सिरहा, २३ चैत:सिरहाको लहानमा समग्र जनउथान केन्द्र लहानद्धारा आयोजित तीन दिने द्वन्द्व समवेदनशील पत्रकारिता तालिम सम्मन्न भएको छ । समाजमा रहेका हरेक प्रकारको द्वन्द्वको समाचार सम्प्रषण गर्दा अपनाउँनुपर्ने सम्बेदनशीलताका विषयमा पत्रकारहरुलाई जानकरी दिने उद्धेश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी तथा विभिन्न संघ सस्थाका प्रतिनिधिसहित १८ जना सहभागी प्रशिक्षार्थीलाई ‘जि आई जेड नागरिक शान्ति सेवा’ का अन्तराष्ट्रिय सल्लाहकार इभा गाडेररले प्रशिक्षण दिनुभएको थियो भने अनुवाद सम्बाद साढुराम तामाङ्गले गर्नुभएको थियो ।
द्वन्द्वको समयमा पत्रकारहरूको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशिक्षण केन्द्रित रहेको थियो । त्यसैगरि डिजिटल साक्षरता सम्बन्धि साइवर सुरक्षा र सामाजिक सञ्जालको प्रयोग तथा सावधानी सम्बन्धी प्रशिक्षणको विषय रहेको थियो ।
प्रशिक्षणप चैत्र २०, २१ र २३ गते होटल प्यासिफिकमा सञ्चालन भएको थियो । प्रशिक्षणपछि सहभागीलाई प्रमाणपत्र पनि वितरण गरीएको थियो ।