No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सेवा सुधारका सार्वजनिक सुनुवाई महत्त्वपूर्ण नगरप्रमुख – गिता चौधरी

सेवा सुधारका सार्वजनिक सुनुवाई महत्त्वपूर्ण नगरप्रमुख – गिता चौधरी

रामशंकर भण्डारी / बलान विहुल
१५ असोज २०८०

सप्तरी । सरुङ्गगा नगरपालिकाको नगरसभा बाट विनियोजित बजेट तथा कार्यक्रमहरुबाट आ.व. २०७९/०८० मा सञ्चालन भएका विकास निर्माणका कार्यहरु तथा स्थानीय बासिन्दाहरुका लागि पुर्याएका सेवा सुविधाहरुको विषयमा सेवाग्राहीहरुको प्रतिक्रिया तथा गुनासाहरुका साथै आगामी दिनहरुमा थप सेवा सुधार गर्नका लागि चाल्नु पर्ने कदमहरु बारेमा जानकारी लिने कार्यका लागि सार्वजनिक सुनुवाई महत्त्वपूर्ण नगर प्रमुख गिता चौधरीले लिएको बताउनु भयो ।

उहाँले कानुनी शासन सामाजिक उत्तरदायित्व तथा सार्वजनिक जवाफदेहिताको कार्य जिम्मेवारी निभाउन यस कार्यले थप सघाउ पुर्याउने समेत बताए ।

नगरपालिकालेआर्थिक वर्ष २०७९/०८० वार्षिक प्रगति प्रतिवेदन, बार्षिक समिक्षा तथा सार्वजनिक सुनवाई कार्यक्रममा गत आर्थिक वर्षमा ७८ करोड ६४ लाख ६२ हजार नौ सय ११ रुपैया कुल बजेट संचालन गरेको, खर्च ७४.६३ प्रतिशत रहेको विवरण सार्वजनिक गरेको छ । कार्यक्रममा संघ, प्रदेश, पालिका र वडाबाट वार्षिक विनियोजित वजेट, प्रशासनिक सेवाहरूको अवस्था, पशु कार्यालय, स्वास्थ्य इकाई र प्रविधिक पक्षबाट भएको कामको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

वार्षिक योजना तथा गतिविधिहरुको लेखाजोखा र मूल्याङ्कन गरि भावि कार्य योजनाका लागि नगरको योजना र कार्य सम्पादनको अवस्था विश्लेषण गर्ने आगामी योजनाका लागि आवश्यक्ता पहिचान र सुझाब संकलन गर्ने, कार्यान्वयनका प्रतिवद्धता सहितको दस्तावेज तयार हुने नगर उप प्रमुख रुद्र बहादुर कार्कीले बताउनु भयो ।

सुरुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शार्माले भने स्थानिय तहहरुको कार्य सम्पादनमा आधारित अनुदान वितरण पद्धती लागु भएकोले सार्वजनिक सुनुवाई कार्यलाई सुचनाको हक दिलाउने एउटा औजारको रुपमा राखिएकोले पनि यसको अपरिहार्यतालाई प्रष्ट पारेको थियो ।

उपलब्धी पनि संतोषजनक नै रहेको पूर्व नगर उपप्रमुख विन्दा पासमानको भनाई छ । यो नगरको वेरुजु १.४५ प्रतिशत अर्थात न्युन रहेको छ ।
सो कार्यक्रमबाट जनगुनासो सुन्ने, जनताको समस्यामा छलफल गर्ने, स्थानीय तहलाई जनताप्रति जवाफदेहि बनाई विषयगत ईकाई र सो अन्तर्गतका निकायका प्रतिनिधि र सर्वसाधारण नागरिक बिचमा विश्वासको वातावरण सिर्जना हुने वडा नम्बर- १० का वडा अध्यक्ष चन्द्र नारायण यादवले बताए ।

नगरले प्रदान गर्ने सेवालाई थप पारदर्शी र गुणस्तरिय बनाउने नगरको वार्षिक योजना अनुसार संचालन भएका कार्यक्रमहरुको लक्ष्य, उद्देश्य, बजेट आम्दानी र यसबाट प्राप्त उपलब्धि र खर्चबारे सरोकारवालाहरु बीच आदान प्रदान गरि जानकारी गराउने, कार्यक्रम संचालन गर्दा देखिएका चुनौती, उपलब्धि, सिकाईलाई सार्वजनिक गरि श्रोत, साधनको सहि उपयोग गर्न पृष्ठपोषण लिने तथा दिने वातावरण सृजना भएको नेपाली कांग्रेसका नगर उपसभापती विद्यानन्द चौधरीले बताए ।

वार्षिक योजना तथा गतिविधिहरुको लेखाजोखा र मूल्याङ्कन गरि भावि कार्य योजनाका लागि नगरको योजना र कार्य सम्पादनको अवस्था विश्लेषण गर्ने आगामी योजनाका लागि आवश्यक्ता पहिचान र सुझाब संकलन गर्ने, कार्यान्वयनका प्रतिवद्धता सहितको दस्तावेज तयार हुने नगर उप प्रमुख रुद्र बहादुर कार्कीले बताउनु भयो ।

आइतवार सार्वजनिक सुनुवाईमा नगरले खर्च प्रस्तुत गरिरहँदा नगरले किसान , महिला तथा अन्यायमा परेकाहरुको लागि केही गर्न नसकेको सहभागीहरुले गुनासो गर्नुभएको छ ।

नगरले कृषिमा सिंचाई , किसानलाई सहुलियतमा उत्पादन लगायतको पाटोमा दिर्घकालिन कार्यक्रम ल्याउन नसकेकोमा सुरुङ्गा -४ कनकपुरका किसान राम लखन रामले गुनासो गरेको छ। यस्तै सुरुङ्गा -६ का किसान वृजेन्द्र प्रसाद चौधरी भने यहाँ खडेरी भएर वास्तविक किसान मरिरहयो ।‘ नगरले करोडौ बजेट खर्चियो तर किसानसम्म कुनै कार्यक्रम लिएर आएको छैन । यता प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माका अनुसार -कृषि तिर पनि स – साना वितरण मुखी कार्यक्रमहरु नगरेका होइनन तर त्यसको उपलब्धी तत्कालै नदेखिएको मात्रै हो ।

सो कार्यक्रममा स्थानीय कार्यपालीकाका सदस्य, वडा सदस्यहरू, राजनैतिक दलका प्रतिनिधिहरु, नगरभित्रका संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू,आमा समूह, बन उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष, प्रधानाध्यापक, सुरक्षाकर्मी लगाएतको उपस्थिती रहेको थियो ।

आ.व. २०७९/०८० को अवधिमा गरिएका कामहरुको मूल्यांकन गर्ने, आगामी दिनहरुमा नगरपालिकाले सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान र सुझाव प्राप्त गर्ने लगायतका उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
युवक अजिमको प्रेमको कारण हत्या भएको खुलासा

युवक अजिमको प्रेमको कारण हत्या भएको खुलासा

सर्वोच्च अदालतले ‘तीन तलाक’लाई मान्यता नदिने ब्याख्या गरेपछि मुस्लिम अगुवाको आपत्ति

सर्वोच्च अदालतले ‘तीन तलाक’लाई मान्यता नदिने ब्याख्या गरेपछि मुस्लिम अगुवाको आपत्ति

त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्कियो

त्रिभुवन विश्वविद्यालयको स्तर झनै खस्कियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .