No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लुम्बिनी प्रदेशमा बहुमत जुटाउँदै कांग्रेस, मुख्यमन्त्रीका लागि हानथाप सुरु

लुम्बिनी प्रदेशमा बहुमत जुटाउँदै कांग्रेस, मुख्यमन्त्रीका लागि हानथाप सुरु

काठमाडौं । प्रदेशसभाको दुवैतर्फको मतपरिणाम आएसँगै लुम्बिनी प्रदेशमा सरकार गठनका लागि नेपाली कांग्रेसले अन्य दलहरुसँग छलफल सुरु गरेको छ । एकल बहुमत कसैको पनि नआएपछि कसको नेतृत्वमा कस्तो सरकार बन्ने भन्न बहस चलिरहेका बेला कांग्रेसले अन्य दलहरुलाई मिलाउन सुरु गरेको हो । प्रदेश संसदमा नेकपा एमाले अगाडी रहेपनि कांग्रेसबाटै मुख्यमन्त्री बन्ने निश्चित छ ।
कांग्रेसबाट लुम्बिनीको मुख्यमन्त्रीका प्रबल दावेदार रहेका अमरसिंह पुन पराजित भएपछि अन्य आकांक्षीहरु मुख्यमन्त्री बन्न तम्सिएका छन् । लुम्बिनी कांग्रेसका सभपतिसमेत रहेका पुनलाई नेकपा माओवादीले धोका दिएपछि उनी रोल्पाबाट पराजित भएका थिए । लुम्बिनीमा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको सहयोग आवश्यक देखिएको छ । जनमतसँग कांग्रेसको सहमति भइसकेको छ भने उन्मुक्तिसँग छलफल चलिरहेको छ ।
कांग्रेसबाट लुम्बिनीमा मुख्यमन्त्रीका लागि राजु खनाल, डिल्लीबहादुर चौधरी, जन्मजय तिमिल्सिना, बीरबहादुर राना र अब्दुल रज्जाक आकांक्षी देखिएका छन् । यसअघि एमालेबाट मुख्यमन्त्रीका दाबेदार मानिएका घनश्याम पाण्डेले दाङबाट पराजय भोग्दा कांग्रेसका निर्वातमान प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडिया कपिलवस्तुबाट पराजित भएका छन् । एमालेको सरकार बनेमा लिला गिरी, भूमिश्वर ढकाल पनि दौडधूपमा लागेका छन् ।

कांग्रेसका राना संस्थापन इतरसमूहका हुन भने बाँकी संस्थापन पक्ष नजिक मानिन्छ । राजु खनाल पूर्वसांसद पनि हुन् । चौधरी कमैया मुक्ति आन्दोलनका अगुवा हुन । उनलाई उन्मुक्ति पार्टीले सहयोग गर्नसक्ने देखिएको छ । उसँग चार सांसद रहेका छन् । जन्मजय तिमिल्सिना नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्षसमेत भएका थिए उनी नेपाली कांग्रेसमा देशव्यापी नेटवर्क भएका, कुशल संगठनकर्ता र इमान्दार नेताको रुपमा चिनिन्छन् ।

तिल्सिना र खनाललाई कांग्रेस उपसभापति पूर्णबहादुर खड्को पनि साथ छ भने बीरबहादुर राना पनि पुराना कांग्रेस नेता हुन् । गठबन्धन दलहरुको नेतृत्वमा सरकार बन्ने भएकाले माओवादीबाट जोखबहादुर महराले पनि मुख्यमन्त्री बन्ने इच्छा देखाएका छन् । महरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिवसमेत रहेर काम गरिसकेका छन् । तर, गठबन्धनबाट कांग्रेसकै नेतृत्ववमा सरकार बन्ने भएकाले कांग्रेसबाट नै मुख्यमन्त्री चुनिने निश्चित छ । सरकार बनाउन छलफल चलिरहेका दलबाट भने मुख्यमन्त्रीको दावी परेको छैन् ।

८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ जना सांसदको समर्थन आवश्यक हुन्छ । लुम्बिनीमा प्रदेशसभाको प्रत्यक्षतर्फको ५२ सीटमध्ये प्रदेशसभामा एमालेले १८ स्थानमा जित्दा नेपाली कांग्रेस १७ स्थानमा जित निकालेको छ । माओवादी केन्द्रले ५ सीटमा जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीे, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समान २ सीट जितेका छन् । जनमत पार्टीले १ सीट जित्दा ३ जना स्वतन्त्र विजयी भएका छन् ।

नेपालको संंविधानको धारा १६८ को उपधारा १ मा प्रदेश मन्त्रिपरिषद्सम्बन्धि प्रावधान छ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संंसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ । उपधारा २ मा यदि उपधारा १ बमोजिम प्रदेश सभामा कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।

समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा १० राजनीतिक दलले थ्रेस होल्ड कटाएका छन् । यो सँगै अब प्रदेशसभामा १० राजनीतिक दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र रहेकोमा आठ वटा राजनीतिक दलले मात्रै प्रत्यक्षमा चुनाव जितेका थिए । तर, समानुपातिकमा थ्रेसहोल्ड पार गरेका १० राजनीतिक दलको प्रदेशसभामा प्रतिनिधित्व हुने भएको छ ।

जसमा नेकपा एमालले ११ सीटसम्म भाग पाउने देखिएको छ भने दोस्रोमा रहेको कांग्रेसले १० सीटसम्म भाग पाउने देखिएको छ । नेकपा माओवादी केन्द्रले ५ सीट पाउनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सीट, नागरिक उन्मुक्ति पार्टीले २ सीट, जनमत पार्टीले १ सीट पाउँदा जनता समाजवादी पार्टीले पनि एक सिट नै पाउने भएको छ । यसको टुंगो आइतबारसम्ममा लाग्नेछ ।

थ्रेसहोल्ड कटाएका एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सीट पाउने भएका छन् । प्रत्यक्षतर्फ एमालेले १८, कांग्रेसले १७, माओवादीले ५, राप्रपा, जसपा, नागरिक उन्मुक्ति र लोसपाले २–२ सीट जितेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर तीन जनाले जितेका छन् । यी तीन जनाले पनि गठबन्धनलाई समर्थन गर्ने बुझिएको छ ।

कांग्रेस र एमाले दुबैका लागि एक्लाएक्लै सरकार बनाउन असहज भएपछि दुई दल आवश्यक संख्या पुर्याउने कसरतमा लागेका छन् । तर, सरकार बनाउन कांग्रेसलाई जसत सहज एमालेलाई छैन् । सत्ता गठबन्धन कायम रहिरहेको अवस्थामा गठबन्धनको सहज सरकार बन्ने निश्चित छ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनको चुनावी राणनीति केही असफल भएपनि प्रदेश सरकार बनाउन भने सहज छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
जबरजस्ती धर्म परिवर्तन गराउने पाकिस्तानी धर्मगुरु माथि बेलायतमा प्रतिबन्ध

जबरजस्ती धर्म परिवर्तन गराउने पाकिस्तानी धर्मगुरु माथि बेलायतमा प्रतिबन्ध

चिनमा औषधि पसलमा मानिसको लामो लाइन

चिनमा औषधि पसलमा मानिसको लामो लाइन

घनश्याम भुसाल र प्रभु साहसहित १३ जनालाई साधरण सदस्यबाट हटायो

घनश्याम भुसाल र प्रभु साहसहित १३ जनालाई साधरण सदस्यबाट हटायो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .