• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सैनिक इलाका बन्दै त्रिदेशीय सीमा क्षेत्र, भारतले गोर्खा पल्टन पनि उतार्‍यो


सैनिक इलाका बन्दै त्रिदेशीय सीमा क्षेत्र, भारतले गोर्खा पल्टन पनि उतार्‍यो

दार्चुला : भारत-चीन र नेपाल-भारत सम्बन्ध चिसिँदै जाँदा त्रिदेशीय सीमा क्षेत्र सैनिक इलाकामा परिणत भएको छ। भारतले कब्जा गरेको नेपाली भूमिमा अहिलेसम्मकै बढी सैनिक र उपकरणहरू जम्मा गर्न थालिएको छ। चीनले पनि भारत र नेपालको सीमा क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ।  ३१ ठाउँमा क्याम्प, एक हजार गोर्खा सेना थप भारतले नेपालसँगको सीमासँग नजिक (महाकाली पारि) ३१ ठाउँमा सैनिक क्याम्प खडा गरेको छ भने पछिल्लो समय सीमावर्ती (चीन र नेपाल) क्षेत्रमा १ हजार जना गोर्खा सैनिक थप गरेको छ। भारतले सीमावर्ती क्षेत्रमा १९ ठाउँमा एसएसबी, ४ ठाउँमा आइटिबिपी र ८ स्थानमा सेनाका क्याम्प राखेर सैनिक गतिविधि बढाएको छ। यी क्याम्पहरू पुरानै भए पनि यिनमा जनशक्ति र हातहतियार थप्‍ने काम भएको नेपाली सेना स्रोतले जानकारी दिएको छ। नेपालको सीमा क्षेत्रमा सैनिक गतिविधि बढाइएको कुरा भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गर्दै आएका छन्। भारतले दार्चुला जिल्लापारि (महाकाली पारि) सुनाखोला, बगडिहाट, जौलजिबी, बालुवाकोट, छारछुम, गोठी, दोबाट, धारचुला, खोतिला, एलागाड, तावाघाट, पाङ्ला, गर्भाधार, माल्पा, लामरी, बुदी, गब्र्याङ र कब्जा गरिएको गुन्जी र कालापानीमा एसएसबीको बिओपी राखेको छ। त्यस्तै धारचुला, छियालेक तथा अतिक्रमित भूमि गुन्जी र कालापानीमा भारतले आइटिबिपी (इन्डिया टिबेट बोर्डर पुलिस) लाई चिनियाँ सीमा क्षेत्र निगरानी गर्न खटाएको छ। यी क्षेत्रमा आधुनिक हातहतियारसहित करिब ४ सय जवान तैनाथ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछिल्लो पटक भने आइटिबिपीका करिब १ हजार जवान सीमानामा थपिएका छन्। भारतले आठ ठाउँमा सेना बढायो भारतले कुमाउ स्काउट, गोर्खा सैनिक र भारतीय सैनिक गरी सीमावर्ती ८ ठाउँमा सेनाको उपस्थिति गराएको छ। धारचुलामा गोर्खा रेजिमेन्टसहित कुमाउ स्काउट र भारतीय सैनिकको लाइट ब्याट्री युनिट छ। पछिल्लो समय लाइट ब्याट्री, कुमाउ स्काउट र गोर्खा रेजिमेन्टमा पनि १/१ हजार सैनिक भारतले तैनाथ गरिसकेको छ। छियालेक र गुन्जी (अतिक्रमित भूमि)मा ३ सय भारतीय सैनिक गस्तीमा छन्। सीमावर्ती धारचुलामा इन्जिनियरिङ, सिग्नल, मेडिकल र सप्लाइका एक एक युनिट राखिएको छ। एक हजार गोर्खा सैनिक भारतले सीमावर्ती क्षेत्रमा १ हजार गोर्खा सैनिक थप परिचालन गरेको बुझिएको छ। सीमा क्षेत्रमा थप फोर्सका रूपमा परिचालन गर्न भारतले सीमावर्ती क्षेत्र फिलम र बम्पामा २५०/२५०, चीनको सीमा नजिकै पर्ने गम्सालीमा समेत हेर्ने गरी मुन्स्यारीमा ५०० जना गरी एक हजार गोर्खा सैनिकहरू खटाएको हो। महाकाली नदीपारि लमारीभन्दा करिब १०० मिटर उत्तरतिर कुमाउ स्काउटको १६ जनामो नाफ्री पनि थप खटाइएको छ।  