No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मोदीलाई ऐतिहासिक , रुसलाई जित


मोदीलाई ऐतिहासिक , रुसलाई जित

भारतीयले ‘अहिंसा प्रतिरोध अभियानको मुख्य प्रतीक’ मान्ने सेतो गलबन्दी प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट लगाएर विश्वका नेताहरूले फोटो खिचाइरहँदा उनीहरूको संयुक्त घोषणापत्रमाथि संसारभर विमर्श सुरु भइसकेको थियो ।
धेरै घण्टा नबित्दै युक्रेनबाट तात्तातो प्रतिक्रिया आयो, ‘जी २० शिखर सम्मेलनबाट जारी संयुक्त घोषणापत्रमा गर्व गर्नलायक चीज केही पनि छैन ।’ युक्रेन डेढ वर्षदेखि अशान्त छ ।

शिखर सम्मेलनको पहिलो दिन नै जी २० देशले सर्वसम्मतिमा ३७ पृष्ठ लामो संयुक्त घोषणापत्र जारी गरे । ८३ हरफको पत्रमा युक्रेन युद्धबारे ७ हरफमा चर्चा गरिएको छ । तर यसमा रुसको नाम कतै पनि छैन । युक्रेन यसैमा दुःखी छ ।

अर्कातिर, जी २० को घोषणापत्रपछि रुसको शक्ति र प्रभावलाई लिएर पनि विशेषज्ञहरूले विभिन्न अड्कलबाजी गरिरहेका छन् । उनीहरूमध्ये कतिपय पश्चिमीहरू हाबी भनिएको संठनमा अन्ततः रुसले बाजी मारेको तर्कमा एकमत छन् ।

मोदीलाई ऐतिहासिक, रुसलाई जित

जी २० को वर्तमान अध्यक्ष देश भारतका प्रधानमन्त्री मोदीले घोषणापत्रलाई ऐतिहासिक भनेका छन् । अझ सर्वसम्मतिले घोषणापत्र पारित हुनुलाई ठूलै उपलब्धि मानेका छन् उनले ।

हुन पनि, धेरैलाई लागेको थियो( नयाँ दिल्लीमा हुने जी २० शिखर सम्मेलनमा युक्रेन युद्धबारे पक्कै छलफल, चर्चा हुन्छ । यति मात्रै होइन, यही विषयमा मतभेद हुने र संयुक्त घोषणा पत्रसमेत जारी नहुने अड्कलबाजी थियो ।

तर, सम्मेलनको पहिलो दिन नै जारी विज्ञप्तिमा ‘भूमि कब्जा गर्न आक्रमण र बल प्रयोग’ को आलोचना गर्दै सिधा नाम नलिएर रुसको बचाउ गरियो । रुस शायद यसप्रति नै हाँसीखुसी घोषणापत्रमा सहमति दिन तयार भयो । किनकि उसका लागि यो एकखालको विजय थियो ।

युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले जी २० को घोषणापत्रबारे भनेका छन्, ‘टेक्स्टमा कडा शब्द राख्न लगाएका देशहरूप्रति युक्रेन आभारी छ । तर, ठीक यसै बेला युक्रेनमाथि रुसको आक्रामकताको सन्दर्भमा जी २० समूहले गर्व गर्न मिल्ने खालको केही पनि गरेन ।’

उनले ‘एक्स’ मा रातो रङबाट सम्पादित विज्ञप्तिको एक तस्वीर शेयर गरेका छन् । र, ‘युक्रेनमा युद्ध’लाई लिएर ‘युक्रेनमाथि युद्ध’ मा परिवर्तन गरी रुसको सन्दर्भमा जोड दिएका छन् ।

घोषणापत्रमा भनिएको छ, ‘युक्रेनमा जारी युद्धका सम्बन्धमा सबै राष्ट्रले संयुक्त राष्ट्र संघको सिद्धान्त, उद्देश्यलाई ध्यानमा राखेर कारबाही गर्नुपर्छ । यसमा उल्लेखित ‘सबै राष्ट्रहरू’ लाई भन्ने शब्दको ठाउँमा निकोलेन्कोले रुस लेखेका छन् ।

