No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

२ करोड ९१ लाख जनसङ्ख्या भएको देशमा ५ करोड बढी बैंक खाता !

नेपाल राष्ट्र बैंकले वास्तविक नेपालीहरूको सङ्ख्या भन्दा झन्डै दोब्बर सङ्ख्यामा बैंक खाता सञ्चालनमा रहेको जनाए

२ करोड ९१ लाख जनसङ्ख्या भएको देशमा ५ करोड बढी बैंक खाता !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वास्तविक नेपालीहरूको सङ्ख्या भन्दा झन्डै दोब्बर सङ्ख्यामा बैंक खाता सञ्चालनमा रहेको जनाएको छ । बिहीबार वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म बैंकहरुको निक्षेप खाताको सङ्ख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको जनाएको हो ।

यद्यपि, केन्द्रीय बैंककाअनुसार क, ख र ग वर्गका वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्तीय कम्पनीहरूमा खोलिएको निक्षेप खाताको सङ्ख्या मात्र हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसङ्ख्याको तुलनामा बैंकहरुमा खोलिएको निक्षेप खाताको सङ्ख्या १.७५ गुणाले बढी हो ।

यस्तै, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा १८ लाख ४५ हजार २१३ वटा कर्जा खाता खोलिएको समेत केन्द्रीय बैंकले जनाएको छ ।

तीमध्ये ८५.९३ प्रतिशत निक्षेप खाता र करिब ८१.९५ प्रतिशत कर्जा खाता वाणिज्य बैंकमा रहेको बैंकले जनाएको छ । यस्तै, २०८० असार मसान्तसम्ममा कूल १ करोड ८९ लाख ४१ हजार ७९३ वालेट प्रयोगकर्ता तथा २ करोड १३ लाख ६३ हजार ९८९ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका केन्द्रीय बैंकले जनाएको छ ।

२०८० असार मसान्तसम्ममा वाणिज्य बैंकको सङ्ख्या २० वटा रहेको छ भने विकास बैंकहरुको सङ्ख्या १७ वटा, वित्त कम्पनीको सङ्ख्या १७ वटा र लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या ५७ वटा रहेका छन् । यी बैंक तथा वित्तीयहरूबाट कूल ११ हजार ५८९ वटा वित्तीय सेवा केन्द्रहरूमार्फत देशैभरि सेवा प्रवाह भइरहेको समेत केन्द्रीय बैंकले आफ्नो विवरण पुस्तिकामा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

Next Post
इजरायलमा मारिएका धनुषा सपहीका आनन्दको शव घर ल्याइयो, शोकमग्न बने गाउँले

सिरहाको विद्यालयमै पासो लागेको अवस्थामा भेटिए माविका प्रधानाध्यपक

ईस्लामिक रास्ट्र पाकिस्तानबाट अफगानी मुस्लिमलाई देश निकाला गरिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

कागजपत्रविना कोही पनि चमन नाका प्रवेश गर्न पाउँदैनन् : मन्त्रीको भनाइ छ

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय एकता अभियानद्वारा रौतहटमा जिहादी आतंकवाद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

काश्मीरको मनमोहक प्रकृतिले पर्यटकहरू आकर्षित

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

पाकिस्तानमा गोलाबारीपछि सीमा क्षेत्रमा भयभीत जनता

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

शरणार्थी निष्कासनले अफगानिस्तान-पाकिस्तान सम्बन्धमा तनाव

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

चीनको अवैध प्रविधि स्थानान्तरणको चिनियाँ ‘खराब’ अभ्यासहरूको प्रतिरोध गर्ने जी७ राष्ट्रको प्रतिबद्धता

२६/११ मुम्बई आतंकवादी हमलाको १५ औं वार्षिकोत्सव र शान्ति र्‍याली

गिलगिट बाल्टिस्तान बाढी पीडितको गुनासो – एक वर्षभन्दा बढी समय भयो, पाकिस्तानले केही दिएन

चिनियाँ हिरासतमा बसेका अष्ट्रेलियाली पत्रकार चेङ लेई ‘कमजोर’

भारतद्वारा २७ अन्य देशहरू र ईयूबीच एआई जोखिमहरू मूल्यांकन गर्न पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .