• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

किशोरीको फेसबुकका फोटो प्रयोग, परिचय लुकाउन भीपीएनको भर


किशोरीको फेसबुकका फोटो प्रयोग, परिचय लुकाउन भीपीएनको भर

काठमाडौं । झन्डै दुई महिनाअघि ममता शर्मा (नाम परिवर्तन) लाई फेसबुकमा एउटा अकाउन्टले ट्याग गरेको देखियो । किशोरीले नोटिफिकेसन खोलेर हेरिन् । नोटिफिकेसन हेर्नासाथ उनको होसहवास नै उड्यो । आफूले कुनै समय फेसबुकमा अपलोड गरेका फोटो अश्लील बनाएर अश्लील क्याप्सन राखेर आफूलाई ट्याग गरेर राखेको देखेपछि उनी आत्तिइन् ।

हतारहतार उनले आफ्नो बारेमा अरू कसैले ट्याग गरेर आएको त्यस्तो फोटो आफ्नी दिदीलाई देखाइन् । किशोरी दिदी पनि आफ्नी बहिनीको त्यस्तो फोटो देख्दा छाँगाबाट खसेझैं भइन् । कहिल्यै कुरै नगरेको व्यक्तिले त्यसरी आफ्नै बहिनीको फोटो अश्लील बनाएर अश्लील क्याप्सन राखेर पोस्ट गरेको देखेपछि उनी त्यसमा के गर्न सकिएला भन्ने बुझ्न खोजिन् । र, यो कुरा आफ्नो अङ्कललाई देखाइन् ।

“किशोरीले आफूले फेसबुकमा राखेको फोटो कसैले डाउनलोड गरेर अश्लील बनाई नक्कली अकाउन्टमा राखेको देखेपछि उनीहरूले आफ्नो अङ्कललाई सबै कुरा सुनाएछन्,” टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका उपनिर्देशक एसपी दीपकराज अवस्थीले भने, “त्यसपछि अङ्कल पर्नेले साइबर ब्यूरोमा उजुरी दिनुभयो ।”

ती अङ्कल पर्ने व्यक्ति उजुरी दिन आएको दिन अन्य किशोरीका अभिभावक पनि उजुरी दिन ब्यूरो पुगेका थिए । एसपी अवस्थीका अनुसार त्यहाँ आएका प्रायः किशोरीका अभिभावकको गुनासो एउटै थियो । उनीहरू आफ्नो छोरीको फोटो राखेर कसैले अश्लील क्याप्सन राखेर दुःख दिएको भन्दै उजुरी बोकेर पेस गर्न लाम लागेका थिए ।

सबैको उजुरी एउटै प्रकृतिको थियो । आरोपित व्यक्तिले फेसबुकमा राखेको फोटो डाउनलोड गरेर अश्लील बनाउने र त्यसलाई नक्कली अकाउन्टबाट पोस्ट गर्ने गरेको उनीहरूको आरोप थियो ।

कतिपयले ती व्यक्तिले अश्लील फोटो किशोरीका आफन्तलाई पनि पठाउने गरेको एसपी अवस्थीले सुनाए । ती अभिभावकले उजुरी दिएपछि प्रहरीले त्यस विषयमा सूक्ष्म रूपमा अनुसन्धान सुरु गर्‍यो । अनुसन्धान गर्ने क्रममा आरोपित व्यक्तिले आफ्नो परिचय लुकाउन भीपीएन प्रयोग गर्ने गरेको पत्ता लाग्यो ।

“परिचय लुकाउन भीपीएन प्रयोग गर्ने रहेछ । तर, हाम्रो टिमले अन्य पक्षलाई विश्लेषण गरेर आरोपित व्यक्ति फेला पार्‍यो । ती व्यक्ति हुन्, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोल्खुपाखा बस्दै आएका २२ वर्षीय सुमन खत्री ।

खत्रीलाई अन्तिम पटक प्रहरीले ठमेलमा रहेको पत्ता लगाएपछि साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले  बिहीबार ठमेलबाट पक्राउ गरेको हो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको एसपी अवस्थीले बताए ।

यसअघि पीडित व्यक्ति आफैंले पठाएको फोटो दुरुपयोग गरेका घटना देखिएका थिए । तर, यो घटनामा भने आरोपित व्यक्तिले फेसबुकमा अपलोड गरेका फोटो नै डाउनलोड गरेर एडिट गरी अश्लील बनाउने र त्यसैको आडमा ब्ल्याकमेल गर्ने गरेको देखिएको छ ।

आरोपित खत्रीले कुन उद्देश्यले त्यसरी अश्लील फोटो बनाएर ब्ल्याकमेल गरेका थिए भन्ने खुलेको छैन । एसपी अवस्थीले यस्ता घटनाबाट जोगिन अकाउन्ट सुरक्षित राख्न, फोटो पब्लिक नराख्न, प्रोफाइल लक गर्न, अनावश्यक व्यक्तिलाई एड नगर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लभ जिहाद अभियानमा लागेका अंसारी पक्राउ
  • २०८० फाल्गुन २०, आईतवार २१:५९
  • In "मधेश प्रदेश"
  • छात्रालाई अश्लील भिडियो देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यालयमा तोडफोड
  • २०८० फाल्गुन २०, आईतवार २१:५९
  • In "BannerNews"
  • साइबर अपराध : बढ्दो उजुरी, थोरै जनशक्ति र अधुरो कानुनले अनुसन्धानमा समस्या
  • २०८० फाल्गुन २०, आईतवार २१:५९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

Best Web Hosting Nitra Host

संयुक्त राष्ट्रसंघमा आतंकवादको पक्षमा चीनको मतदान

बेलायतको संसदले मनायो ‘संकल्प दिवस’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version