काठमाडौं । एउटा दलकाे अध्यक्ष अर्काे दलकाे समानुपातिक सांसद । यस्ताे विचित्र अन्त कहि नभएर नेपालमै हुन्छ । त्याे पनि आदर्श र वादकाे गफ छाट्ने कम्युनिस्ट पार्टीमा ।
अहिले परिवार दलका अध्यक्ष एकनाथ ढकाल एमालेकाे समानुपातिक सांसद बनेका छन् । प्रत्यक्षमा अर्काे दलकाे चुनाव चिन्ह लिएर लड्ने अभ्यास भए पनि समानुपातिकमा भने फरक दलकाे मान्छे हुन्थेन । समानुपातिकमा मतदाताले दललाई मत दिने हाे । दलले आफ्नै नेता कार्यकर्तालाई निर्वाचित गर्ने हाे । तर एकनाथ ढकालकाे हकमा एमालेले जनमतकाे कदर गरेन ।
नेपालमा क्रिश्चियन धर्म प्रवर्द्धकका मुखिया एकनाथले कराेडौ बुझाएर एमालेकाे समापातिक सिट हत्याएका हुन् । हिन्दु धर्म मास्ने र क्रिश्चियन प्रवर्द्धकलाई एमालेले गैरकानुनी र अनैतिक रूपमा सांसद बनाएकाे हाे । क्रिश्चियन ठेकेदार बाेक्नु याे आम जनभावना विपरीत हाे ।
एमालेले समानुपातिकमै अर्काे दलकाे सांसदलाई बाेकेपछि निर्वाचन आयाेगमा प्रश्न उठेकाे छ । तर स्पष्ट कानुनी व्यवस्था नभएकाे भन्दै आयाेग पन्छिएकाे छ ।
‘एउटा दलको अध्यक्ष अर्को दलको चुनाव चिन्ह लिएर उम्मेदवार बन्न सक्छ कि सक्दैन र कुनै दलको अध्यक्ष अर्को दलको समानुपातिक निर्वाचित सदस्य बन्न पाउँछ कि पाउँदैन भन्ने विषय मलाई लाग्छ कानुनमा स्पष्ट रुपमा उल्लेख नभएको नैतिकतासँग जोडिएको विषय हो,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने । यसमा ढकाललाई नै साेध्नुपर्ने उनकाे भनाइ थियाे ।
थपलियाले उम्मेदवार हुनका लागि दलको सदस्य हुनु पर्ने कानुनी व्यवस्था नभएका कारण ढकाल उम्मेदवार बनेर सांसद बन्न सकेको बताए। उनले ढकाल प्रकरण छलफलको राम्रो विषयसमेत भएको बताए । ‘उम्मेदवार हुन त्यो दलको सदस्य हुनु पर्दैन टिकट दिए पुग्छ। समानुपातिक तर्फको बन्द सूचीमा नाम सिफारिस व्यक्ति पनि कुनै दलको हुनुपर्छ भन्ने हुदैन। मलाई लाग्छ यो आजका दिनमा छलफलको विषय बन्न सक्छ,’ उनले भने । नेपालपाना














