No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकारहरु विदेश पलायन हुँदै

मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकारहरु विदेश पलायन हुँदै

शुभ नारायण यादव–
सप्तरी, असोज ६ गते ।

मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोकनाच दिन प्रतिदिन लोप हुन थालेपछि यहाँका कलाकारहरु पनि विदेश पलायन हुन थालेका छन् ।

इ.वि. सातौँ, आठौँ शताब्दीदेखि प्रचलनमा रहेका मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन लोकनाचहरु राजा सहलेस, शितबसन्त, रुनाझुना, जङगली बादशाह, गोपीचन्द कुँवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, समाचकेवा, कमलामैया, जयविसहरा, दुलहा दयालसिंहजस्ता नाचहरु लोप हुन थालेका हुन् ।

विगत चार दशकदेखि यस्तो नाच देखाउँदै आएका सप्तरीको साबिक बरही बिरपुर हाल छिन्नमस्ता गाउपालिका वडा न. १ का कलाकार बौयन राय भन्नुहुन्छ “उहिले नाचको राम्रो माग भएकाले २० जना कलाकारलाई भेला गरी एउटा नाच कम्पनी नै बनायौ ।” तर कालान्तरमा नाच लोप हुन थालेपछि कलाकारहरु नै रोजीरोटीका लागि विदेश पलायन हुनुपर्ने अवस्था आएको उनले गुनासो गरे ।

विगत २० वर्ष पहिले नाच देखाएरै वार्षिक रु १० लाख कमाउने गरेको उनको भनाइ छ । तर अहिले वार्षिक रु एक लाख पनि कमाई नहुने गरेको उनले दुखेसो पोखे ।

कलाकार रायको भनाइमा अहिले पाँच प्रतिशतको हाराहारीमा मात्र यस्ता नाच प्रचलनमा छन् । दुई सयभन्दा बढी नाच कम्पनी रहेको मधेस प्रदेशको सप्तरी, सिरहा र धनुषा जिल्लामा अहिले दुई दर्जनको हाराहारीमा मात्र त्यस्ता नाच कम्पनी जसोतसो सञ्चालनमा छन् । यहीकारण २ सय भन्दा बढी कलाकार बेरोजगार भएको उनले जानकारी दिए ।

खासगरी ग्रामीण क्षेत्रमा लोकप्रिय यस्ता नाचहरु लोप हुनुको प्रमुख कारण ऐतिहासिक नाचका सिडीहरु बजारमा छयापछयाप्ती पाउनु पनि हो । अहिले मिथिलाञ्चलका प्राचिन एवं ऐतिहासिक नाच सिडीमा मात्र हेर्न सक्ने अवस्था रहेको स्थानीयबासीहरुको कथन छ ।

कलाको सम्मान नहुनु, राज्यबाट यस्ता नाचको संरक्षण नहुनु, कलाकारलाई प्रोत्साहन नहुनुजस्ता कारणले ऐतिहासिक महत्वका यस्ता नाच लोप भइरहेका छन् । यस्ता नाचहरु लोप हुन थालेपछि यसका कलाकारहरु आर्थिक रुपमा सङकटग्रस्त अवस्थामा पुगेका हुन् ।

मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पित यस प्रकारका नाचको संरक्षण, सम्बर्धन गर्न सरकारले बजेट नै छुट्याउनु पर्ने कलाकारहरुको माग छ ।

साथै मिथिलाञ्चलमा दिन प्रतिदिन लोप हुन लागेका यी यस्ता प्राचिन एवं ऐतिहासिक नाचलाई स्थानीय, प्रदेश सरकार तथा सम्बन्धित निकायले समयमै उचित संरक्षण सम्बद्र्धन गनुपर्ने माग स्थानीय कलाकारहरुले गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
मधेश प्रदेशः १६४ किलो गाँजा बरामद

मधेश प्रदेशः १६४ किलो गाँजा बरामद

बोल्न नसक्ने बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

प्रधानमन्त्री प्रचण्डले अदालतकाके अवहेलना गरेको मुद्दामा सुनुवाइ सकियो

प्रधानमन्त्री प्रचण्डले अदालतकाके अवहेलना गरेको मुद्दामा सुनुवाइ सकियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .