No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कम्युनिष्टहरू वैचारिक भएनन्, स्वतन्त्र पार्टीको उदय ‘काउन्टर रेभुलेसन’ हो

कम्युनिष्टहरू वैचारिक भएनन्, स्वतन्त्र पार्टीको उदय ‘काउन्टर रेभुलेसन’ हो
कार्यक्रममा आधारित पार्टी बन्न नसकेपछि जसले बढी खर्च गर्न सक्छ, त्यसै आधारमा मत आउने भयो । अहिले भएको त्यही हो । एलिटहरूले यसपटक स्वतन्त्र र राप्रपालाई छाने । डरलाग्दो तरिकाले ‘सेन्टर टू राइट फोर्स’ उदायो । यो ‘काउन्टर रेभुलेसन’ हो ।
हरि रोका
२००७ सालको परिवर्तन क्रान्ति नभएर एउटा आन्दोलन थियो । पूर्वमा जातीय आन्दोलन, मध्यमाञ्चलमा सामाजिक आन्दोलन, सुदूरपश्चिममा किसान र मधेशमा लोकतन्त्रको आन्दोलन उठेको थियो । जातीय मुक्ति भनेर पूर्वी नेपालमा राई र लिम्बूहरूले क्षत्री–बाहुनको डोमिनेसनमा धावा बोलेका थिए ।मध्यमाञ्चलको लमजुङ, कास्की, गोरखामा सामाजिक आन्दोलन थियो । बाहुनहरूले हलो जोते । सुदूरपश्चिममा जमिनदार विरुद्ध आन्दोलन भयो, मधेशमा लोकतन्त्रको कुरा उठ्यो । यसरी विभिन्न आन्दोलनबाट कांग्रेस जन्मिएको थियो ।

कांग्रेस विस्तार भएको चाहिं बीपी कोइराला गृहमन्त्रीबाट हटेपछि हो । उनका दाजु मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए, तर बीपी देशभर हिंडे । सात वर्ष देशभर घुमेर बीपीले संगठन निर्माण गरे । त्यसैको जगमा कांग्रेस पार्टी बन्यो ।

कम्युनिष्टहरूको जनमत २०२५ सालपछि विस्तार भयो । विभाजन नै भए पनि २०२५ सालपछि कम्युनिष्टहरूले जनमत बढाए । २०४६ सालमा आइपुग्दा त कांग्रेस २० जिल्लामा र फुटेका कम्युनिष्टहरू ४६ जिल्लामा थिए ।

त्यसो हुँदा कांग्रेस नभएर कम्युनिष्ट चाहिं ‘मासवेस’ पार्टी हो । मासवेस पार्टी भएपछि मास लेभलको पोलिटिकल एजुकेसन आवश्यक हुन्छ । मास लेभलमा कसरी एजुकेसन चलिरहेको छ भन्ने विषयले उसको पक्षमा कति भोट आउँछ भन्ने निर्धारण हुन्छ ।

२०४६ सालपछि कम्युनिष्टहरू मास एजुकेशनमा गए, विभिन्न टुक्रामा विभाजित भए पनि । अर्कातिर जितिन्न भन्ने मनोविज्ञानले एकताबद्ध हुने क्रम पनि चलिरहेको थियो । माले, एमाले हुँदै एकताबद्ध हुने क्रम चल्यो । एमाले भइसक्दा कम्युनिष्टका धेरै भँगालो मिलिसकेका थिए ।

मास लेभलमा एजुकेशन लैजान आमसभा र कार्यक्रमहरू भए । आमसभा र कार्यक्रममा ठूलो मास भेला हुने गथ्र्यो । भोलिपल्ट कार्यक्रम हुँदैछ भन्ने थाहा पाएपछि अघिल्लो दिन नै घाँसपातदेखि गाईवस्तुको प्रबन्ध मिलाएर सारा परिवार विचार सुन्न आउँथे ।कांग्रेसमा त्यस्तो थिएन । २०÷३० जना राखेर कांग्रेसले कार्यक्रम गर्दा कम्युनिष्टहरूको कार्यक्रममा दुई÷तीन सय जना जम्मा हुन्थे । त्यसैले कांग्रेस नभएर कम्युनिष्ट मासवेस पार्टी हो । त्यसरी मास लेभलको एजुकेशनको प्रभावमा परेर हुर्किएका किशोर–किशोरीमा पनि कम्युनिष्ट भावको विकास भयो ।

