No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ट्रम्पको चुनावी सभाका मुख्य सन्देश

ट्रम्पको चुनावी सभाका मुख्य सन्देश

काठमाडौं । अमेरिकी राजनीतिमा केही हप्ताको उथलपुथलपछि डोनाल्ड ट्रम्पले बिहीबार राति रिपब्लिकन राष्ट्रपतिको उम्मेदवारको रूपमा उम्मेदवारी दिने तेस्रो पटक पक्का भयो । लगत्तै भएको उनको चुनावी सभामा ट्रम्पले राष्ट्रियता र शक्तिको सन्देश दिएका छन् ।

बिहीबार राति ट्रम्पले भव्य चुनावी सभा आयोजना गरेका थिए । जसको सुरुवातमै किड रकले अमेरिकन ब्याड एस संस्करणको गीत प्रस्तुत गरे । त्यसपछि उनको चुनावी गीत ‘गड ब्लेस द यूएसए’को संस्करण प्रस्तुत भयो । अनि प्रकाशले भव्य सिंगारिएको स्टेजमा ट्रम्प देखापरे ।

स्टेजमा हिँड्दा पछाडिको ब्यानरमा उनको नाम विशाल अक्षरमा लेखिएको थियो । त्यो धमाकेदार सुरुवातपछि पूर्व राष्ट्रपतिसमेत रहेका ट्रम्पले समारोहलाई सम्बोधन गरे ।

उनको भाषण सुनिरहेको शान्त भिडलाई आफ्नो जीवनमा हालै भएको आक्रमण प्रयासको बारेमा विस्तृत रूपमा बताए । सम्बोधनमा ट्रम्पले राष्ट्रिय एकताको सन्देशमा जोड दिए र प्रजातान्त्रिक पार्टीका नेताहरूप्रति तीखो टिप्पणी गरे । ट्रम्पको भाषण र चुनावी सभाका मुख्य पाँच सन्देश :

आफ्नो हत्या प्रयासको बयान

ट्रम्पले गत शनिबार आफूमाथि भएको आक्रमणको अनुभव सुनाएर भाषण सुरु गरे । ‘तपाईंलाई पहिले नै थाहा छ, मलाई हत्या गर्ने प्रयास गर्दै गोली हानिएको थियो । एक इन्चमात्रै निशाना भित्र परेको थियो भने मेरो ज्यान जान सक्थ्यो,’ उनले भेला भएका रिपब्लिकन प्रतिनिधिहरूलाई सुनाए ।

‘जब म टेलिप्रम्प्टर स्क्रिनमा प्रक्षेपण गरिएको अध्यागमनको चार्ट हेर्नका लागि आफ्नो टाउको थोरै घुमाएको मात्रै के थिएँ । असाध्यै ठूलो आवाज कानमै हानेको जसरी आयो । जब मैले ठूलो आवाज सुनेँ । मेरो दाहिने कानमा, साँच्चै गाह्रो भयो । मलाई केहीले हिर्काएको महसुस भयो । म धेरै भाग्यमानी रहेछु कि मलाई ठूलो चोट लाग्न पाएन ।’

ट्रम्पले त्यो गोली भएको अनुमान त्यतिबेलै गरेको बताएका छन् । उनले आफ्नो सुरक्षामा खटिएका व्यक्तिलाई ‘धेरै साहसी’ भन्दै प्रशंसासमेत गरे । ट्रम्पले भने, ‘मप्रतिको प्रेमले गर्दा उनीहरूले जस्तै अवस्थामा पनि मलाई छोडेनन् । उनीहरूको अनुहारमा म प्रेम देख्छु ।’

‘सर्वशक्तिमान भगवानको कृपाले मात्र म यो मैदानमा तपाईंहरूको अगाडि उभिन पाएको छु,’ उनले भने । आफ्नो हत्या प्रयासको बयान सुनाउँदा उनले समर्थकलाई नडराउन र भागदौड नगर्न आग्रहसमेत गरे ।

बाइडेनप्रति तीखो टिप्पणी

आफ्नो भाषणमा ट्रम्पले राष्ट्रपति जो बाइडेनका कयौं नीतिको चर्को आलोचना गरे । तर बाइडेनको नाम जम्मा एक पटक मात्रै लिए । ट्रम्पले बाइडेनलाई इतिहासको सबैभन्दा खराब राष्ट्रपतिका रूपमा अर्थ्याए । ‘उनले यो देशलाई गरेको क्षति अकल्पनीय छ,’ बाइडेनलक्षित टिप्पणीमा ट्रम्पले भने, ‘अकल्पनीय छ ।’

रिपब्लिकनबाट ट्रम्पको उम्मेदवारी पक्का भएर चुनावी सभा सुरु भइसके पनि डेमोक्रेट पक्षबाट बाइडेनको उम्मेदवारी अझै अनिश्चित छ । बुधबार मात्रै उनलाई कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । उनी यतिबेला चुनावी अभियान स्थगित गरी निवासमै आराम गरिरहेका छन् ।

बाराक ओबामा लगायत डेमोक्रेटका प्रमुख समर्थकहरूले बाइडेनमाथि प्रश्न उठाइरहेका छन् । उनकै पार्टीका ठूला संख्याका सांसदले उनलाई उम्मेदवारी नदिन दबाब बढाइरहेका छन् । तर बाइडेन भने उम्मेदवारी दिने अडानमा छन् ।

राष्ट्रपति बाइडेनको आलोचनाका अतिरिक्त ट्रम्पले पूर्वसभामुख न्यान्सी पेलोसीलाई पनि ‘देशलाई माया नगर्ने’ भन्दै आरोप लगाए । ट्रम्पले भने ‘उनीहरूले हाम्रो देशलाई ध्वस्त पारेकाले यसलाई रोक्नुपर्छ ।’

