जनकपुरधाम । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चितवनमा एमबीबीएस अध्ययनरत सप्तरीका एकजना विद्यार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज ७ घर भएका नसिम अख्तर छन् ।
चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी अख्तरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि काठमाडौं लगिँदै छ ।
उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।