• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कांग्रेसको शीर्ष नेतृत्वलाई तीन पुरुष मिलाउन सकस


कांग्रेसको शीर्ष नेतृत्वलाई तीन पुरुष मिलाउन सकस

मंसिर काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेतृत्वलाई तीन पुरुष मिलाउन सकस परेको छ । तीन पुरुषलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र इतरसमूहका नेता डा। शेखर कोइरालाबीच यसै विषय पुनः टक्कर परेको छ । सहमतिका लागि आज कार्यसम्पादन समितिको बैठक पनि राखिएको छ ।
प्रत्यक्षमा प्रतिनिधित्व नभएको दलित र मुस्लिम कलष्टरलाई प्राथमिकता दिनुपर्ने पक्षमा कोइराला उभिएपछि सभापति देउवा थप संकटमा परेका छन् । क्लस्टर अनुसार कति महिला छनोट गर्ने भन्ने अधिकार आयोगले सम्बन्धित दललाई दिएकाले कोइरालाको दवावमा देउवाले एक सिट व्यवस्थापन गर्ने संकेत पनि दिएका छन् ।
नेताका अनुसार कांग्रेसमा प्रत्यक्ष निर्वाचित आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सीता गुरुङले गरेकाले महिला आदिवासी जनजातितर्फ एक सिट कम गर्ने तयारीमा देउवा पुगेका छन् । आदिवासी जनजाती तर्फको एक सीट कम गरी त्यसमा सहमामन्त्री जीवन परियारलाई समावेश गर्ने विकल्पमा कोइराला पनि सहमत हुने बताइएको छ । अर्को विकल्पका रूपमा श्रेष्ठलाई राष्ट्रिय सभामा लैजाने गरी परियारको नाम समावेश गर्ने सम्भावनामाथि पनि देउवा र कोइरालाबीच छलफल भइरहेको छ ।

सभापति देउवा खसआर्य, मधेशी र आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेकाहरुलाई सांसद बनाउन चाहिरहेका छन् भने कोइराला पार्टीमा शून्य रेहको दलित र मुस्लिम कोटाबाट संसदमा प्रतिनिधित्व गराउनुपर्ने पक्षमा देखिएका छन् । देउवाको पार्टी प्रवक्तासमेत रहेका डा। प्रकाशशरण महत, बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई ल्याउनुपर्ने जिकिर छ ।

यसो गर्दा दलित र मुीसलम नपर्ने भन्दै यी दुइको प्रतिनिधित्व हुनैपर्ने पक्षमा कोइराला रहेका छन् । आजको बैठकमा पनि यही विषयमा विवाद हुने देखिएको छ । देउवा दलित र मुस्लिममध्ये एक राख्नै पर्ने भए महिला कोटा घटाउने पक्षमा देखिएका छन् । पिछडिएको क्षेत्रबाहेक ६ कलष्टरबाट तीन पुरुषसहित समानुपातिकतर्फ कांग्रेसले पाएको ३२ सीट मध्ये २९ सीटमा महिला पठाउनुपर्ने बाध्यता नै छ ।

समानुपातिकतर्फका नाम निर्वाचन आयोगमा बुझाउने अन्तिम दिनसम्म पनि कांग्रेसले नाम छनोट गर्न सकेको छैन् । समानुपातिकमा पाएका ३२ मध्ये २९ सिट महिलाका लागि छुट्याउनुपर्ने भएपछि बाँकी तीन पुरुषतर्फका नाममा सहमति जुटाउन नेतृत्वलाई समस्या देखिएको छ । महिला प्रतिनिधित्वमा समानुपातिकको बन्दसूचीअनुसार नाम छनोट गर्दा खासै समस्या देखिएको छैन् ।

