No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारको निर्णयलाई धज्जी उडाउँदै महोत्तरीमा गेरुका मेला, महामारीबीच मेलामा हजारौंको भीड


सरकारको निर्णयलाई धज्जी उडाउँदै महोत्तरीमा गेरुका मेला, महामारीबीच मेलामा हजारौंको भीड

धनुषा : कोरोना महामारीमा यसवर्ष गेरुका मेला नलाग्ने भएको नगरपालिकाले जारी गरेको सूचना कागजमै सीमित भएको देखिएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिकामा प्रत्येक तीन वर्षमा पर्ने मलमासमा लाग्ने गरेको गेरुका मेला यसवर्ष कोरोना महामारीको जोखिममा मेला नलाग्ने नगरपालिकाले निर्णय गरेपनि धुमाधामका साथ लाग्र्दै आएको देखिएको हो ।

हिन्दु धर्मावलम्बीको शास्त्रीय विधि र परम्परा अनुसार प्रत्येक तीन वर्षमा पर्ने मलमास गएको असोज १ गतेदेखि ३० गतेसम्म रहने भएको छ । एक महिना लामो मलमासमा प्रत्येक आइतबार र मंगलबार लोहारपट्टी नगरपालिका–४ खुट्टा पिपराढीस्थित पवित्र स्नानको रुपमा रहेको गेरुकाधामको गेरुका नदीमा स्नान मेला लाग्दै आएको छ ।

मेला वषौं देखि लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकोले नलाग्ने भएको नगर प्रमुख शैलेन्द्रकुमार यादवले सूचना नै जारी गरेको थियो । तर, सूचना कागजमै सीमित भएको देखिएको हो ।

सरकारबाट संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निर्धारित स्वास्थ्य मापदण्ड बमोजिम मेलामा दर्शनार्थीको भिडभाड हुने भएकोले मलमास मेला नलगाउनको लागि गेरुकाधाम र वरिपरिका क्षेत्रमा पसल, जादु, सर्कस, नाच, तमासा लगाउन वा कुनै बस्तु बेचबिखन हुने गरि कुनै किसिमको गतिविधि वा क्रियाकलाप नगर्ने गरि मेला आयोजनामा बन्देज गरिएको नगर प्रमुख यादवले भनेपनि सबै किसिमका गतिविधि खुल्ला रुपमा भएको आइतबार लागेको मेलाको दृश्यले प्रष्टाएको छ ।

मलमासमा लाग्ने गेरुकाधामको पवित्र नदीमा स्नान गर्नाले पुण्य प्राप्ती र विभिन्न रोग निको हुने जन विश्वास रहेको छ ।

मेला नियन्त्रणमा असफल नगरपालिका
मेला नलाग्न दिन प्रहरी परिचालन गरेको भएपनि लाखौंको संख्यामा दर्शनार्थी आउने भएकोले नियन्त्रण गर्न नसकिएको लोहारपट्टी नगरपालिकाका नगर प्रमुख शैलेन्द्रकुमार यादवले बताएका छन् । उनले भोलि (मंगलबार) लाग्ने मेलाको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विशेष बैठक बसेको र उनीहरुको सुरक्षा समितिको बैठक गरेर थप निर्णय बमोजिम मेला नियन्त्रण गर्न पहल कदमी चाल्ने बताए ।

‘यस अगाडि सुरक्षाकर्मीको सहयोग भएपनि कम सुरक्षाकर्मीका कारण मेला नियन्त्रण गर्न असफल भयौं’, उनले थपे, ‘भोलिको मेलाका लागि हामीले सावधानी अपनाएको छौं’, मेला नियन्त्रण गर्न सफल हुने विश्वास मेयर यादवले व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मेला नियन्त्रण गर्न थप एक सय जना प्रहरी माग गरेको मेयर यादवले जानकारी दिए । त्यस्तै, मेला कसरी नियन्त्रण गर्ने भन्ने विषयमा अहिले पनि सुरक्षा समितिको बैठक जारी रहेको उनले बताए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

लहानमा बिकास निर्माणको काम अगाडि बढदै

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

प्रधानमन्त्री दाहालको पहिलो विदेश भ्रमण भारत: मन्त्री शर्मा

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

Next Post
नेपालमा पहिलो पटक २८ वर्षीया महिलाले पाँच शिशुलाई जन्म दिइन्

नेपालमा पहिलो पटक २८ वर्षीया महिलाले पाँच शिशुलाई जन्म दिइन्

संघर्ष समितिद्धारा वन कार्यालयमा धर्ना, कार्यान्वयनको प्रकृया अगाडी बढीसकेको : डिभिजन वन प्रमुख दास

संघर्ष समितिद्धारा वन कार्यालयमा धर्ना, कार्यान्वयनको प्रकृया अगाडी बढीसकेको : डिभिजन वन प्रमुख दास

शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन

शोकमा डुब्यो बलिउड, अभिनेत्री मुखर्जीको निधन

Leave a Reply Cancel reply

ताजा समाचार

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

‘दाहाल ‘प्रचण्ड’ले चीनबाट औपचारिक निमन्त्रणा आए पनि सहभागी नहुने

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...
 

    %d bloggers like this: