काठमाडौं । टर्कीले काठमाडौंमा राजदूतावास स्थापना गर्ने भएको छ । परराष्ट्रमन्त्री डा। नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार दिउँसो भएको टेलिफोन वार्तामा सो सहमति भएको हो ।
वार्ताका क्रममा निकट भविष्यमा काठमाडौंमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा दुई मन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ । nepalartha.com