सिरहा । विभिन्न रोगबाट जोगिन स्वच्छ जिबन यापन गर्न सिरहाको लहानमा नगरपालिका वडा नम्बर ९ स्थित रहेको चिल्ड्रेन पार्कमा बृक्षारोपन तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। डा. गिता यादवको आमाको एक बर्षको समृतीमा पछिल्लो सप्ताह रोटरी कल्ब अफ लहानले आयोजना गरेको कार्यक्रमबाट सुरु भयो सप्ताह दोश्रो शनिबार लाईन्स कल्बले बृहत रूपमा कार्यक्रमको आयोजना गरेको थियो। समाजसेवी शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सरसफाई अभियनता धिरेन्द्र साहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।
पार्कलाई ब्यवस्थित,सफा,हरा,भरा बनाउन सरसफाइ अभियानीहरुले प्रत्येक शनिबारको दिन सरसफाई गर्ने गरेका छन्।उक्त कार्यक्रममा सुन्सरी सप्तरी सिरहा धनुषा उदयपुर लगायतका जिल्लाबाट अभियानीहरुको उपस्थिति रहेको समाजसेवी राकेश झाले जानकारी दिनु भयो।
पार्कलाई सुन्दर र सौर्न्दर्य कारण गर्न राष्ट्रिय सरसफाई अभियनाता धिरेन्द्र साहले निरन्तर रूपमा सर सफाइमा उपस्थित हुने गरेको जनाएको छ्।
उक्त कार्यक्रममा योग गुरु डा.बिपी योग अभियानी संन्जु काफ्ले,ब्रम्हा कुमार बबिन बस्नेत एपेक्स एजुकेसन ईन्स्टिच्युटका संचालक प्रीन्सिपल भरत साह,संचारकर्मी फिरोज शिदिकी ,महेश सिंह,शम्भु चौधरी,जेएस मुरारका बहुमुखी क्याम्पसका प्राध्यापक भोला बिश्वकर्मा इन्जिनियर अनिता गुप्ता, नम्रता ऐर,लगायतका अभियानीहरुको उपस्थिति रहेको थियो।
पार्कलाई ब्यवस्थित र रमणीय बनाउन एपेक्स एजुकेसनल ईन्स्टिच्युटका संचालक राम्रो गुणस्तरीय एउटा झुला बनाएर पार्कमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।लहानमा नमुना पार्क बनाउने निर्णय गरेका पुर्व वडा अध्यक्ष प्रदीप चौधरीले जानकारी दिनु भयो। प्रमुख अतिथि साहका अनुसार राजनीति क्रान्ति आवश्यकता नरहेको र अब समाजिक क्रान्तिको आवश्यकता नेपालमा नितान्त जरुरी रहेको चर्चा गरेका थिए उक्त समाजिक क्रान्तिमा सबै नेपाली दाजु भाई र आम नेपालीको साथ र सहयोग रहने बताए।
अध्यक्ष शंकर प्रसाद गुप्ताले विभिन्न रोगबाट बचन हरेक नागरिकलाई सरसफाइमा ध्यान दिनु जरुरी रहेको भन्दै लहान लाई सफा र सुन्दर बनाउन हामी सम्पुर्ण लहान बासीको जिम्मेवारी रहेको भन्दै हरेक समाजिक कार्यमा आफू आबद्ध संस्था र मेरो सहयोग रहने भन्दै कार्यक्रम समापन गरेका थिए।














