• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

छात्रालाई अश्लील भिडियो देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यालयमा तोडफोड


छात्रालाई अश्लील भिडियो देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यालयमा तोडफोड

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट– ५ मा रहेको जनक नमुना माविका एक शिक्षकले आफ्नै छात्रालाई अश्लील भिडियो देखाएर जबर्जस्ती गर्न खोजेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । उनीहरू दोषी शिक्षकलाई कारबाहीको माग गर्दै आइतबार प्रदर्शन गरेका छन् ।

प्रदर्शनका कारण दिनभर विद्यालय तनावग्रस्त बन्यो । विद्यार्थीले विद्यालय तोडफोड गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३२ सेल अश्रुग्यास प्रहार गरेको थियो । विद्यालयका कम्प्युटर शिक्षक कपिल घिमिरेले कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई कम्प्युटर ल्याबमा लगेर अश्लील भिडियो देखाएको र छात्रामाथि जबर्जस्ती गर्न खोजेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

आरोपित शिक्षकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले भने, ‘आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर राखेका छौँ । घटनाको अनुसन्धान हुँदै छ ।’

विद्यार्थीहरूले शिक्षक घिमिरेलाई कारबाही मात्र गरेर नपुग्ने भन्दै मोसो दल्नुपर्ने र जुत्ताको माला लगाउनुपर्ने भन्दै प्रदर्शन गरेका थिए । दुव्र्यवहार गरेको आरोपमा शिक्षकलाई कारबाही र पीडित छात्रालाई न्यायको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।

विद्यालय परिसरभित्र तोडफोड भएपछि प्रहरी परिचालन गरिएको थियो । आक्रोशित विद्यार्थीले आरोपित शिक्षकको ना२४प ६६१५ र प्रधानाध्यापकको प्रा ३०३००२ प ०७७६ नम्बरको मोटरसाइकल जलाइदिएका छन् । विद्यालयका बेन्च, कुर्सी, ह्वाइट बोर्ड, कम्प्युटर, सिसिटिभी, माइक, झ्यालढोकाका सिसा, रजतजयन्ती स्मारक, फूलदानी, गमला, २० वटा खानेपानीका धारालगायत तोडफोड गरेका छन् ।

प्रहरी उपरीक्षक महर्जनले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए । ‘कति राउन्ड हो, अहिले भन्न सकिन्न । नौ–दस राउन्डसम्म अश्रुग्यास प्रहार भएको हो,’ उनले भने । झडपमा परी इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठसहित केही प्रहरी घाइते भएका छन् ।

घिमिरेलाई नियन्त्रणमा लिन विद्यालय परिसरमा प्रहरी प्रवेश गरेको थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि चितवनको तालिम केन्द्रबाट समेत प्रहरी मगाइएको थियो । छात्रालाई मोबाइलमा अश्लील भिडियो देखाई जबर्जस्ती गर्न खोजेको पीडित परिवार र छात्राको भनाइ छ ।

शिक्षकले आफूलाई ल्याबमा एक्लै राखी अश्लील भिडियो देखाई दुव्र्यवहार गरेको पीडित छात्राले साथीलाई सुनाएपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । घटना २८ चैतको भए पनि घटनाका विषयमा विद्यालय प्रशासनले ढाकछोप गर्न खोजेको विद्यार्थीको आरोप छ ।

प्रहरी उपरीक्षक महर्जनले घटना केही दिन अगाडिको भएको बताए । पीडित पक्षले भने प्रहरीमा उजुरी दिएको छैन । ‘हामीले दुवै पक्षसँग घटनाको सोधपुछ र अनुसन्धान गरिरहेका छौँ,’ महर्जनले भने । पीडित पक्षले सोमबार प्रहरीसमक्ष उजुरी दिने तयारी गरेको छ ।

विद्यार्थीहरूले विद्यालय प्रशासनले शिक्षकलाई बचाउन खोजेको, उल्टै विद्यार्थीमाथि आरोप लगाएको भन्दै असन्तुष्टि जनाएका थिए । प्रधानाध्यापक चूडामणि शर्माले घटना लुकाउन खोजेको विद्यार्थीले आरोप लगाउँदै आएका छन् ।

पीडित छात्राको हजुरबुबाले पाँच दिन बितिसक्दा पनि विद्यालय प्रशासनले अभिभावकलाई थाहै नदिई घटना लुकाउन खोजेको आरोप लगाए । विद्यालयका प्रधानाध्यापक शर्माले घटनाबारे विद्यार्थी, शिक्षक र अभिभावकबीच छलफल चलिरहँदा एक्कासि प्रदर्शनले उग्ररूप लिएको बताए । घटनाका विषयमा ल्याब कक्षमा रहेको सिसीक्यामेरा हेर्दै गर्दा विद्यार्थी तोडफोडमा उत्रिएको उनको भनाइ छ ।

सुझाव दिँदा समस्या थपियो
पीडित छात्रालाई कुनै युवकले अश्लील तस्बिर र भिडियो पठाएर ब्ल्याकमेल गरिरहेको र ती युवकसँग छुटकारा पाउन, कानुनी कारबाही अगाडि बढाउन सुझाव दिँदा आफूलाई उल्टै आरोप लगाइएको शिक्षक घिमिरेले बताएको विद्यालय प्रशासनले जनाएको छ ।

छात्राको म्यासेन्जरमा आएको फोटो भिडियो हेर्ने क्रममा युवतीकै मोबाइलमा अश्लील भिडियो देखिएको, तर आफूले नियतवश अश्लील भिडियो नदेखाएको शिक्षक घिमिरेले आफूलाई बताएको प्रधानाध्यापक कँडेलले बताए । २८ चैतको घटना भए पनि आफूले ३० गते साँझ मात्र थाहा पाएको र तत्काल छलफल गर्न ढिलो भएको उनको भनाइ छ । – नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लभ जिहाद अभियानमा लागेका अंसारी पक्राउ
  • २०७९ बैशाख ५, सोमबार १५:४१
  • In "मधेश प्रदेश"
  • जनताको सुरक्षा गर्न प्रहरी बनेकी उर्मिला ‘जनता’बाटै मारिइन्
  • २०७९ बैशाख ५, सोमबार १५:४१
  • In "कोशी प्रदेश"
  • विवाह मण्डपमा अश्लिल टिकटक बनाउने युवक पक्राउ, युवती र भिडियो खिच्नेलाई खोज्दै प्रहरी
  • २०७९ बैशाख ५, सोमबार १५:४१
  • In "अपराध"
Tags: #अपराध#शिक्षा#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

मधेशमा ३ दिनसम्म ‘लू चल्ने’, सतर्क रहन विज्ञको सुझाव

छेपारोको सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

भारतबाट थप सहयोग, चिनियाँ लगानीको प्रश्न नै छैनः श्रीलंकाका पूर्वप्रधानमन्त्री

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version