• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’

‘मुस्लिम आयोग खारेज हुनुपर्छ’


‘नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको हो’

काठमाडौं, ५ साउन । राष्ट्रिय एकता अभियानले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दू, बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले कुनै एक धर्म विशेषको नाममा सरकारले आयोग गठन गर्नु दुःखद रहेको बताउँदै त्यो आयोग खारेज हुनुपर्ने वा अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने माग गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका स्वतन्त्र सांसद किरण साहले फरकमत राखेका थिए । उनले मुस्लिम आयोग खारेजभन्दा अन्य धार्मिक आयोगहरु पनि गठन गराउनेतिर लाग्नुपर्ने सुझाव दिएका थिए ।


उनले नेपालको ८० प्रतिशतभन्दा बढी सनातन हिन्दू धर्मावलम्बीहरु हुँदाहुँदै पनि हिन्दू आयोग गठन नहुनु चिन्ताको विषय रहेको बताए । उनले नेपालमा हिन्दू, बौद्ध, किरात लगायतका अन्य धार्मिक आयोगहरु पनि गठन हुनुपर्ने बताएका हुन् ।
यस्तै, कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री तथा बौद्ध धर्मगुरु लार्केल लामाले विश्वमा नेपाललाई चिनाउने भगवानका अनुयायी बौद्ध धर्मावलम्बीहरुप्रति अन्याय भएको जिकिर गरे । उनले बौद्ध सबै धर्मको संरक्षणका लागि राज्यले आयोग गठन गर्नुपर्ने धारणा राखे ।


कार्यक्रममा अभियानका वरिष्ठ नेता तथा संविधानसभाका सदस्य बीपी यादवले मुस्लिम आयोगको नाममा नेपालमा हत्या हिंसा मच्चाउन खोजिएको आरोप लगाए । उनले मुस्लिम आयोग खारेज गर्नैपर्ने बताउँदै यसका लागि आगामी दिनमा अभियानले सशक्त कार्यक्रमहरु गर्ने बताए ।
कार्यक्रमका अध्यक्षता गरेका अभियानका संयोजक विनय यादवले नेपाललाई जिहादीको अखाडा बनाउन मुस्लिम आयोग गठन गरिएको दाबी गरेका थिए । उनले विदेशी अतिवादी मुस्लिम आतंकवादीहरुको अखाडा नेपाल बन्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
‘मुस्लिम आयोगको नाममा खुल्लेआम मुस्लिम आयोगका पदाधिकारीहरु सरकारी स्रोतसाधनको दुरुपयोग गरेर विमानस्थलबाट अपराधीहरुलाई उम्काउने काम गरिरहेका छन्’, उनले भने, ‘मुस्लिम आयोगको गतिविधि हामीसँग लुकेको छैन ।’


उनले मुस्लिम आयोगको नाममा विदेशी जिहादीलाई नेपाल भित्र्याएर सोझासाझा नेपाली मुस्लिमहरुलाई जिहाद र कट्टरवादको प्रशिक्षण दिइरहेको आरोप लगाएका छन् ।
यसैगरी, कार्यक्रममा हर्क स्वार, प्राध्यापकद्वय कुंजीलाल यादव र डॉ श्यामनारायण लाभ, अवलेश गुप्ता लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम को संचालन अभियानका राष्ट्रिय सम्मेलन आयोजन समितिका महासचिव डा. प्रभात कुशवाहाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राष्ट्रिय एकता अभियानद्वारा मेची–काली जनसंवाद यात्राको तयारी तिव्र
  • २०८० श्रावण ५, शुक्रबार २१:४७
  • In "BannerNews"
  • लहानमा धार्मिक संवादका लागि हातेमालो समिति गठन, शान्ति प्रवर्द्धनमा अग्रसर
  • २०८० श्रावण ५, शुक्रबार २१:४७
  • In "BannerNews"
  • मुस्लिम आयोग र बीआरआई सम्झौता खारेज गर्न माग
  • २०८० श्रावण ५, शुक्रबार २१:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

मधेशी दलित गैरसरकारी संस्था महासंघ, नेपाल को राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान विभिन्न पार्टी को नेता संग भेटघाट गर्दै भारतमा

गोलबजारमा एमालेको संगठित सद्स्य घट्यो समाचार सम्प्रेषण गरिएको प्रती एमालेको ध्यान आकर्षण

दलितमाथि भइरहेको अन्यायविरुद्ध लड्न रामो महराको नेतृत्वमा संर्घष समिति गठन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version