• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

साँगठनिक एकीकरणको खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी


साँगठनिक एकीकरणको खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को साँगठनिक एकताको बाँकी कामको ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णुप्रसाद पौडेललाई सचिवालय बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार दिउँसो बसेको बैठकले प्रस्ताव तयार गर्न १० दिनको समय निर्धारण गरेको हो । ठोस प्रस्ताव आएपछि त्यसबारे थप छलफल गरेर सचिवालय बैठकले अनुमोदन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी रिक्त रहेका संवैधानिक निकायमा छिटो पदपूर्ति गर्न पनि बैठकले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ । संवैधानिक परिषदको बैठक बसी संविधानको मर्म र भावना बमोजिम निर्णय लिन प्रधानमन्त्रीलाई सुझाव दिइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । सरकारले विभिन्न संवैधानिक आयोगमा अझै पदपूर्ति गर्न सकेको छैन ।
संवैधानिक निकायको पदपूर्तिका लागि सचिवालयका सदस्यहरुले आफ्ना सुझावहरु राख्नुभएको नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । दुई दिन बसेको सचिवालय बैठक सौहाद्रपूर्ण ढङ्गले चलेको उहाँले जानकारी दिनुभयो ।
यसअघि गत आइतबार सचिवालयको बैठक पेरिसडाँडामा बसेको थियो । नेकपा सचिवालयमा अध्यक्षद्वय, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव पौडेल रहनुभएको छ । gorkhapatra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

डा. केसी भन्छन्- 'शिक्षण अस्पताल नलगेसम्म परीक्षण र उपचार गर्न दिन्‍न'

सरकारले यातायात व्यवसायीलाई राहत नदिँदा गाडीभाडा घटेन

सैनिक इलाका बन्दै त्रिदेशीय सीमा क्षेत्र, भारतले गोर्खा पल्टन पनि उतार्‍यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version