सांसद बनाउनुपर्ने सूचीमा रहेका अधिकांश पुरुषमध्येबाट तीनजनाको नाम छनोट गर्न भने गाह्रो भइरहेको नेताहरु बताउँछन् । समावेशी समानुपातिक ६ वटा क्लस्टरमध्ये पुरुषतर्फ खस–आर्यमा प्रकाशशरण महत, आदिवासीमा गोपालमान श्रेष्ठ, मधेसीमा विमलेन्द्र निधि, दलितमा जीवन परियार, मुस्लिममा फर्मुल्लाह मन्सुर र थारूतर्फ योगेन्द्र चौधरीको नाम एक नम्बरमा छ । उनीहरूमध्ये परियार र मन्सुर सहमहामन्त्री हुन् भने महत, निधि र श्रेष्ठ पूर्वपदाधिकारी हुन् ।

दलित र मुस्लिम क्लस्टरतर्फबाट प्रत्यक्षमा पुरुषको प्रतिनिधित्व शून्य भएकाले समानुपातिकबाट दलित र मुस्लिम पठाउन सभापति देउवालाई कोइरालाको दवाव छ । तर, सभापति देउवाको प्राथमिकतामा महत, श्रेष्ठ र निधि परेका छन् । सहमहामन्त्री मन्सुर पनि पदाधिकारी तहमा देउवाकै पक्षर हुन् । देउवा पक्षधर भएपनि कोइरालाले मुस्लिमा छुटाउन नमिल्ने बताएका छन् ।

पुरुषको प्रतिनिधित्व गराउँदा पार्टीभित्र इतरसमूहको नेतृत्व गरिरहेका कोइरालाई पनि अटाउनुपर्ने बाध्यता देउवामा छ । जसमा दलित क्लस्टरतर्फ सहमहामन्त्री परियार एक नम्बरमा छन् । प्रत्यक्षतर्फ एकजना दलितलाई पनि टिकट दिइएन् । गठबन्धनको कारण देखाउँदै कांग्रेसले संघमा ९१ सीट र प्रदेशमा एक सय ८६ सिट लिँदा पनि एक सीट नपाउँदा दलित समुदाय विच्किएको छ ।

यसले पनि सहमहामन्त्री परियारलाई समेट्नुपर्ने दवाव देउवामा छ । मुस्लिमतर्फ मोहम्मद फिरदोस आलमले रौतहट २ बाट टिकट पाएका थिए । तर, उनी पराजित हुँदा कांग्रेसले प्रत्यक्षबाट मुस्लिमतर्फको प्रतिनिधित्व शुन्य भएको छ । परियारलाई पन्छाएमा कांग्रेसमा थप असन्तुष्टि स्पष्ट छ । संविधान र निर्वाचन प्रणालीको मर्मअनुसार पनि तीनमध्ये एकजना दलित पुरुषको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य छ ।

समानुपातिकबाट दलित महिला मात्रलाई समावेश गरेर जाँदा पनि संविधानको भावनाविपरीत नै हुने नेताहरु बताउँछन् । संविधानले महिला र दलितलाई प्राथमिकता भनेको छ । २९ सिट महिलाले पाउने भएपछि तीन सिटमध्ये एकमा दलित पुरुषको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने अडान कोइरालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • व्यापारीदेखि चर्चका सञ्चालकसम्म परे , एमालेको समानुपातिकमा
  • २०७९ मंसिर २५, आईतवार १५:२२
  • In "BannerNews"
  • कांग्रेसको जाम खुलाउँदै महाधिवेशन
  • २०७९ मंसिर २५, आईतवार १५:२२
  • In "BannerNews"
  • शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित
  • २०७९ मंसिर २५, आईतवार १५:२२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती

सिराहाको लहान विद्युत प्राधिकरणको लपरवाहि विद्युत खम्बा बिच सडकमैं

जी २० : ग्लोबल साउथको आवाज बनेको भारतले युक्रेनमा युद्ध अन्त्य र ताइवान तनाव कम गर्न कुशल कूटनीति प्रयोग गर्नुपर्छ: राम माधव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version