घोषणापत्रमा परमाणु आक्रमणको चेतावनीबारे पनि लेखिएको छ । तर, यहाँ पनि रुसको नाम छैन । निकोलेन्कोले आफ्नो पोस्टमा यो लाइनलाई सम्पादन गरी रुस लेखेका छन् ।

युक्रेनले युद्धलाई रुसी आक्रामकताको रूपमा हेर्छ । रुसले भने यसलाई युक्रेनमा आफ्नो विशेष सैन्य अभियान मात्रै भनिरहेको छ ।

रुसको नामै नलिएकोमा युक्रेनले असन्तुष्टि जाहेर गरिरहँदा अमेरिका र बेलायतले घोषणापत्रको तारिफ गरेका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभनले घोषणापत्रमा विभिन्न मुद्दामा सहमति बनेकाले यसलाई ‘महत्त्वपूर्ण कोसेढुङ्गा’ भनेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले संयुक्त घोषणापत्रमा युक्रेनमा युद्धको विषयमा निकै कडा भाषाको प्रयोग गरिएको बताए । उनले भने, ‘विज्ञप्तिमा तपाईंले निकै कडा भाषा देख्नुहुनेछ, जसले खाद्य पदार्थको मूल्य र खाद्य सुरक्षाममा युद्धको प्रभावलाई रेखाङ्कित गर्छ ।

स्मरणीय छ, युक्रेन युद्धमा अमेरिकासहित विभिन्न पश्चिमी देशले खुलेर युक्रेनलाई मद्दत मात्रै गरेका छैनन्, यही कारण देखाएर रुसमाथि विभिन्न आर्थिक प्रतिबन्धहरू पनि लगाएका छन् । युक्रेनलाई उनीहरूबाट हतियार सहायता पनि मिलिरहेको छ ।

त्यसैले घोषणापत्रमा रुसको नाम नहुनुलाई उसको जितका रूपमा हेरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन गत वर्ष बालीमा भएको जी २० सम्मेलनमा गएका थिएनन् । यसपल्ट उनी दिल्ली पनि गएनन् ।

चीनका राष्ट्रपति सी चिनफिङ हरेक जी २० सम्मेलनमा भाग लिनेमा पर्थे । उनी पनि यसपालि भारत आएनन् । चीनका तर्फबाट प्रधानमन्त्री ली कियाङ भारत ओर्लिए ।

बाली घोषणापत्रमा ‘कडा शब्दमा युक्रेनमाथि रुसको आक्रामकता’को आलोचना गरिएको थियो । भारतले जी २० सम्मेलनमा पाहुनाका रूपमा युक्रेनलाई आमन्त्रित पनि गरेन ।

नयाँ दिल्लीमा जारी भएको घोषणा पत्रलाई एक तरिकाले भारतको कूटनीतिक सफलताका रूपमा पनि हेरिएको छ । किनकि यहाँ निकै जटिल मुद्दामा सर्वसम्मति कायम भएको छ ।

यसलाई युक्रेन युद्धको मुद्दामा पश्चिमी देश लचिलो भएको अर्थ पनि लगाउन सकिन्छ । भारतीय मिडियाका अनुसार, भारतीय राजनीतिज्ञ र कूटनीतिज्ञले यसका लागि विभिन्न जटिल बैठक, लामो वार्ता र सबै देशलाई मनाउन पहल गरेका थिए ।

समाचार एजेन्सी पीटीआईको एक रिपोर्टअनुसार, उम्दा आर्थिक शक्ति ब्राजिल, इन्डोनेसिया र दक्षिण अफ्रिकाले पनि यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । पीटीआईको दाबीमा यी तीन देशले घोषणापत्रको मस्यौदा तयार गर्न र सबै देशबाट यसलाई अनुमोदित गर्नमा महत्त्वपूर्ण मद्दत गरेका थिए ।

