पाकिस्तान – पाकिस्तानले आफ्नो देशमा बसोबास गर्ने लगभग ज्ञठ लाख गैरकानुनी अफगानका मुस्लिम नागरिकलाई निष्कासन गरिरहेको छ। पाकिस्तान सरकारले अफगान शरणार्थीहरूलाई देश छाड्न १ महिनाको समय दिएको थियो, जसको अवधि नोभेम्बर १ मा पूरा भएको थियो। त्यसयता हजारौं अफगान नागरिक बसमा बसेर अफगानिस्तान फर्किरहेका छन् ।
हालै पाकिस्तानी महिला पत्रकार आरजू काजमीले आफ्नो कार्यक्रममा अफगानिस्तानका तालिबान रक्षामन्त्री मुल्लाह याकुबले पाकिस्तानलाई यस पछि हुने समस्या सहन गर्ने धम्की दिएको खुलासा गरेका छ्न । तालिबान अहिले पाकिस्तान सरकारको अफगानिस्तान का नागरिक लाई निकासी गरेको घटना बाट पूर्ण रूपमा आक्रोशित छ। पाकिस्तानी महिला पत्रकार आरजु काजमीले पाकिस्तानी(अमेरिकी विज्ञ साजिद तरारसँग कुरा गर्दै तालिबान सरकारले पाकिस्तानलाई चेतावनी दिएको दाबी गरेकी छन् । इस्लामावाद प्रहरीले अफगान शरणार्थीहरूको सामान चोरेको दाबी गरेको छ । चोरी गर्ने अभियुक्त खोज्ने काम सुरु भएको छ ।
पाकिस्तान सरकारले एक महिनाअघि बिना कागजातका रहेका अफगान जनतालाई आफ्नो देश फर्काउने घोषणा गरेको थियो । हालै भएको आतंकवादी हमलामा अफगान जनताको संलग्नता रहेको प्रमाण भेटिएपछि पाकिस्तानले यस्तो निर्णय गरेको हो । पाकिस्तानले अफगान शरणार्थीका घर बुलडोजरले भत्काएको छ । यसबाहेक नफर्केकालाई जेल हाल्ने गरेको छ । यस्तो समयमा, तालिबान सरकारले शरणार्थीहरूलाई निष्कासनमा पाकिस्तान सरकारसँग वार्ता गर्न अनुरोध गरेको थियो। यसैबीच, तालिवान सरकारले अफगानिस्तानका जनताका लागि अफगानिस्तानमा आश्रयस्थल बनाउने घोषणा गरेको छ ।