• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पत्रकार विनय मृत्यु प्रकरण : यी प्रमाणहरुले शंकास्पद बन्यो घटना !


पत्रकार विनय मृत्यु प्रकरण : यी प्रमाणहरुले शंकास्पद बन्यो घटना !

धनुषाका पत्रकार विनय कुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु घटना शंकास्पद बनेको छ । धनुषाको धनुषाधाम नगरपालिका ५ बस्ने रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक २८ वर्षीय विनयको गत वैशाख ११ गते बिहान मृत्यु भएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले दुर्घटनाको दिन विनयले चलाइरहेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको बताएका थिए । मोटरसाइकल पछाडि बस्ने मृतकका छिमेक ३० वर्षीय ललन भन्ने लक्ष्मी नारायण यादव समान्य घाएते भएको उनको भनाइ थियो । तर, पछाडि बसेको भनिएका लक्ष्मीनारायणले नै मोटरसाइकल चलाइरहेको दुर्घटना हुनु भन्दा केही परको सिसीटिभी फुटेज फेला परेको छ ।

दुर्घटना भए अनुसार लक्ष्मीनारायणलाई समान्य चोटपटक तथा मोटरसाइकलमा समेत खासै क्षति नभएको कारण मृतक परिवारले घटना शंकास्पद रहेको दावी गर्दै आएको छ । प्रहरीले समान्य घाइते लक्ष्मीनारायणलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
डिएसपी अवाका अनुसार सुरुमा लक्ष्मीनारायणले आफू पछाडि बसेको भन्दै आएपनि पछिल्लो समय बयान फेरेका छन् । ‘सुरुमा त लक्ष्मीनारायणले आफू पछाडि बसेको बयान दिएका थिए । अहिले उनले बयान फेरेर आफू मोटरसाइकल चलाइरहेको बयान दिइरहेका छन्’ डिएसपी अवाले भने ।

यधपी डिएसपी अवाले मृतक यादवको पोस्टमार्टम रिपोर्ट र घटनास्थलको प्रकृतिले अहिलेसम्म मोटरसाइकल दुर्घटनाकै कारण मृत्यु भएको तर्क गरे ।
होटेलबाट घर फर्किरहेको बेला जनकपुर ढल्केवर सडक खण्डको मिथिला नगरपालिका ६ स्थित ढल्केवरचोकबाट करिब एक किलोमिटर दक्षिण बिहान ३ बजेर ५० मिनेटमा मोटरसाइकल दुर्घटना भएको थियो । गम्भीर घाइते पत्रकार विनयको उपचारको क्रममा प्रादेशिक अस्पतालमा करिब ६ बजे मृत्यु भएको थियो । परिवारजनका अनुसार पत्रकार विनय साथीहरुसित धनुषा लालगढकै होटेल मंगेश एण्ड गेष्टहाउसमा खाजा खाएर अवेर राति लक्ष्मीनारायणसित फर्किरहेका थिए ।

मृत्यु अघि ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा शान्तिसुरक्षाको माग

मृतक विनयले केहीदिन अघि एकजनलो आफूसहित केही साथीलाई मारिदिने धम्की दिएकोविरुद्ध निवेदन इलाका प्रहरी कार्यालय धनुषाधाममा दिएका थिए । उनले धम्की दिनेलाई कारबाहीको साथै शान्ति सुरक्षाको माग समेत गर्दै चैत २८ गते निवेदन दिएको खुलेको छ ।
निवेदनमा विनयले आफूसहित अहिले प्रहरी हिरासतमा रहेका लक्ष्मीनारायण, रामपुकार यादव र विशेश्वर मण्डललाई स्थानीय २७ वर्षीय विरेन्द्र कुमार यादवले गालीबेज्जती गर्दै जिपले ठक्कर हानेर मारिदिने धम्की दिएकाले उनलाई कारबाहीको माग गरिएको निवेदनमा उल्लेख छ ।

मृत्यु अघि पत्रकार विनयले इलाका प्रहरी कार्यालय धनुषाधाममा दिएको निवेदनको छायाप्रति

मृतक विनयका भाई शंकर यादवले त्यस बेला इलाका प्रहरी कार्यालय धनुषाधामले निवेदन दर्ता गरेन । प्रहरी निरीक्षक किरण लामाले विनयले निवेदन दिएको स्वीकारे । ‘विनयजीले निवेदन दिनु भएको थियो । दोश्रो पक्षबाट निवेदन परेपछि दुवै निवेदन दर्ता भएन । पछि विनयजीले आफै त्यो निवेदनमा केही नगर्नुपर्ने, कुरा मिलिसक्यो भन्नुभयो’ प्रहरी निरीक्षक लामाले भने ।

यता मृतकका भाई शंकरका अनुसार निवेदनमा पीडित उल्लेख लक्ष्मीनारायणले पछि विरेन्द्रले केही गर्दैन भनेर अघि नबढ्न भनेपछि विनय पछाडि हटेका थिए । ‘लक्ष्मीनारायणको नाम पनि संयुक्त निवेदनमा थियो । लक्ष्मीनारायणले दोश्रो पक्षसँग मिलेर अब दर्ता गर्नु पर्दैन भनेपछि विनय दाई पछि हट्नु भयो’ शंकरले भने ‘दुर्घटना विषयमा फेरेको बयान र अन्य तथ्य प्रमाणले लक्ष्मीनारायणको भूमिक शंकास्पद र षड्यन्त्रपूर्ण देखिन्छ’

दुर्घटनापछि लक्ष्मीनारायणले धम्कीदिने पक्षलाई गरेका थिए फोन

दुर्घटना स्थलमा आफू बेहोस भएको लक्ष्मीनारायणले प्रहरी र मृतक आफन्त समक्ष बयान दिएका थिए । तर, उनै लक्ष्मीनारायणले ज्यान मार्ने धम्की दिएका भनिएका दोश्रो पक्ष विरेन्द्र यादवका भाई धिरेन्द्र यादवलाई दुर्घटनास्थलबाटै तीनपटक फोन प्रयास गरेको खुलेको छ । ४ बजेर १७ मिनेटमा लक्ष्मीनारायणले धिरेन्द्रलाई तीनपटक फोन गरेको लक्ष्मीनारायणको मोबाइलमा कल हिस्ट्री भेटिएको हो ।

दुर्घटनापछि लक्ष्मीनारायाणले धम्कीदिने विनयलाई गरेको फोन प्रयासको कल हिस्ट्री

विनयसंगै प्रादेशिक अस्पतालमा भर्ना भएका लक्ष्मीनारायणसित प्रहरीले मोवाइल नियन्त्रणमा लिएको थियो । यो कल हिस्ट्रट्री र दुर्घटनामा फेरेको बयानले शंका थप बढाएको छ। विरेन्द्र जसत्तै भाइ धिरेन्द्रले पनि विनयलाई ज्यान मार्ने धाकधम्की दिने गरेको परिवारजनले बताएको छ । यस कारण घटनास्थलबाट धिरेन्द्रलाई लक्ष्मीनारायणले किन फोन गर्यो भन्ने ठूलो शंकाको विषय बनेको छ ।

खाजा खाएको होटेलको सिसिटीभी फुटेज र पठाएको म्यासेज पनि शंकास्पद

विनय दिउँसै लक्ष्मीनारायाणसहितका साथीसित बाहिर निस्केका थिए । साँझ ढल्केवरको एक होटेलमा खाजा खाएर लालगढको मंगेश होटेलमा खाजाखान पुगे । त्यहाँ लामोसमय बसेका थिए । त्यस होटेलमा राति साथीहरुसंगको सिसीटिभी फुटेजमा देखिएको हाउभाउ र घरमा भाउजूलाई पठाएको आउन नदिएको संदेशले पनि घटना शंकास्पद रहेको भाई शंकरको भनाइ छ ।
विनयले साथीहरुले आफूलाई घर आउन नदिँदा ढिलो भएको भन्ने श्रीमती रुविना यादवलाई फेसबुक म्यासेन्जरमा राति १२ बजेर ३२ मिनेटमा भ्वाइस म्यासेज गरेका थिए । श्रीमतीले पटक पटक घर आउन फोन गर्दा विनयले भ्वाईस मेसेजमा मैथिलीमा भनेका थिए“तपाई सुतिहाल्नु यहाँ गुलाब छ, ललन छ, धामी छ, लक्ष्मण छ, ईन्जिनीयरहरु छ, ड्रार्इ भरहरु छ । खाना प्याक गरेर राखेको छु, यीनीहरुले आउन दिएको छैन । हेर्नु न, आउन मिल्छ भने म आउँछु, तर पक्का आउँछु नै ।”

परिवारजनका अनुसार विनयको मृत्यु अघि र पछि लक्ष्मीनारायाणले विरेन्द्र, उनका भाई धिरेन्द्र संगको सम्बन्ध, फोनमा भएको कल हिस्ट्रीले घटना शंकास्पद बनेको छ । ‘घटना अघि र पछि लक्ष्मीनारायणको धम्की दिएकासंगको सम्बन्ध, दुर्घटना स्थलबाट धिरेन्द्रलाई कुरा गर्न खोजेको फोन हिस्ट्री, दुर्घटनामा लक्ष्मीनारायणले फेरेको बयानले शंका गर्ने प्रयाप्त आधारहरु छन् । नियोजित रुपमा विनय दाईको हत्या नै भएको हाम्रो शंका छ । सुक्ष्म अनुसन्धान हुनुपर्छ’ भाई शंकरले भने ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले लक्ष्मीनारायणलाई हिरासतमै राखेर विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए ।
‘अनुसन्धानको विषयमा धेरै कुरा भन्न मिल्दैन । लक्ष्मीनारायण हिरासतमै छन् । हामी विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं’ एसपी तिवारीले भने ।
यता प्रेस युनियन धनुषाले सामेबार एक विज्ञप्ती जारी गर्दै अहिलेसम्मको प्राप्त तथ्य प्रमाणले घटना संकास्पद रहेकाले सुक्ष्मरुपमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

अङ्ग्रेजी स्किलसको हब हो,स्कोलर्स एकेडमी

परिपुरणका लागी विषयगत शाखासंग सम्बाद

सिरहाका पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव अस्विकार गर्दा हाने गोली

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version