काठमाडौैं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे ।
उनले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद पनि दिए । अझ निर्मम रुपमा प्रस्तुत हुन आग्रह गरेका उनले सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
जबकि सरकारले भ्रष्टाचार नियन्त्रणमा कुनै काम गर्न नसकेको भन्दै रवि नेतृत्व दल रास्वपाले समर्थन फिर्ता लिएको थियो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको १५ दिन नबित्दै रवि किन प्रचण्डलाई भेटेर, सामाजिक सञ्जालबाट बधाई दिइरहेका छन् भन्ने भेउ सर्वसाधारण जनताले बुझ्न सकेका छैनन् ।
त्यही सरकारले कुनै काम गर्न नसकेको पनि भन्ने अझै प्रधानमन्त्रीलाई नै भेटेर धेरै राम्रो काम गरेको भन्ने रविको दोहोरो भूमिकालाई देख्नेहरु अहिले लजाउन थालेका छन् ।
रविले कि त पहिले समर्थन फिर्ता लिनु हुँदैनथ्यो कि यसरी ओहो धेरै राम्रो गर्नु भो बधाई छ, हामी सहयोग गर्न तयार छौं भन्नु हुन्नथ्यो । यसले रविमा अझै पनि परिपक्व नेताको छवि नदेखिएको भन्दै उनको आलोचना हुन थालेको छ ।