घोषणापत्र जारी भएपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकरले भने, ‘बाली घोषणापत्रसँगको तुलनाबारे म के मात्रै भन्छु भने, बाली बाली थियो र नयाँ दिल्ली, नयाँ दिल्ली हो । मेरो मतलब बाली एक वर्षअघि थियो ।’

जी २० सम्मेलनअघि ‘भूराजनीतिक मुद्दा’ मा सहमति बनाउन लामो समय खर्चिएको उनले बताए ।

बाली घोषणापत्र र नयाँ दिल्ली घोषणापत्रको तुलना गरी सोधिएको प्रश्नमा उनले भने, ‘त्यो बेला स्थिति फरक थियो । त्यसयता धेरै चीज भइसकेको छ । तपाईंले घोषणापत्रमा भूराजनीतिक पक्षलाई हेर्नुभयो भने ८३ हरफमा ७ हरफ त युक्रेनको मुद्दामै केन्द्रित छ ।’

यो विषयलाई थिओलोजिकल ९धर्मतत्वविषयक० दृष्टिले पनि हेर्न आवश्यक रहेको उनले बताए । भने, ‘नयाँ दिल्ली घोषणा पत्रले त्यसैगरी आजको स्थिति र चिन्ताको जवाफ दिएको छ, जसरी ठीक वर्षदिनअगाडि बाली घोषणापत्रले त्यस बेलाको अवस्थामा दिएको थियो ।’

नयाँ दिल्ली घोषणापत्रमा युक्रेन युद्धलाई सन्दर्भित मात्रै गरियो । संसारभर युद्ध र संघर्षको प्रतिकूल प्रभाव र मानवीय पीडालाई युक्रेनको सन्दर्भमा सामेल गरिएको उनले बताए ।

सम्मेलन सुरु हुनुअघि आयोजक भारतका प्रधानमन्त्री मोदीले जी २० मा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा आसन दिए । अफ्रिकी मुलुकमा रुस र चीनको प्रभाव निरन्तर बढ्दो छ । चीनको लगानी यी देशमा बढेको बढ्यै छ । त्यसैले अफ्रिकी संघको जी २० प्रवेशलाई पनि रुस र चीनका लागि अनुकूल मानिएको छ ।

अर्कातिर, अबको जी २० सम्मेलन ब्राजिल र त्यसपछि दक्षिण अफ्रिकामा हुने तय छ । यी दुवै देश रुस र चीनप्रति निकट छन् । ब्राजिलले त ‘डलर डोमिनेटेड’ अर्थतन्त्रबाट मुक्तिका लागि आ–आफ्नै मुद्रा चलाउन थालिसकेका छन् ।

अमेरिकाप्रति बढी उदार मानिएको भारतमा भएको जी २० शिखर सम्मेलनमा युक्रेन युद्धको चर्चा हुँदा रुसको नाम नलिइनु नै ठूलो अर्थको विषय मानिएको छ । त्यसमाथि पश्चिमी देश हाबी भनिएको संगठनमा । जानकारहरूका अनुसार, युक्रेन युद्धलाई नै लिएर रुसमाथि प्रतिबन्ध छेडेका पश्चिमी देशले समेत रुसको नाम नलिई तयार गरिएको घोषणापत्रमा सहमति जनाउनु झन् आश्यर्चका विषय छ । सारमा यसलाई रुसको जितकै रूपमा हेर्न सकिने र चीनलाई सजिलो हुँदै गएको अर्थ लगाउन सकिने जानकारहरू बताउँछन् । शिलापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post
श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं बाेलाइयाे

श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं बाेलाइयाे

अल्पसंख्यक गठबन्धनद्वारा जरानवाला क्रिश्चियनहरू असफल भएकोमा राज्यको आलोचना

अल्पसंख्यक गठबन्धनद्वारा जरानवाला क्रिश्चियनहरू असफल भएकोमा राज्यको आलोचना

अभियानले चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्‍याली निकाले

अभियानले चिनियाँ राजदूत चेङ सोङको विरूद्धमा नाराबाजी गर्दै काठमाडौमा र्‍याली निकाले

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .