सिरहा । गोलबजारमा आज देखि श्रीमद भागवत कथा ज्ञान यज्ञ सुरु भएको छ । आज पहिलो दिन विहान हजारौंको संख्या भगतजनहरु कलश यात्रा सहभागी थिए । श्रीमद भागवत कथा ज्ञान यज्ञ आज शनिवार देखि ३० गते शुक्रवार सम्म हुने छ । प्रत्येक दिन बेलुकी ४ बजे देखि ८ बजे सम्म कथा बाचन हुने छ । कथा बचन स्वामी श्री शिवानन्द जी र साध्वी सुश्री चंद्रप्रभा भारती जी द्वारा भई रहेको छ । कार्यक्रमको आयोजक सम्पूर्ण गोलबजार नगरपालीका वासीको सहयोग र ब्रह्मज्ञान केन्द्र नेपाल गोलबजार सिरहाले गरेको छ