नेपाल कुशवाहा कल्याण समाज सिरहाद्वारा नि:शुल्क कम्प्युटर तालिम सन्चालन गरेका छन्
सिरहा जिल्लाका गरिब असाहय जेहन्दार बिद्यार्थीहरुलाई लक्षित गरी नेपाल कुशवाहा कल्याण समाज सिरहाले ३ महिने नि:शुल्क
कम्प्युटर तालिम संचालन गरेको छ।
सिरहाको लहान स्थित रहेको सबैभन्दा पुरानो र चर्चित शैक्षिक कम्प्युटर तालीम संस्था सि.एस. सि.कम्प्युटर तालिम केन्द्र लहानका संचालक प्रीन्सिपल सुरेन्द्र कुमार महतो र गोलबजारमा संचालनमा रहेको आई.बि.एम. कम्प्युटर तालिम केन्द्रका संचालक प्रदिप कुमार सिंहसंग समन्वय र सहकार्यमा ३ महिने कम्प्युटर तालीम संचालन गरेको नेपाल कुशवाहा कल्याण समाज सिरहाका
अध्यक्ष धनपती महतोले जानकारी दिनु भयो।
लहानमा संचालित उक्त ट्रेनिङ्ग सेन्टर कलेज अफ सप्टवेयर इन्जियरिङ्ग तालीम केन्द्रमा ३५ जनाले आवेदन भरेका मध्य १६ जना गरिब असाहय तथा जेहन्दार बिद्यार्थीहरु छनोटमा पर्न सफल भएको आयोजक संस्थाले जानकारी दिनु भयो।
गोलबजारमा ६५ जना आवेदन भरेको मध्ये ४५ जना पर्न सफल भएको हो। हाल उक्त ट्रेनिङ्ग कक्षाबाट लाभान्वित भएका बिद्यार्थीलाई थप कक्षा पढने आशा राखेका छन। कुशवाहा कल्याण समाज सिरहाद्वारा सबै जात-जातिका गरिब जेहेन्दार असाहाय विद्यार्थीलाई पत्रकारिता तालिम समेत दिने गरेको छ। आउने दिनमा यस सस्थाले उच्च शिक्षा हासिल गर्न चाहने गरिब आमा बुबा नभएको बिद्यार्थीलाई नि:शुल्क पढाउने आशा राखेका आयोजक समितिले जनाए ।