झुटो बयान र भ्रामक दाबी

चुनावी सभाका क्रममा ट्रम्पले बाँकी दक्षिणी सिमानामा पर्खाल निर्माण गर्ने वाचा दोहोर्‍याएका छन् । उनले भने, ‘जसमध्ये धेरैजसो मैले यसअघि निर्माण गरिसकेको छु ।’

बीबीसीले ट्रम्पको उक्त दाबीलाई गलत भनेको छ । आप्रवासीप्रति कठोर नीति अंगालेका ट्रम्पको पहिलो कार्यकालमा ५०० माइलभन्दा कम क्षेत्रमा मात्रै पर्खाल निर्माण भएको थियो ।

ट्रम्पले मूल्यवृद्धिको तथ्यांक प्रस्तुत गर्दै किराना सामग्रीमा ५० प्रतिशत, ग्यास तथा पेट्रोलमा ६० देखि ७० प्रतिशत वृद्धि भएको दाबी गरे ।

मूल्यवृद्धि अमेरिकी मतदाताहरूको लागि प्रमुख मुद्दा हो । तर ट्रम्पले दाबी गरेको जति वृद्धि नभएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार बाइडेनले सत्ता सम्हालेपछि ४ वर्षमा समग्रमा २० प्रतिशत मूल्यवृद्धि भएको छ ।

अध्यागमन मुद्दा

ट्रम्पले भाषणमा राष्ट्रियताको विषयलाई ज्यादै जोड दिए । उनले यसलाई आउने पार्टी महाधिवेशनमा पनि उठाउने बताएका छन् । राष्ट्रियताको पक्षमा ट्रम्पले रिपब्लिकन बाहेक अरू विकल्प हुनै नसक्ने तर्क गरे ।

‘हामी सबै जाति, धर्म, रंग र सम्प्रदायका नागरिकको लागि सुरक्षित, समृद्धि र स्वतन्त्रता सहितको नयाँ युगको सुरुवात गर्नेछौं । यसका लागि रिपब्लिकन एक मात्र विकल्प हो,’ उनले भने ।

ट्रम्पले भने, ‘म आधा अमेरिकाको होइन, सम्पूर्ण अमेरिकाको लागि राष्ट्रपति बन्न दौडिरहेको छु, किनकि आधा अमेरिकाको लागि जित्नु कुनै जित छैन ।’

आफूप्रति लागेका मुद्दामा पनि उनले प्रजातान्त्रिकहरूलाई दोष दिए । ‘प्रजातान्त्रिक पार्टीले न्याय प्रणालीलाई प्रयोग गर्ने हतियार तुरुन्त बन्द गर्नुपर्छ, उनीहरूले देश ध्वस्त पारे,’ ट्रम्पले भने ।

ट्रम्पले हरेक पटकजसो यसपटक पनि अध्यागमनको एजेन्डालाई उचालेका छन् । उनले मुलुकमा हुने अधिकांश अपराध आप्रवासीकै कारण भएको आरोपसमेत लगाए ।

सन् १९५४ मा १० लाखभन्दा बढी मेक्सिकन आप्रवासीलाई देश निकाला गरेको सम्झिंदै ट्रम्पले भने, ‘संसारभरका खराब मानिस डम्प गर्ने देश यो होइन, तिनीहरूले के हामीलाई मूर्ख सोचेका छन् ?’

ट्रम्प परिवार

मञ्चमा ट्रम्प पारिवारका सदस्यहरुको उपस्थितिसँगै सभा समापन भएको थियो । ट्रम्पले परिवारका सदस्यलाई स्टेज चढाउनुको ठूलो अर्थ छ । उनका छोराहरू एरिक र डन जुनियर बुबाको प्रचारमा राम्रो छाप छोड्न सक्ने व्यक्ति हुन् । उनीहरू युवामाझ लोकप्रिय छन् ।

सुरुमा एरिककी पत्नी लारा ट्रम्प स्टेजमा पुगिन् । रिपब्लिकन राष्ट्रिय कमिटीको सहअध्यक्षको रूपमा उनले चुनावी अभियानमा महत्वपूर्ण भूमिका खेल्नसक्ने बताइएको छ ।

ट्रम्पले परिवारलाई देखाउनुको अर्थ उनका सबै पारिवारिक सदस्य रिपब्लिकनप्रति उत्तरदायी र जिम्मेवार छन् भन्ने अर्थ पनि भएको बीबीसीले उल्लेख गरेको छ ।

परिवारका सदस्यहरु स्टेज चढे पनि ट्रम्प पत्नी तल्लो प्रोफाइलमै रहन रुचाउने भएकाले भाषण गरिनन् । सामान्यतया यस्ता भेलाहरूमा अन्य उम्मेदवारका पत्नीहरू बोल्ने गर्छन् ।

ट्रम्पकी छोरी इभान्का पनि पति जेरेड कुशनरसँग स्टेजमा देखिइन् । ट्रम्प ह्वाइट हाउसमा हुँदा सल्लाहकारको भूमिकामा रहेकी उनी ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएसँगै राजनीतिबाट अलग भएकी थिइन् ।

बीबीसीबाट अनुवाद 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

Next Post
संविधान संशोधनको बहस सुरु भएपछि हिन्दूवादीहरू सक्रिय

संविधान संशोधनको बहस सुरु भएपछि हिन्दूवादीहरू सक्रिय

सिमलताल बस दुर्घटना : वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली

सिमलताल बस दुर्घटना : वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली

महिला एसिया कप : आज नेपालको भिडन्त पाकिस्तानसँग

महिला एसिया कप : आज नेपालको भिडन्त पाकिस्तानसँग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...