुन पापीले कुन निष्ठुरीले लुटिदियो पूmलबारी शीर्षकको गीतको सामूहिक गायन प्रस्तुति भएको थियो । उक्त टोलीमा गुरुदेव कामतका १८ जना शिष्यशिष्याहरूको उत्साहजनक सहभागिता रहेको थियो । गायन समूहमा भिम मगर (हारमोनियम), विकास सिलवाल, कुन्दन शाह (तबला), बबिना भट्टराई, अनिश भुसाल, दिनेश दवाडी, उत्तम थापा, लक्ष्मण श्रेष्ठ, मिनालक्ष्मी कर्माचार्य श्रेष्ठ, भावना न्यौपाने, दीक्षा उप्रेती, धनु ग्याङ्मी (गितार), झुमा निरौला, रमेश कार्की, कृष्ण भट्टराई, कविता बराइली, राज श्रेष्ठ (गितार) र टिका उप्रेतीको सहभागिता रहेको थियो । नेपाली, मैथिली, भोजपुरी र हिन्दी गीत, गजल तथा भजनका क्षेत्रमा आजीवन समर्पण गरेका संगीत गुरु गुरुदेव कामतका जीवनीवृत्तका बारेमा वरिष्ठ गीतकार एवम् उनका अनन्य मित्र मुकुन्द पौडेलले प्रकाश पार्नु भएको थियो ।

सिराहाको पोखरभिन्डामा वि.सं.२०१२ साल पौष २२ गते सिराहा जिल्लाको पोखरभिन्डामा आमा अग्री देवी कामत र बुबा लक्ष्मण कामतका माहिलो छोराका रूपमा जन्मेका गुरुदेव कामतले ६ वर्षको बाल्यकालदेखि नै स्थानीय नाच, रामलीला र थिएटरबाट अभिनयका साथै गायन आरम्भ गरेको गीतकार पौडेलले जानकारी दिनुभयो । दिवंगत गुरु गुरुदेवकी पत्नी सबुरदेवी कामत, छोरी सुशीला कामत, छोराहरू क्रमशः धर्मेन्द्र कामत, प्रमेन्द्र कामत र ज्ञानेन्द्र कामत रहेका पौडेलले जानकारी गराउनुभयो । आफ्ना फुपूका छोरा दाजु जगदेव कामतबाट संगीत एवम् गायन आरम्भ गरेका दिवंगत कामतले भारतबाट पण्डित गणेश ठाकुरलाई गुरु मानी शास्त्रीय संगीतमा एम. म्युजसम्म अध्ययन गरेको जानकारी दिनुभयो ।

वि.सं.२०४९ सालमा रेडियो नेपालबाट आयोजना गरिएको शास्त्रीय गायनमा गुरुदेव कामत प्रथम स्थान हासिल गर्नु भएको वहाँले जानकारी गराउनु भयो । एक दशकसम्म डो रे मी मा संगीत प्रशिक्षण गराउनु भएका गुरुदेव कामतले वि.सं.२०५५ सालमा आप्mनै पहल र प्रयासमा बागबजार, काठमाडौँमा गुरुकुल संगीत पाठशाला संचालन गरी पच्चीस हजारभन्दा पनि बढी शिष्यशिष्यालाई संगीत सिकाउनुका साथै गायनमा तालिम दिनु भएको जानकारी गराउनु भयो । वरिष्ठ संगीत गुरु गुरुदेव कामतले ५०० भन्दा पनि बढी कालजयी मैथिली, नेपाली र भोजपुरी गीत गाएर सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको वहाँले चर्चा गर्नुभयो ।

विशिष्ट अतिथि पौडेलले गुरुदेवले नेपालमा पहिलो पटक क्लासिकल गायनको क्यासेट निकाल्नुका साथै आप्mनो व्यक्तिगत प्रयासमा पच्चीस वर्षसम्म अनवरत गुरुदेव कामत एकल सुरम्य सन्ध्या कार्यक्रम सम्पन्न गर्नुभएको ऐतिहासिक तथ्यमाथि प्रकाश पार्नु भयो । दिवंगत गुरु गुरुदेव कामतले भारत, जर्मनी, स्विटजरलैन्डलगायत विभिन्न देशमा नेपाली गीतसंगीतका प्रचारप्रसार गर्नु भएको सुनाउनु भयो । गुरु गुरुदेव कामत कयौँ पटक ज्याजमान्डुको निर्णायकको भूमिका निर्वाह गर्नुका साथै अंग्रेजी फिल्म लिटिल बुद्धमा अभिनय गर्नु भएको चर्चा गर्नु भयो ।

नेपाली संगीत क्षेत्रका मूर्धन्य व्यक्तित्व गुरुदेव कामत नेपाल सरकारबाट जनसेवा पदक, मिथिला रत्न, मधेस रत्न, केवट रत्नलगायत दर्जनौँ पदक तथा पुरस्कारबाट विभूषित र पुरस्कृत हुनुका साथै स्वदेश तथा विदेशका सयौँ संघसंस्थाबाट सम्मानित हुनुभएको प्रकाश पार्नुभयो । गुरुदेव कामत संगीत फाउन्डेसनका संस्थापकमध्ये एक सक्रिय व्यक्तित्व प्रिन्सिपल झविन्द्र सुवेदीले फाउन्डेसनको तर्पmबाट दिइएको श्रद्धाञ्जली तथा समवेदना पढेर सुनाउनु भएको थियो ।

