No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालले अर्बौं गुमाएर बल्ल चिनियाँ जहाज लिलाम गर्दै

नेपालले अर्बौं गुमाएर बल्ल चिनियाँ जहाज लिलाम गर्दै

पाँचवटा विमान २८ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’
काठमाडौँ — नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ । जहाज भाडामा सञ्चालन गर्न कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको कारण देखाउँदै निगमले प्रक्रिया थालेको हो । ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा छन् ।
विमानस्थलको पूर्वोत्तर क्षेत्रमा रहेको रिमोट पार्किङ वेमा थन्काइएका जहाज लिलामका लागि मूल्यांकन गराउन निगमले मंगलबार आशयपत्रको सूचना निकालेको छ ।

यी जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको निगमले जनाएको छ । ‘चिनियाँ जहाजलाई भाडामा लगाउन दुईपटक सूचना निकाल्यौं,’ निगम प्रवक्ता अर्चना खड्काले भनिन्, ‘अब लिलाम बिक्रीका लागि जेजस्तो अवस्थामा रहेका छन्, तिनको मूल्यांकन तय गर्न सूचना निकालिएको छ । मूल्यांकनकर्ताको पूर्ण आर्थिक मूल्यांकनका आधारमा यी लिलाम बिक्री प्रक्रिया थालिनेछ ।’

निगमको संस्थागत विभागले चिनियाँ जहाजको मूल्यांकनका लागि आह्वान गरेको १५ दिने सूचनामा इच्छुक व्यावसायिक फर्मलाई पुस ५ गतेभित्र आयशपत्र बुझाउन भनिएको छ । संस्थागत विभागको निर्देशकसमेत रहेकी खड्काले आशयपत्रमा कुनै अलमल सृजना नभए माघ अन्तिमसम्ममा जहाजको पूर्ण मूल्यांकन प्रतिवेदनका आधारमा आर्थिक दर तय भइसक्ने बताइन् । मूल्यांकनकर्ताले दिने अधिकतम र न्यूनतम मूल्यांकन दरलाई आधार मानेर निगम जहाज बिक्रीका लागि अन्तिम चरणको टेन्डर प्रक्रियामा जानेछ ।
आन्तरिक उडानमा ३ प्रतिशतभन्दा कम हिस्सामा खुम्चिँदै गइरहेको निगमलाई अब्बल र आक्रामक बनाउन २०७१ मा तत्कालीन सरकारले अनुदान र ऋण गरी ७ अर्ब ४६ करोड रुपैयाँ लागतमा ६ वटा चिनियाँ जहाज खरिद गरेको थियो । सुगम रुटको उडानका लागि ५६ सिट क्षमताका दुईटा एमए–६० र दुर्गम र हिमाली भेगको उडानका लागि १९ सिट क्षमताका चारवटा वाई १२ ई जहाज ल्याइएका थिए ।
पहिलोपटक २०६८ मा सरकारले दुर्गम र हिमाली भेगका जनतालाई सस्तो र सुलभ हवाई यातायात सुविधा दिन चिनियाँ जहाज खरिदको निर्णय गरेको थियो । त्यसैअनुसार सरकारले चीन सरकारको स्वामित्वमा रहेको एभिक कम्पनीसँग २०६९ असोजमा जहाज अनुदान र ऋणमा खरिद गर्ने निर्णय गरेको थियो ।

निगमको श्वेतपत्रअनुसार सरकारले दुइटा एमए ६० को २ अर्ब ६४ करोड रुपैयाँ र चारवटा वाई १२ ई को १ अर्ब ६८ करोड गरी ४ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको छ । यो लगानीमा चीन सरकारको ३ अर्ब २९ करोड रुपैयाँ बराबरको अनुदान सहायता रहेको छ । ऋण लगानीको रकम चीनको एक्जिम बैंकमार्फत एभिकले भुक्तानी पाउने गरेको छ । २० वर्षको भाका रहेको एक्जिम बैंकको ऋणमा वार्षिक १ दशमलव ५ प्रतिशत ब्याज तोकिएको छ ।
०७१ असारदेखि आन्तरिक उडानमा लगाइएका चिनियाँ जहाज उडाउँदा निगमले कहिल्यै नाफा आर्जन गर्न सकेन । यी जहाज एकैसाथ पनि कहिल्यै उडेनन् । ०७७ असारमा निगम सञ्चालक समितिले यी जहाज ग्राउन्डेड गर्दासम्म २ अर्ब ४८ करोड रुपैयाँ घाटा व्यहोरिसकेको थियो । यी जहाज ग्राउन्डेड गर्दा पनि अहिले निगमले दैनिक १० लाख रुपैयाँ हाराहारी खर्च व्यहोर्नुपर्छ । यसमा जहाजको बिमा, पार्किङ शुल्क, डिप्रिसिएसन रकमलगायतको व्यय रहेको छ ।

चिनियाँ जहाज उडाएको दोस्रो वर्ष २०७२ देखि निगमले तालुक मन्त्रालयलाई जहाज सञ्चालन गर्न नसकिने भन्दै आएको थियो । उसले यी जहाज सञ्चालन गर्दा स्पेयरपार्ट अन्य जहाजको तुलनामा ४ गुणासम्म महँगो, अंग्रेजी भाषा जानेको प्रशिक्षक पाइलट अभावलगायत ८ वटा समस्या रहेको जनाउँदै आएको छ । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
विश्वलाई आणविक हतियारबाट मुक्त गर्न भारतको भमिका महत्वपूर्ण

विश्वलाई आणविक हतियारबाट मुक्त गर्न भारतको भमिका महत्वपूर्ण

दलहरूलाई समानुपातिक सांसद छान्ने आज ४ बजे सम्मको समयसीमा

दलहरूलाई समानुपातिक सांसद छान्ने आज ४ बजे सम्मको समयसीमा

कृष्णनगरमा लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानको समापन

कृष्णनगरमा लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानको समापन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .