राजविराज । सप्तरी ईटा उद्योग व्यवसायी संघ, सप्तरीले कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन सरकारसँग अनुरोध गरेको छ ।
निर्माण कार्य गरे बापत व्यवसायीले समयमा नै भुक्तानी पाउन नसक्दा यसको प्रत्यक्ष असर ईटा उद्योगमा पर्न गएको छ भने अर्कोतर्फ नेपाल सरकारले आ.ब. २०७७/७८ र २०७८/७९ मा पूँजिगत शिर्षकमा एकदमै न्यून रकम खर्च गरेको कारण भौतिक निर्माण कार्यले गति लिन नसक्दा अपेक्षाकृत रुपमा ईटा बिक्री वितरण हुन नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।