सुवेदी ज्यूले नेपाली संगीतका विराट व्यक्तित्व गुरुदेव कामतको असामयिक निधनले नेपाली गीतसंगीत एवम् गायनका क्षेत्रमा अपूरणीय क्षति भएको धारणा व्यक्त गर्नुभयो । यसका साथै वहाँले फाउन्डेसनले संगीतकार एवम् गायक गुरुदेव कामतका सांगीतिक तथा गायन क्षेत्रका योगदानलाई समेटेर उनका पारिवारिक सदस्यका परामर्श एवम् सहकार्यमा संगीतकार गायक गुरुदेव कामत स्मृतिग्रन्थ प्रकाशनका साथसाथै उनीद्वारा संगीतबद्ध र स्वरबद्ध गरिएका गीत, गजल एवम् भजन संग्रहण गर्दै जाने जानकारी गराउनु भयो । मिति २०८१ साउन १७ गते बिहीबार बिहान ७ ः३० बजे गुरुदेव कामतको सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं.२ पोखरभिन्डामा आकस्मिक निधन भएकाले वहाँको श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना पढेर सुनाउनु भयो ।

शिष्यशिष्याका तर्पmबाट प्रतिनिधित्व गर्दै विकास सिलवालले गुरुसँगका केही अन्तरंग विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । वरिष्ठ शास्त्रीय संगीतकार एवम् गायक गुरुदेवका प्रिय शिष्य, श्रुति संगीत विद्यालयका संस्थापक, संगीतकार तथा गायक नरहरि प्रेमीले आप्mना गुरुप्रति श्रद्धासुमनस्वरूप एउटा मैथिली गीत गाउनु भएको थियो । वरिष्ठ नाट्यकर्मी मदन दास श्रेष्ठले राज्यमा संस्कृतिकर्मीका हकहितका लागि कयौँ संस्थानहरू संचालनमा रहे पनि गुरुदेव कामतले कतैबाट सहयोग नपाउनु अत्यन्त दुखद कुरा हो भनी दुखेसो पोख्नु भयो । यसैगरी वरिष्ठ संगीतकार एवम् गायक मुरलीधरले आपूmहरू ६ भाइ रहेका तर गुरुदेव मेरो सातौँ भाइ रहेको बताउँदै गर्दा वहाँको गला अवरुद्ध भएको थियो । वहाँले गुरुदेव कामतले ६ वर्षको उमेरदेखि नै थिएटरमा संघर्ष गर्दै यहाँसम्मको यात्रा तय गरेको भन्नु भयो । वहाँले गीताको भौतिक देह नश्वर रहेको र आत्मा अजर अमर रहेकोले गुरुदेव कामत संगीतका माध्यमबाट अमरता प्राप्त गरेको अभिव्यक्ति दिनुभयो । वहाँले गीताको चर्चित श्लोक नैनं छिन्दन्ति शस्त्रानि…को गायनसमेत गर्नु भयो ।

गुरुदेव कामतकी चेली गायिका सर्मिला बर्देवाले गुरुदेव कामतसँग आप्mनो सिकाइको अनुभव बताउनु भयो । वरिष्ठ संगीतकार राजु सिंहले गुरुदेव कामतलाई संगीतको महाविद्यालयको संज्ञा दिनुभयो र वहाँले गीतसंगीत एवम् गायनका क्षेत्रमा कार्यरत संस्कृतिकर्मी सबैका लागि राज्यले नै अनिवार्य रूपमा बिमाको व्यवस्था गर्नुपर्ने अभिव्यक्ति दिनु भयो । संगीत गुरु गुरुदेव कामतको निधनलगत्तै उनीद्वारा संगीतवद्ध र गाइएका गीत विभिन्न सामाजिक सञ्जालमा अनधिकृत रूपमा प्रशारण भइरहेकाप्रति पारिवारिक स्रोत र गुरुदेव कामत संगीत फाउन्डेसन तथा गुरुकुल संगीत पाठशाला परिवारको गम्भीर ध्यानाकर्ष भएको र अबउप्रान्त त्यस्तो गतिविधिले निरन्तरता पाएमा गुरुदेव कामतको पारिवारिक स्रोत र फाउन्डेसन तथा संगीत पाठशाला परिवार न्यायिक उपचार खोज्न बाध्य हुने सूचना कार्यक्रम संचालकले सम्प्रेषण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा संगीत गुरु गुरुदेव कामतका उल्लेख्य मात्रामा शिष्यशिष्याहरूको उपस्थिति रहेको थियो । गायक नवीन कार्की, ओम सुनार, के.सी.राजा, शैलेशकुमार मिश्र, अञ्जली पटेल, कुमार सन्तोष सानु, उत्तम थापालगायतका दर्जनौँ गायकगायिकाको सहभागिता रहेको थियो । श्रद्धाञ्जली कार्यक्रमको अध्यक्षता गर्नुभएका गुरुदेव कामत संगीत फाउन्डेसनका अध्यक्ष प्रभातसागर सिंह प्रधानले आप्mना मित्र गुरुदेव कामतलाई मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्षले बोलाएर चार घण्टासम्म एकल गायन कार्यक्रम गराई एक लाख रुपियाँ नदिएको दुखेसो पोख्नु भयो । वहाँले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो । उक्त श्रद्धाञ्जली तथा समवेदना अर्पण कार्यक्रमको सञ्चालन गुरुदेव कामत संगीत फाउन्डेसनका सचिव पङ्कतिकारले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

Next Post
गाउँपालिका अध्यक्ष यादवले सार्वजनिक जग्गा गरे व्यक्तिको नाममा सिफारिस

गाउँपालिका अध्यक्ष यादवले सार्वजनिक जग्गा गरे व्यक्तिको नाममा सिफारिस

शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिएको त्यो समय

शेख हसिनालाई इन्दिरा गान्धीले भारतमा शरण दिएको त्यो समय

म्याग्दीमा राहदानीबाटै तीन करोडबढी राजश्व सङ्कलन

म्याग्दीमा राहदानीबाटै तीन करोडबढी राजश्व सङ्कलन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...