धनुषा : जनकपुरधाममा चीन विरुद्ध भूमि अतिक्रमण गरेको भन्दै युवाहरु विरोध प्रदर्शन गरेको छ ।
युवा नेपाल समिति प्रदेश २ ले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै चिनिया अतिक्रमण बिरुद्ध युवा नेपाल समितिले बिरोध ¥याली प्रदर्शन गरेको हो ।
जनकपुरधामको रामानन्द चोकबाट समितिको प्रदेश २ को अध्यक्ष मोहन सिंहको नेतृत्वमा निस्केको बिरोध रैली जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । युवाहरुले गो ब्याक चाइना, चिनिया अतिक्रमण बन्द गर, मिचिएको नेपाली भूमि फिर्ता गर, चाइनिज सम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु लगाएका थिए । युवाहरुले परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिरुद्ध समेत नारा लगाएका थिए ।
युवाहरुको सो बिरोध रैली जनकपुरधामको जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले चाइनिज अतिक्रमण बिरुद्ध नेपाल सरकार समेत मौन रहेको समयमा चाइनिज सम्राज्यवाद बिरुद्ध आफूहरु बिरोध प्रदर्शन गर्न बाध्य हुनु परेको बताए ।
स्थानीय युवा नेता सुशिल कर्णले नेपाली भूमि अतिक्रमण भइरहँदा समेत सरकारले त्यसको बिरोध गर्नुको साटो उल्टै अनभिज्ञयता प्रकट गर्नु लज्जास्पद रहेको बताए ।
त्यस्तै अर्का युवा गुड्डु पाण्डेले नेपाली भूमिको अतिक्रमण आफूहरुका लागि सह्य नरहेको बताए । उनले भारत तर्फ बाट होस वा चिन तर्फबाट नेपाली भूमिको अतिक्रमण बिरुद्ध आवाज उठाउन हामी सदैव तयार रहेको बताए ।
केही दिन अगाडी मात्रै नेपालको हुम्ला जिल्लास्थित ल्याप्चामा चीनले निर्माण कार्य गरिरहेको समाचार बाहिरिएको थियो । यद्यपि नेपाल सरकारले नेपाली भूमिमा चीनको तर्फबाट अतिक्रमण नभएको भन्दै मन्त्री परिषदको निर्णय सुनाई रहँदा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्पष्ट पारेका थिए ।lokpukar