फेरि २०४८ र २०५१ को चुनावसम्म लेफ्ट पार्टीहरूले कार्यकर्ताको चाहना अनुसार टिकट दिए । टिकट त माथिबाटै दिन्थे तर, त्यसबेला मतदाताले कसलाई रुचाउँछन्, कसलाई नेतृत्वका रूपमा देख्न चाहन्छन् भन्ने ख्याल गरिएको थियो ।

राजनीतिज्ञले पनि समाजको उत्थानका लागि काम गरिरहेका छौं भनिरहेका थिए, सोचिरहेका थिए । सामान्य मान्छेमा पनि हाम्रो शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सार्वजनिक सूचना र रोजगारीका लागि कम्युनिष्ट नेताहरूले काम गरिरहेका छन् भन्ने आत्मविश्वास थियो ।

तर, २०५१ को निर्वाचनपछि कम्युनिष्ट पार्टीहरूमा पनि परिवर्तन आयो । उनीहरूले एलिटहरूसँग सम्झौता गरे । बहुदलीय जनवाद एमालेले लियो, यो ‘वेस्टमिनिस्टर मोडल’ थियो । त्यो मोडल भनेको कांग्रेस र अरूले लिएकै नीति थियो ।

किनकि उदारवाद र समाजवाद बीचमा आकाश–जमिनको फरक छ । समाजवादी नीतिमा उत्पादनका साधनहरूमा सबै मानिसको पहुँच होस्, सबै मान्छेले न्यूनतम काम गरेर खान पाउने वातावरण बनोस्, शिक्षाको वातावरण बनोस्, स्वास्थ्यमा सरकारको सहयोग होस्, बिरामीले उपचार पाउन् भन्ने हुन्छ ।

तर राजनीतिलाई कांग्रेसले उदार अर्थतन्त्रको बजारमा लिएर गयो । त्यो बजारमा लिएर जाने एउटा फोर्स कटिबद्ध कांग्रेस भइहाल्यो । अर्को फोर्स कथित लेफ्ट भएर एमाले र जनमोर्चामा पस्यो । तिनै फोर्सहरूले पछि पार्टी कब्जा गरे । अनि समाजवाद मर्‍यो, उदारवाद हावी हुँदै गयो । त्यसैको निरन्तरतामा कांग्रेस र माओवादी, एमाले र कांग्रेसबीच कुनै फरक देखिएन ।

अहिले पार्टीहरूमा मास एजुकेशन छैन । पहिले हामीले काम गर्दा दोहोरो कुराकानी गथ्र्यौं । व्यक्तिगत र सामाजिक आधारमा पनि दोहोरो कुराकानी गथ्र्यौं । हाम्रा गाउँभित्रको समस्याबारे सामूहिक र पारिवारिक कुरा पनि गर्थ्यो ।

जस्तो– खोटाङको हलेसी क्षेत्रमा खानेपानीको अभाव थियो । त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गथ्र्यौं । अहिले पम्प गरेर लैजाने कुरा भयो । पूर्वी पहाडी राजमार्गकै कुरा गर्दा जिल्ला विकास समितिमा हुँदा हामीले हिलेदेखि जयरामघाटसम्म बाटो खोलेका थियौं । त्यो सपना अहिले राजमार्गमा परिवर्तन भयो । अवधारणागत रूपमा तल्लो तहमा रहेका साथीहरूसँग माथिल्लो तहमा रहेका साथीले पार्टीमा पुलको काम गर्थे ।

