No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमाले र माओवादी केन्द्रका नेताहरुबीच औपचारिक अनौपचारिक भेटघाटमा

एमाले र माओवादी केन्द्रका नेताहरुबीच औपचारिक अनौपचारिक भेटघाटमा

काठमाडौं । आगामी सरकार निर्माणको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका नेताहरुबीच औपचारिक अनौपचारिक भेटघाट र छलफल शुरु भएको छ । छलफलको क्रममा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमासमेत छलफल गर्न तयार भएको छ ।

‘सरकार गठनको विषयमा विभिन्न विकल्पहरुबारे छलफल गर्न एमाले तयार छ’, एमालेका एक उच्च नेताले भने । विगत पाँच दिनदेखि ललितपुरमा रहेको एक होटलमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच गोप्य भेटघाट हुने गरेको स्रोतको दाबी छ ।

‘केही दिनदेखि ललितपुरस्थित एक होटलमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच नियमित भेटघाट भैरहेको छ’, एमालेका ती नेताको दाबी छ ।

उनीहरुबीच छलफल चलेपछि माओवादी केन्द्रका महासचिव देव गुरुङ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । ओली र गुरुङबीच आगामी सरकार निर्माण वामपन्थीहरुबीच सहयोग र सहकार्य जस्ता विषयमा छलफल भएको थियो ।

उनले माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग भेटघाट गर्न चाहेको सन्देश पनि दिएका थिए । कहिले र कहाँ कसरी भन्ने बारेमा समय तालिका पछि तय गर्ने गरी गुरुङ बालकोटबाट छुटेका थिए ।

उनीहरुको भेटघाट सकिएपछि प्रचण्डले आफू छिट्टै तेस्रो कार्यकालका लागि देशको नेतृत्वमा पुग्न लागेको बताएका थिए ।

कास्कीस्थित अन्नपूर्ण गाउँपालिकास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जन्मोत्सव कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका थिए ।

‘म मेरो जन्मथलोमा आइपुग्दाको हर्ष शब्दमा व्यक्त गर्न सक्दिनँ । मसँग अब धेरै वर्ष छैन । तपाईंहरुको आशीर्वाद लाग्यो, तपाईंहरुको माया र शुभकामनाले काम गर्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु’, उनले भने, ‘यो मेरो तेस्रो कार्यकाल हुने अठोट गरेको छु । मलाई तपाईंहरुले छिट्टै देशको नेतृत्व लिएको देख्नु हुनेछ ।’

उनले आफ्नो पहिलो कार्यकाल विधि र प्रक्रिया सिक्दैमा बितेको पनि बताएका थिए । ‘मेरो पहिलो कार्यकाल राम्रोसँग काम गर्न नसक्दै बित्यो । विधि प्रक्रिया पनि राम्ररी बुझ्नै पाइनँ, दोस्रो कार्यकाल मैले देशका लागि केही महत्वपूर्ण काम गरेँ भन्ने लागेको छ ।’

उनले त्यसो भन्दै गर्दा यता ललितपुरस्थित होटलमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच बुधबार पनि छलफल भएको थियो । अध्यक्ष प्रचण्डले दोस्रो कार्यकालमा मधेश, पहाड र हिमाललाई एकढिक्का बनाएको बताएका थिए ।

‘त्यसबेला देशमा के होला भन्ने थियो । तर मैले सिंगै देशलाई लोकतान्त्रिक प्रक्रियामा लैजाने भूमिका खेल्न पाएँ’, उनले भने, ‘आर्थिक विकासलाई गति दिने काम गरेँ । दोस्रो कार्यकालमा देशलाई एउटा बाटोमा लैजान सफल भएँ र अबको कार्यकालमा देश विकासको नेतृत्व गर्ने छु ।’

माओवादी अध्यक्षको दूतको रुपमा बालकोट पुगेका गुरुङलाई एमालेका शीर्ष नेताहरुले एमालेलाई देखाएर कांग्रेससँग बार्गेनिङ गर्न खोजेको आशंका गरेका छन् ।

उनीहरुले माओवादी अध्यक्षले कांग्रेससँग आधा आधा कार्यकालको सरकार बनाउने र शुरुकै अवस्थामा आफू प्रधानमन्त्री बन्नका लागि एमालेसँग पनि सहकार्य हुनसक्छ भनेर कांग्रेसलाई देखाउन चाहेको आशंका गरेका हुन् ।

तर नेकपा विघठन भएपछि एमाले र माओवादीका नेताहरुबीच यसरी भेटघाट नभएको अवस्थामा गुरुङको बालकोट प्रवेशलाई भने सकारात्मक मानेका छन् । एमाले अध्यक्ष ओलीले निर्वाचन परिणाम आएपछि पहिलो पटक प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।

यसपछि माओवादी नेताहरु एमालेका नेताहरुसँग अनौपचारिक संवादमा रहेका थिए । उनीहरुले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षलाई भेट गराउने कोसिस गरिरहेका छन् ।

संसदमा गैर वामपन्थीहरुकोसमेत बहुमत पुग्ने अवस्था रहेकाले माओवादीले पनि एमालेसँगको सहकार्यलाई सहज रुपमा लिने र त्यसको प्रचारबाजी गर्न चाहिरहेको छ ।

निर्वाचनपछि बसेको माओवादी बैठकले एमालेसँग सरकारमा सहकार्य गर्न सक्ने गरी निर्णय गरेर कांग्रेसलाई तर्साउने खोजिरहेको छ ।

‘कांग्रेसभित्रको आन्तरिक समस्यासँग माओवादी जानकार रहेको र त्यसलाई मत्थर बनाउँदै धेरै भन्दा धेरै सिट लिएर सरकारमा जाने र पहिलो कार्यकाल आफ्नै नेतृत्वमा सरकार बनाउने योजना माओवादी अध्यक्षको योजना रहेको छ’, माओवादीकै एक नेताले भने ।

पछिल्लो पटक एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य राजन भट्टराईलगायत नेताहरुले माओवादीका नेताहरुसँग छलफल गरिरहेको स्रोतको दाबी छ ।

प्रचण्ड निर्वाचित भए लगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताले समेत फोन गरेर शुभेच्छा प्रकट गर्दै संवादको वातावरण तयार गरेका थिए ।

निर्वाचनको स्पष्ट नतिजा आएपछि एमालेका रघुवीर महासेठ लगायतका नेताहरु खुमलटार पुगेर प्रचण्डसँग वाम गठबन्धन र सत्ता सहकार्यको प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

Next Post
भारतिय सरकारले १० करोड १७ लाखमा यी तीन परियोजना बनाइदिने

भारतिय सरकारले १० करोड १७ लाखमा यी तीन परियोजना बनाइदिने

सिरहामा पंतजली आयुर्वेदद्वारा सांसदहरूलाई सम्मान

सिरहामा पंतजली आयुर्वेदद्वारा सांसदहरूलाई सम्मान

चीनले म्यानचेस्टर वाणिज्य दूतावासबाट छ जना बेलायती अधिकारीहरूलाई हटायो

चीनले म्यानचेस्टर वाणिज्य दूतावासबाट छ जना बेलायती अधिकारीहरूलाई हटायो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .