अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको ट्याक्टर र टिपर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा उत्खननमा प्रयोग भएको ९ वटा ट्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शनिवार क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरस्थित जलाद खोलामा उत्खनन् गरिरहेको ज १ त ७२१७, ज १ त ६२७५, ज २ त ११३, ज १ त ४२९८, ज १ त ५१३२, ज १ त ७५९७, प्र २–०३–०१ त ४९९७, अन टेस्ट आइचर २४२ र अनटेस्ट जन डियर ५०४५ नम्बरको ९ वटा ट्रयाकटर नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार अवैध रुपमा बालुवा, गिट्टि उत्खनन गरी लैजादै गरेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका ५ महिला विकास चोकबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटि गएको गस्ती टोलीले ना ८ ख १६५१ नं।को लोड टिफर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्याक्टर र टिफर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाए ।