No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महिला एसिया कप : आज नेपालको भिडन्त पाकिस्तानसँग

महिला एसिया कप : आज नेपालको भिडन्त पाकिस्तानसँग

काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७स्१५ बजे सुरु हुँदैछ।
नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा हुनेछ। पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ।
आजै हुने समूह ‘ए’ को अर्को खेलमा यूएईले भारतको सामना गर्दैछ। भारत लगातार जित निकाल्दै अघिल्लो चरणको ढोका खोल्न चाहन्छ भने यूएई पहिलो जितको खोजीमा हुनेछ। यो खेल आइतबार दिउँसो २स्१५ बजे सुरु हुनेछ।
प्रतियोगितामा आठ टोली सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्।
समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्।
समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।
नेपालको ऐतिहासिक पहिलो जित
नेपालको पहिलो खेलको जितमा ब्याटिङतर्फ सम्झना खड्का र बलिङमा कप्तान इन्दु बर्माको योगदान महत्त्वपूर्ण रहयो। श्रीलंकाको डम्बुला शुक्रबार मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले यूएईले ८ विकेटको क्षतिमा दिएको ११६ रनको लक्ष्य १६।१ ओभरमा चार विकेटको क्षतिमा ११८ रन बनाउँदै पूरा गरेको हो।
नेपालको पहिलो जितका लागि सम्झना खड्काले ४५ बलको सामना गर्दै ११ छक्काको मद्तमा ७२ रन बनाइन भने कप्तान इन्दु बर्माले तीन विकेट हात पारिन्।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल समूह ‘ए’को दोस्रो स्थानमा छ। समान दुई अंक भएको भारत रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा भारतले शुक्रबार पाकिस्तानलाई सात विकेटले हराएको हो। पाकिस्तानले दिएको १०९ रनको लक्ष्य भारतले १४।१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो।
नेपालले समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ।
साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।
नेपाली टिम
नेपाली महिला एसिया कप टोलीको कप्तानी इन्दु बर्माले गरेकी छन्। नेपाली टिममा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।
तेस्रो पटक एसिया कप खेल्दै नेपाल
नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।–खबरहब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

प्रधानमन्त्री कप क्रिकेट: एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

प्रधानमन्त्री कप क्रिकेट: एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

हैदराबादले राजस्थानलाई हरायो

हैदराबादले राजस्थानलाई हरायो

मुम्बईले चेन्नाईलाई दियो एक सय ५६ रनको लक्ष्य

मुम्बईले चेन्नाईलाई दियो एक सय ५६ रनको लक्ष्य

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

बंगलादेशविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

Next Post
बङ्गलादेशमा विद्यार्थीको विरोध प्रदर्शनमा ११४ जनाको मृत्यु,

बङ्गलादेशमा विद्यार्थीको विरोध प्रदर्शनमा ११४ जनाको मृत्यु,

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही

मुख्यमन्त्री सिंहद्वारा ११ मन्त्रालयमा छड्के, देखियो कर्मचारीमा लापरबाही

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, दुई तिहाइ सांसदको समर्थन

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, दुई तिहाइ सांसदको समर्थन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .