No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आलोपालो सरकारः शुरुको प्रधानमन्त्रीमा प्रचण्डको दाबी

आलोपालो सरकारः शुरुको प्रधानमन्त्रीमा प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादीले आलोपालो सरकारको नेतृत्वमा शुरुको सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गर्न पाउनु पर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग अनौपचारिक रुपमा यो प्रस्ताव गरेको हो । आलोपालो सरकार सञ्चालनमा पहिलो पटकको प्रचण्डले नेतृत्व गर्न पाउनु पर्ने प्रस्ताव गरेको हो । ‘आलोपालो जनमत आएको छ पहिलो चरणको सरकारको नेतृत्व प्रचण्डले नै गर्न पाउनुपर्छ , यो दाबी स्वाभाविक हो’, माओवादीका एक नेताले भने । उनका अनुसार माओवादीले सरकारको नेतृत्व गर्न नपाएर सरकार बाहिर बसेर सहयोग गर्नेछ ।
शुक्रबार एक कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि अब प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै बन्नुपर्ने भन्दै भन्दै घुमाउरो अभिव्यक्ति दिएपनि सोझै प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव भने गरेनन । ‘बृहत् शान्ति सम्झौताका हस्ताक्षरकर्ता यो परिवर्तनको संवाहक हुन् । मुलुकको अभिभाभव हो । गिरिजाप्रसाद कोइराला यतिबेला हुनुहुन्न । एउटा सिंगो प्रचण्डमात्रै बाँकी हुनुहुन्छ । संकटपर्दाको अवस्थामा स्टेटमेन्टसिप लिएका पात्रहरु अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ । यो अवस्थामा मुलुकको अभिभावको रुपमा रहेको, यो व्यवस्थाको प्रस्तावकको रुपमा रहेको, मुलुकको व्यवस्थाको संरक्षकको रुपमा रहेको नेतृत्व अघि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ’, उनले भने ।
पोखराको एक कार्यक्रम देशको नेतृत्व गर्दैछु भनेर अभिव्यक्ति दिएका प्रचण्डले काठमाडौ आएपछि देउवासँग अनौपचारिक रुपमा आगामी सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने प्रस्ताव राखेका हुन् । आफूलाई देशको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा पहिलो प्रथामिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नेतर्फ केन्द्रित हुने बताएका थिए । त्यसपछि काठमाडौ आएका उनले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया र सबै उतारचढाव बुझ्न नपाइ व्यतित भएको र दोस्रो कार्यकालमा देशका लागि राम्रो काम गर्न सकेकामा गर्व लागेको तथा अब एक पटक नेतृत्व गर्ने र त्यसपछि देउवालाई दिने आशय व्यक्त गरेको स्रोतको दावी छ । ‘राष्ट्रको एकतालाई सुदृढ गर्ने, मधेश, पहाड र हिमाललाई एकताबद्ध गरी सिंगो देशलाई लोकतान्त्रिक प्रक्रियामा प्रवेश गराउनका लागि अब मेरो नेतृत्व आवश्यक रहेको बताउनु भएको छ’, प्रचण्ड निकट रहेका एक नेताले भने ‘उहाँले बाँकी जीवन सुशासन र विकासका लागि बिताउने पनि बताउनु भएको छ ।’

निर्वाचन सकिए लगत्तै प्रचण्डले आफूलाई कांग्रेसले शुरुकै सरकारको नेतृत्व गर्न दिने भन्दै आफू निकटका नेताहरुसँग बताएका थिए । सोही अनुसार कांग्रेसले शुरुको कार्यकाल प्रधानमन्त्री नबनाउने भए एमालेसँग सहकार्य गर्ने भन्दै माओवादीले बार्गेनिङ गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी महासचिव देवा गुरुङको भेटघाटलाई यही रुपमा लिइएको छ । माओवादी अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी पहिलो साढे दुई वर्षका लागि प्रधानमन्त्री दाबी गरेपछि कांग्रेसभित्र पनि यो विषयमा छलफल र बहस शुरु हुन थालेको छ ।

नेकपा एसले सकेसम्म राष्ट्रपति, त्यो नभए सभामुख दाबी गर्ने भएको छ । माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला गरी कसरी पार्टी माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् भन्नेतर्फ ध्यान केन्द्रित गर्न थालेको छ । शुरुको कार्यकाल प्रधानमन्त्री दावी गरेका प्रचण्डले एमालेसँग पनि आफ्ना प्रतिनीधिहरु पठाएर कुराकानी अघि बढाएका छन् ।

सरकार बनाउन कांग्रेस र एमालेलाई माओवादी नै चाहिने भएपछि प्रचण्डले प्रधानमन्त्री पदलाई मुख्य ‘मिसन’ बनाएका छन् । प्रचण्ड एमालेतिर नजिक हुन खोजेपछि नेकपा एस भने कांग्रेससहित हालको गठबन्धनबाटै सरकार बनाउनुपर्नेमा उभिएको छ । नेपालबहस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
कर्णाली र भेरी करिडोर स्तरोन्नतिका लागि पाँच अर्ब छुट्याइने

कर्णाली र भेरी करिडोर स्तरोन्नतिका लागि पाँच अर्ब छुट्याइने

५३३ जना पत्रकार जेलमा , सबै भन्दा धेरै चिनमा पत्रकारलाई संकट

५३३ जना पत्रकार जेलमा , सबै भन्दा धेरै चिनमा पत्रकारलाई संकट

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

चिनियाँ कम्पनीलाई निर्यात नियन्त्रणको सूचीमा राखेकामा अमेरिकाको विरोध

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .