No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

त्रिवि उपकुलपतिको सुझाव : प्रधानमन्त्रीलाई कुलपति नराखौं

त्रिवि उपकुलपतिको सुझाव : प्रधानमन्त्रीलाई कुलपति नराखौं

 काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन सुझाव दिएका छन् ।

चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिनु अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट कुलपति नियुक्त गर्न सुझाव दिएका हुन् ।

हाल त्रिविको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्नुपर्ने, पार्टी सम्हाल्नुपर्ने, संसदीय दलको नेताको हैसियतले संसदलाई पनि समय दिनुपर्ने हुनाले चाहेर पनि विश्वविद्यालयमा समय दिन नसक्ने बाँस्कोटाले बताए ।

प्रधानमन्त्रीले समय नािद्या विश्वविद्यालयका कयौं समस्या ओझेलमा परेको भन्दै उनले ट्रस्टको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेका शैक्षिक व्यक्तिलाई खुला प्रतिस्पर्धाबाट कुलपति बनाउन सुझाव दिएका हुन् ।

उपकुलपति बाँस्कोटाले विद्यार्थी संगठनलाई पूर्णत शैक्षिक क्रियाकलापका विषयमा मात्र केन्द्रित गर्नुपर्ने, विश्वविद्यालयमा चन्दा आतंक पूर्णत बन्द गर्नुपर्ने र विद्यार्थीको राजनीतिक प्रतिस्पर्धालाई शैक्षिक प्रतिस्पर्धामा रुपान्तरण गर्नुपर्ने पनि सुझाव दिएका छन् ।

उनले विश्वविद्यालयमा कुनै पनि बहानामा बन्द गर्न नपाउने र कसैले बन्द गरे स्थानीय प्रशासनले खोल्नुपर्ने व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।

विश्वविद्यालयमा पदाधिकारीहरु समयअवधि सकिनु अगावै नियुक्ति गरी रिक्त हुने पहिलो दिनबाटै काम गर्न पाउने व्यवस्था गर्न पनि बास्कोटाको सुझाव छ ।

बाँस्कोटालाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक १७ गते त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका थिए । उनको चार वर्षे कार्यकाल बिहीबार पूरा हुँदैछ ।

त्रिविमा धेरै सुधार गरेको दाबी

कार्यकाल पूरा गरेर बिदा हुन लाग्दा उपकुलपति बाँस्कोटाले आफूले त्रिविमा धेरै सुधार गरेको दाबी गरेका छन् ।

उनले विश्वविद्यालयको भौतिक पूर्वाधारमा सुधार, प्रविधिमैत्री विश्वविद्यालय, अनुसन्धानलाई प्राथमिकता, शैक्षिक क्यालेण्डरको पालना, परीक्षा प्रणालीमा सुधारलगायतका काम गरेको बताएका छन् ।

त्यस्तै देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन, शिक्षक कर्मचारीहरुको क्षमता अभिवृद्धि, आंगिक तथा सम्बन्धनप्राप्त कलेजहरुको प्रभावकारी नियमन, पाठ्यक्रममा समसामयिक परिमार्जन, विद्यार्थीलाई क्याम्पसमा खेलकुदको व्यवस्था, त्रिविको सम्पत्ति पहिचानको काम गरेको पनि बाँस्कोटाले उल्लेख गरेका छन् । onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
सिरहामा वडा अध्यक्षद्वारा एक सेवा ग्राही कुटिए

सिरहामा वडा अध्यक्षद्वारा एक सेवा ग्राही कुटिए

चीन सरकारको निशानामा धनी परिवारहरु, राम्रो शिक्षा लिनबाट पनि वञ्चित

चीन सरकारको निशानामा धनी परिवारहरु, राम्रो शिक्षा लिनबाट पनि वञ्चित

दोषारोपणको खेलमा होमियो पाकिस्तान

दोषारोपणको खेलमा होमियो पाकिस्तान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .