• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो


विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो

काठमाडौं । चिनियाँ मेसेजिङ तथा भुक्तानी एप विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारीलाई अमेरिकाको एक अदालतले रोकिदिएको छ ।

अमेरिकी मेजिस्ट्रेट अदालतको न्यायाधीश लउरेल बीलरले विच्याटमाथिको प्रतिबन्धले वाक् स्वतन्त्रताको संवैधानिक हकमाथि गम्भीर प्रश्न उठाएको भन्दै विच्याटमाथि प्रतिबन्ध नलगाउन आदेश दिएका हुन् ।

अमेरिकी वाणिज्य मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी विच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

राष्ट्रिय सुरक्षामाथि विच्याट तथा टिकटक लगायतका चिनियाँ एपहरुले खतरा पैदा गरेको दाबी ट्रम्प प्रशासनको रहँदै आएको छ ।

तर चीन तथा उल्लेखित सोसल मिडिया एपहरुले अमेरिकाको त्यस्तो आरोप निराधार रहेको भन्दै खण्डन गरेका छन् । विच्याटको स्वामित्व रहेको चिनिया कम्पनी टेनसेन्टले विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी कदम दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेको थियो ।

अर्को चिनियाँ एप टिकटकले अमेरिकी कम्पनी ओरेकल र वालमार्टसँग खरीद–बिक्री सम्झौता गरेसँगै प्रतिबन्धको जोखिम हटेको आँकलन गरिएका बेला अदालतको आदेशपछि विच्याट पनि बन्द नहुने देखिएको छ ।

अदालतमा के भयो ?

विच्याट प्रयोगकर्ताहरुको एक समूहले मेजिस्ट्रेट अदालतमा विच्याटमाथि बन्देज नलगाउन माग गर्दै मुद्दा हालेका थिए । त्यसको सुनुवाइ गर्दै अदालतले विच्याटमाथि प्रतिबन्ध नलगाउन आदेश दिएको हो ।

न्याय मन्त्रालयले भने राष्ट्रिय सुरक्षामाथिको खतरालाई सम्बोधन गर्नका लागि राष्ट्रपति ट्रम्पको योजना बमोजिम विच्याटमाथि प्रतिबन्ध लगाउन लागिएको जवाफ दिएको थियो ।

सनफ्रान्सिस्कोस्थित अदालतमा न्यायाधीश बीलरले चीनबाट आम प्रविधि तथा मोबाइल प्रविधिसँग सम्बन्धित विषयमा पैदा भैरहेको राष्ट्रिय सुरक्षाको चुनौति उल्लेखनीय रहेको भएपनि विच्याटकै विरुद्धमा भने बलियो प्रमाण नरहेको ठहर गरे ।

अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले एक विज्ञप्ती मार्फत् अमेरिकी नागरिकहरुका व्यक्तिगत डाटाहरु संकलन गर्ने चिनियाँ कदमविरुद्ध लड्नका लागि चिनियाँ एपहरुमाथि बन्देज लगाउने निर्णय गरिएको बताएका थिए ।

विच्याटले प्रयोगकर्ताहरुबाट नेटवर्क एक्टिभिटी, लोकेसन डाटा, ब्राउजिङ तथा सर्च हिस्ट्री लगायतका विविध डाटाहरु संकलन गर्ने गरेको रोसको भनाइ छ ।

के हो विच्याट ?

चिनियाँ एप विच्याटको स्थापना सन् २०११ मा भएको हो । यो बहुउद्देश्यीय एपबाट मेसेज आदानप्रदान गर्न, मोबाइल भुक्तानी तथा मोबाइलबाटै अन्य स्थानीय सेवाहरु समेत लिन सकिन्छ । मासिक एक अर्ब सक्रिय प्रयोगकर्ता रहेको विच्याटलाई चीनमा ‘एप फर एभ्रिथिङ्ग’ भनिन्छ ।

अन्य चिनियाँ सोसल मिडिया प्लाटफर्मले जस्तै विच्याटले पनि चीन सरकारले अवैध भनेका सामाग्रीहरु सेन्सर गर्नैपर्ने हुन्छ । सन् २०२० को जनवरी १ देखि नै विच्याटले कोरोना भाइरस महामारीसँग सम्बन्धित विभिन्न शव्दहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा
  • २०७७ आश्विन १२, सोमबार १४:०३
  • In "अन्तराष्ट्रिय"
  • थप १२ चिनियाँ कम्पनी अमेरिकी कालोसूचीमा
  • २०७७ आश्विन १२, सोमबार १४:०३
  • In "BannerNews"
  • डोनाल्ड ट्रम्पबारे फेसबुकको फैसला : प्रतिबन्ध दुई वर्षका लागि
  • २०७७ आश्विन १२, सोमबार १४:०३
  • In "सूचना-प्रविधि"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

कमलको फूल : जीवन–दर्शनदेखि आयुर्वेदसम्म

नेपालमा सोमबार थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि

सरकार आफैले अब इजरायल जाने श्रमिकसँग प्रतिव्यक्ति १ लाख रुपैयाँ उठाउने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version