No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालम भिसा उल्लंघन गरी अवैध बसेकी चिनियाँ वरिष्ठ अधिकारी डिपोर्ट

काठमाडौं – सरकारले भिसा उल्लंघन गरी अवैधरुपमा नेपाल बसोबास गरिरहेकी चिनियाँ वरिष्ठ अधिकारीलाई देश निकाला गरेको छ। चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टका प्रमुख निर्देशक जु झिकियाङलाई डिपोर्ट गरी चीन पठाइएको हो।

जाजरकोटमा भूकम्पपीडित राहत कार्यमा संलग्‍न चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टकी प्रमुख निर्देशक जु झिकियाङले भिसा अवधिभन्दा बढी समय बसेको खुलासा भएपछि उनलाई १५ हजार जरिवाना गराएर नेपालबाट निष्कासन गरिएको हो।

नेपालका अध्यागमन अधिकारीहरूले गत वर्ष (सन् २०२२) नेपालबाट साढे पाँच सयभन्दा बढी विदेशी नागरिकहरूलाई डिपोर्ट गरिएकोमा सबैभन्दा बढी चिनियाँ रहेको जानकारी दिएका छन्। त्यसरी निष्कासन गरिएकामध्ये अधिकांश “भिसा नलिइकन” वा भिसा अवधि सकिएपछि “नवीकरण नगरिकन” नेपालमा बसिरहेका विदेशी नागरिक छन्।

त्यसबाहेक विभिन्न कसूरमा सजाय पाएका विदेशीलाई पनि ‘निश्चित अवधि नेपाल आउन नपाउनेगरी’ फिर्ता पठाइएको छ। विभागको विवरण अनुसार गत वर्ष १९० जना चिनियाँ नागरिकहरूलाई नेपालबाट निष्कासन गरिएको छ। नेपालमा चिनियाँको लगानी बढेसँगै कतिपय वित्तीय समस्यामा पर्ने वा कसूर गर्ने घटना संलग्‍न भएका चिनियाँहरु अधिकांश रहेको खुलेको छ।

हालैका वर्षहरूमा नेपालमा रहेका कतिपय चिनियाँ नागरिकहरू साइबर अपराध, अवैध हुन्डी, सम्पत्ति शुद्धीकरण, सट्टेबाजीलगायतका कार्यमा संलग्न भएको भन्दै पक्राउ परेका विवरण पनि नेपाल प्रहरीले सार्वजनिक गरेको थियो।

नेपालबाट यसरी निष्कासनमा पर्ने विदेशी नागरिकलाई उनीहरूकै खर्चमा स्वदेश फर्काउने गरिएको छ। नेपालको कानुन अनुसार कर्तव्य ज्यान र लागुऔषध मुद्दामा सजाय पाएकालाई १० वर्ष र ज्यान मार्ने उद्योग तथा बालबालिकामाथि यौनजन्य अपराधजस्ता कसूरमा सजाय पाएका व्यक्तिलाई ७ वर्षका लागि निष्कासन गरिन्छ।

त्यस्तै धर्म परिवर्तन, हातहतियार खरखजाना, जबरजस्ती करणी, यौनजन्य अपराध, जाली राहदानी र जाली भिसाजस्ता कसूरमा सजाय पाएकाहरूलाई कम्तीमा ५ वर्षका लागि निष्कासन गरिन्छ।

कार्यविधिले संदिग्ध आचरण, विदेशी विनिमय र खोटा चलन तथा अवैध मानिस ओसारपसारमा संलग्नलाई तीन वर्ष, ठगी र राजस्व चुहावटमा सजाय पाएकालाई दुई वर्ष, केही सार्वजनिक अपराध र अनुमतिविना निषेधित क्षेत्रको पदयात्रा गर्नेलाई एक वर्ष निष्कासन गर्ने व्यवस्था गरेको छ। यसअघि निष्कासन गरिएका चिनियाँहरु भने लागुपदार्थ दुर्व्यसनी, जाली राहदानी, विदेशी मुद्रा अपचलनलगायतका अपराधिक गतिविधिमा संलग्‍न रहेको गृह मन्त्रालयले जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
पीओकेका जनताद्वारा काश्‍मीर एकता दिवसको आह्वान अस्वीकार

छोरीको विवाह भन्दै नक्कली विहे कार्ड छापाएर नगरपालिका कार्यालयबाट आर्थिक सहयोग

गरिब दलितको बच्चा पढ्ने स्कुलमा खानेपानीको अभाव भुइँमै बस्न बाध्य विद्यार्थी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .