एजेन्सी – जबरजस्ती धर्म परिवर्तन गराउने पाकिस्तानी धर्मगुरुलाई बेलायतले प्रतिबन्ध लगाएको छ ।
बेलायती उच्चायोगले बेलायतमा धर्म वा आस्थाको स्वतन्त्रतालाई गम्भीरताका साथ लिने र विश्वभरका अल्पसंख्यकहरूको संरक्षण गर्न प्रतिबद्ध रहेको बताएको छ। प्रतिबन्धको नयाँ प्याकेजले मौलिक स्वतन्त्रताको उल्लङ्घन गर्नेहरूलाई लक्षित गरेको छ। जसमा सिन्धको भरचुण्डी शरीफ दरगाहका मौलवी मियाँ अब्दुल हकको नाम पनि समावेश छ।
“जबरजस्ती धर्म परिवर्तन पाकिस्तानमा सामान्य अभ्यास भएको छ। तर, बेलायतको ऋषि सुनक सरकारले कडा कदम चाल्दै पाकिस्तानका मुस्लिम धर्मगुरुहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ। यस सूचीमा ३० मानवअधिकार उल्लङ्घन गर्ने, भ्रष्ट अधिकारी र संस्थाहरूलाई प्रतिबन्ध लगाइएको छ। पाकिस्तानका यी मुस्लिम धर्मगुरुको नाममा हिन्दूलगायत धार्मिक अल्पसंख्यकका केटीहरू र महिलाहरूलाई जबरजस्ती धर्म परिवर्तन गरी विवाह गरेको आरोप छ।
जानकारी अनुसार पाकिस्तानको सिन्ध प्रान्तको घोटकीस्थित भरचुण्डी शरीफ दरगाहका मौलवी अब्दुल हकको नाम प्रतिबन्धको नयाँ सूचीमा राखिएको छ । बेलायतका विदेश सचिव जेम्स क्लिभरलीले शुक्रबार अन्तर्राष्ट्रिय भ्रष्टाचार विरोधी दिवस र मानव अधिकार दिवसको अवसरमा यो सूची जारी गरेका हुन्, जसमा ३० जनालाई प्रतिबन्ध लगाइएको छ ।
बेलायती उच्चायोगले बेलायतले धर्म वा आस्थाको स्वतन्त्रतालाई गम्भीरताका साथ लिने र विश्वभरका अल्पसंख्यकहरूको संरक्षण गर्न प्रतिबद्ध रहेको बताएको छ। प्रतिबन्धको नयाँ प्याकेजले मौलिक स्वतन्त्रताको उल्लङ्घन गर्नेहरूलाई लक्षित गरेको छ। यसमा सिन्धको भारचुण्डी शरीफ दरगाहका मौलवी मियाँ अब्दुल हकको नाम समावेश छ, जो गैरमुस्लिम र नाबालिगहरूको जबरजस्ती विवाह र जबरजस्ती धर्म परिवर्तनका लागि जिम्मेवार छन्। मौलवी बाहेक, यस प्रतिबन्ध प्याकेजमा अन्य कुनै पाकिस्तानी नागरिक समावेश गरिएको छैन। ”