अहिले कोरा सिद्धान्तको कुरा मात्रै भइरहेको छ । एकोहोरो कुरा सुनाउने काम भइरहेको छ । एकोहोरो भाषण गरिदिने काम भइरहेको छ । जस्तो, केपी ओली गएर भाषण गरे भने उनको मात्रै कुरा गर्छन् । सर्वसाधारणको जीवन कसरी बितिरहेको छ रु समस्या कस्तो छ रु विदेशबाट कमाएकाले कति पुग्छ रु घरखेत बेचेर हिंड्नुपर्ने स्थिति कत्तिको छ रु भन्ने सुन्दैनन् । प्रचण्ड गएर पनि त्यस्तै गर्ने हो । चार घण्टा, पाँच घण्टा भाषण गर्छन्, तर एकोहोरो ।

पहिले चाहिं दिनभर भाषण भए पनि बाँकी समय खेतबारीमै पुग्थ्यौं । २०५१ पछि यो परिपाटी छुट्यो । त्यसले पार्टी बलियो भइरहेकै थियो, सँगै जनताको मायाले पार्टी खर्च न्यून थियो । इमानदार मान्छेले निर्वाचन जित्न सक्थे ।

२०४८ को चुनावमा हामीले ३३ हजार रुपैयाँ खर्च गरेर खोटाङका तीन क्षेत्र जितेका थियौं । त्यसमा ९ हजार धरौटी फिर्ता आयो । २२ हजार खर्च भयो, माइक र ब्याट्रीमा । भात त साथीभाइ र जनताले खुवाउँथे ।

२०५१ सालको चुनावमा १ लाख ५१ हजार रुपैयाँ खर्च भयो । धन्यवाद दिन कार्यकर्तासम्म पुग्दा पार्टीसँग दूरी बढेको गुनासो सुनाए । नेताहरूले कमाएकाले सित्तैंमा नखुवाउने कुरा राखे । नेताहरूले बाटो र कुलोको कुरा गर्न छाडेको कार्यकर्ताले गुनासो गरे । उनीहरूको प्रश्न थियो, तपाइँहरूलाई किन भात खुवाउनु रु किन सहयोग गर्नु रु संसदमा हाम्रो दुःखबारे बोलेको पनि सुनिंदैन ।

२०५६ सालमा म आफैं चुनावमा उठें, दश लाख रुपैयाँ खर्च भयो । सामान्य मान्छेको हातबाट राजनीति बाहिर जानेबित्तिकै व्यापारीको हातमा पुग्यो । यसरी सैद्धान्तिक रूपमै कम्युनिष्टहरू खस्किए । लामो समयदेखि राजनीति भएन, वैचारिक काम भएन ।

माओवादीहरूले चाहिं वैचारिक काम गरेको होलान् भन्ने लागेको थियो । तर, उनीहरूसँग पनि रहेनछ । मुक्तिका लागि लडाइँ मात्रै भने । केमा परिवर्तन गर्नुपर्छ भनेर भनेनन् । वास्तवमा माओवादी पार्टी बनेकै थिएन । महिला, दलित, सुदूरपश्चिम, पिछडिएकाहरूको आन्दोलन थियो, त्यसलाई पार्टीमा कन्भर्ट गर्न बाँकी नै थियो ।

यसरी कार्यक्रममा आधारित पार्टी बन्न नसकेपछि जसले बढी खर्च गर्न सक्छ, त्यसै आधारमा मत आउने भयो । अहिले भइरहेको त्यही हो । एलिटहरूले यसपटक स्वतन्त्र र राप्रपालाई छाने । डरलाग्दो तरिकाले ‘सेन्टर टू राइट फोर्स’ उदायो । यो काउन्टर रेभुलेसन हो ।अनलाइन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
लहानमा सरसफाईमा जागरुक भए युवाहरु

लहानमा सरसफाईमा जागरुक भए युवाहरु

बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब बढी रुपैयाँ ! हेर्नुहोस

बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब बढी रुपैयाँ ! हेर्नुहोस

टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...