• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बङ्गलादेशका हिन्दू र बौद्धहरू माथि भइरहेको अत्याचारको विरोधमा सर्वपक्षीय बैठक सम्पन्न


बङ्गलादेशका हिन्दू र बौद्धहरू माथि भइरहेको अत्याचारको विरोधमा सर्वपक्षीय बैठक सम्पन्न

काठमाडौं — बङ्गलादेशमा हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि भइरहेको अत्याचारको विरोधमा नेपालका विभिन्न धार्मिक, राजनीतिक र सामाजिक संघ-संगठनहरूको सर्वपक्षीय बैठक सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानले समन्वय गरेको उक्त बैठकमा सहभागीहरूले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि महत्वपूर्ण निर्णयहरू गरेका छन्।

बैठकको अध्यक्षता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले गरेका थिए। बैठकमा प्रतिनिधि सभा सदस्य किरण साह, विश्लेषक एवं पूर्व प्रधानमन्त्रीका परराष्ट्र सलाहकार अरुण कुमार सुवेदी, नेपाल सनातन धर्म संस्कृति संगठनका पुष्पराज पुरुष, विश्व हिन्दू महासंघका अर्जुन वस्तोला, इस्कॉनका शैलेन्द्र प्रभुजी, श्री कृष्ण प्रणमी सेवा समितिका श्याम कृष्ण शर्मा, धार्मिक अभियंता खेमनाथ आचार्य, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका महासचिव रामचंद्र तिवारी, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, श्री नेपाल वैदिक संचार केन्द्रकी घमा भट्टराई, जरो किलो पार्टीका महासचिव प्रकाश श्रेष्ठ, नागरिक शक्ति नेपालका महासचिव ॐ ढकाल, दीपक सिंह महर्जनलगायतको सहभागिता थियो।

बैठकमा बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा शरण दिन नेपाल सरकारले घोषणा गर्न दवाव दिने निर्णय गरियो। साथै, परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेशलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि दमन रोक्न कुटनीतिक नोट पठाउन दबाब दिने निर्णय पनि गरियो।

सर्वपक्षीय बैठकमा सहभागीहरूद्वारा नेपालस्थित बङ्गलादेशको दूतावास घेराउ कार्यक्रमको योजना समेत बनाइएको छ। घेराउ कार्यक्रममार्फत बङ्गलादेश सरकारलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरू माथि भइरहेको अत्याचारको विरुद्धमा कडा सन्देश पठाउने उद्देश्य राखिएको छ।

बैठकमा सहभागीहरूले बङ्गलादेशमा भएका अत्याचारहरूको विरोधमा आवाज उठाउन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन, र नेपाल सरकारलाई कूटनीतिक माध्यमबाट प्रभावकारी कदम चाल्न आग्रह गर्ने निर्णय गरेका छन्। बैठकका सहभागीहरूले बङ्गलादेशमा भइरहेको क्रूरतापूर्ण घटनाहरूको विरोधमा सबैलाई एकजुट भएर लड्न आह्वान गरेका छन्।

यस बैठकले बङ्गलादेशका हिन्दू र बौद्ध धर्मावलम्बीहरूको संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ। सहभागीहरूले बङ्गलादेशमा भइरहेको अत्याचारहरूलाई अन्त्य गर्न सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न
  • २०८१ श्रावण २४, बिहीबार १३:४१
  • In "BannerNews"
  • ‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’
  • २०८१ श्रावण २४, बिहीबार १३:४१
  • In "BannerNews"
  • बंग्लादेशमा हिन्दू युवाको निर्मम हत्याको विरोधमा सिराहाको गोलबजारमा विरोध र्‍याली
  • २०८१ श्रावण २४, बिहीबार १३:४१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

भूमिगतकालीन प्रचण्डको विज्ञप्तिमा हस्ताक्षरकर्ता महेश्वर दाहाल

मुहम्मद युनुसको अपिल : बंगलादेशलाई अराजकता र हिंसाबाट बचाऔं

बंगलादेशको अन्तरिम सरकार प्रमुखका रुपमा मुहम्मद युनुसव्दारा शपथ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version