आधा दर्जन हेलीप्याड​नेपालको दिपायलसम्म प्रभाव पार्ने गरी भारतले फिलममा सैनिक हवाई अड्डा निर्माण गरेको छ भने गुन्जीबाट उडान भर्न सक्ने गरी छ ठाउँमा हेलीप्याड निर्माण गरेको छ। पिथौरागढ र मुन्स्यारीमा पुरानो हवाई मैदानमा थप जहाज अवतरण गर्न सक्ने गरी क्षमता बिस्तार गरिएको छ भने कालापानीभन्दा ९ किलोमिटर उत्तर र लिपुलेकबाट ११ किलोमिटर तल नाभीढाङ (अतिक्रमित नेपाली भूमि) मा पनि हेलीप्याड निर्माण गरिएको छ। चीन पनि उस्तै  चीनले सीमा क्षेत्रमा के गर्दै छ? भन्‍ने विषयमा कमै जानकारी हुन्छ। त्यसमाथि जटिल भूबनोट र असहज पहुँचका कारण सीमावर्ती क्षेत्रका सबै चिनियाँ गतिविधि हेर्न सकिँदैन। भारतीय सञ्चारमाध्यमहरुले लिपुलेक क्षेत्रमा मात्रै चीनले सेना थपेको बताउँदै आएका छन्। आए पनि सीमा क्षेत्रमा अन्य तीन ठाउँमा चिनियाँ सेनाले थप उपस्थिति जनाएको छ। पहिलेदेखि नै सैनिक हेडक्वार्टरको रूपमा रहेको चीनको पुराङ काउन्टी (ताक्लाकोट क्षेत्र) को बुदगाउँमा एक बटालियन सैनिक थपेको छ। टिंकर भञ्ज्याङबाट एक किलोमिटर उत्तरमा पर्ने जिउँजिउँमा पनि सैनिक थपेको छ र सोबुमा रहेको क्याम्पसमा समेत चीनले सेनाको संख्या बढाएको छ।   सीमा क्षेत्रबाट करिब ८ किलोमिटर टाढा लिपुलेक सिमानामा १५० लाइट कम्बाइन्ड आम्र्स फोर्स (एक बटालियन) पनि चीनले थप तैनाथ गरेको दाबी भारतीय पक्षले गरिरहेको छ। यस भारतीय दाबीलाई लिएर चीनले कुनै किसिमको प्रतिक्रिया दिएको छैन। नेपाल पनि अघि बढ्दै स्रोत, साधन र जनशक्तिका हिसाबले चीन र भारतसँग नेपालको तुलना गर्न नमिले पनि कालापानी विवादपछि नेपालले पनि त्रिदेशीय सीमा क्षेत्रमा उल्लेख्य उपस्थिति गराउन थालेको छ। सशस्त्र प्रहरी बलले दार्चुला सदरमुकाममा गण स्थापना गरेको छ भने लाली, जौलजिबी, दुम्लिङ र छाङ्रुमा बिओपी स्थापना गरेको छ। पछिल्लो पटक छाङ्रुमा गुल्म स्थापना गरेर सुरक्षा फौजलाई त्यस क्षेत्रमा उपस्थिति गराइसकेको छ। बैतडीको सिमानादेखि तिंकरसम्म दुई दर्जन ठाउँमा प्रहरी पनि तैनाथ छ भने नेपाली सेनाले पनि अपिनाम्पा संरक्षण क्षेत्र (ब्याँस क्षेत्रमा पर्ने) लक्षित गर्दै संरक्षण क्षेत्रभित्र आफ्नो उपस्थिति गराउने प्रयास गरे पनि नेपाल सरकारले हाल अनुमति नदिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।  नेपाली सेनाले व्याँस गाउँपालिका वडा नम्बर-१ छाङ्रुसम्म पुग्ने घोरेटो बाटो निर्माण गरेको छ, थप ठाउँमा बाटो निर्माण गर्ने जिम्मेवारी पाएको छ भने सडकको ट्रयाक खोल्ने जिम्मेवारी पनि पाएको छ। नेपालले त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्याँस गाउँपालिका वडा नम्बर-१ व्याँसमा हेलिकोप्टरबाट खाद्यान्‍न ढुवानी गर्ने गरेको छ। त्यस क्षेत्रमा सशस्त्रको गुल्म र प्रहरी चौकी (छाङ्रु र टिंकर) का लागि भवन निर्माण गर्ने प्रक्रिया बढाएको छ। thahakhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनको लागि भारतले तैनाथ गर्‍यो ५० किमि सम्म मार गर्ने तोप
  • २०७७ आश्विन ६, मंगलवार १७:०७
  • In "अन्तराष्ट्रिय"
  • चीनसँगको सीमामा भारतले बढायो सैनिक
  • २०७७ आश्विन ६, मंगलवार १७:०७
  • In "BannerNews"
  • चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै
  • २०७७ आश्विन ६, मंगलवार १७:०७
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

पुलिसलाई किन झनक्क रिस उठ्छ?

श्रद्धालु तथा दशनार्थीका लागि जानकी मन्दिर खोलियो

प्रदेश २ लोक सेवा आयोगको एक वर्ष : कर्मचारी भर्ना प्रक्रिया अझै अन्यौलमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version