No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जसपा विभाजन हुँदै छ ?

जसपा विभाजन हुँदै छ ?

काठमाडौं – प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आएसङै जनता समाजवादी पार्टी भित्र मतभेद सुरु भएको छ । निर्वाचनको मत परिणामलाई लिएर जसपा भित्र दुई धार देखिएको छ । आगामी दिनमा एमालेसङको गठबन्धनलाई निरन्तरता दिने वा फेरी सत्ता गठबन्धनमा सामेल हुने भन्ने विषयलाई लिएर जसपा भित्र विवाद सिर्जना भएको हो ।

निर्वाचनको मत परिणामलाई लिएर केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष अशोक राईका फरक फरक कारण सार्वजनिक भएका छन् । निर्वाचनका लागि मात्रै एमालेसंग तालमेल गरेकाले निर्वाचन सम्पन्न भएसङै एमालेसङको सहकार्यको औचित्य पनि समाप्त भएको अध्यक्ष यादवको भनाई छ ।

तर सङ्घीय परिषद् अध्यक्ष अशोक राईले भने अध्यक्ष यादवले पार्टीको भन्दा पनि आफ्नो व्यक्तिगत धारणा सार्वजनिक गरेको भन्दै एमालेसङको गठबन्धनलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । दुई अध्यक्ष विवादले कतै फेरी जसपा विभाजित हुने त होइन भन्ने विश्लेषण समेत सुरु भएको छ । यद्यपि नेताहरूले भने यत्ति कुराले जसपा विभाजित नहुने दाबी गरेका छन् ।

“अब हामी सत्ता गठबन्धनमा गयौँ भनेर, हाम्रो केन्द्रीय अध्यक्षले, त्यो कुरा त गर्नु भएको छैन । हाम्रो सङ्घीय परिषद्को अध्यक्षले पनि, हाईन अब सत्ता गठबन्धनमा नजाने, एमालेसङ मात्रै सहकार्य गर्ने पनि भन्नु त भएको छैन । कुरा के हो भने, सहकार्य गर्दै जाँदा, त्यसमा दुवै जना स्पष्ट हुनुहुन्छ । त्यसो हुँदा खेरी भोलि हाम्रो माग मुद्दासङ कसरी सहमति बन्दै जान्छ त्यसै गरी हाम्रो पार्टीले निर्णय लिन्छ । तर यत्ति कुराले पार्टी नै विभाजन हुन्छ भन्ने चाहिँ होइन ।” – प्रकाश अधिकारी, नेता, जनता समाजवादी पार्टी

अध्यक्ष उपेन्द्र यादवले विराटनगरमा दिएको अभिव्यक्ति पछि जसपा सरकार गठनका लागि सत्ता गठबन्धनसङ नजिकिएको कतिपयको बुझाई छ । मधेस प्रदेशमा मुख्यमन्त्री लिएर केन्द्रमा सत्ता गठबन्धनलाई समर्थन गर्ने सर्तमा जसपा बालुवाटार जान सक्ने धेरैको बुझाई छ । अध्यक्ष यादवले सत्ता बार्गेनिङका लागि समेत आफ्ना विश्वास पात्रलाई बालुवाटार पठाएको काँग्रेस नेताहरूको दाबी छ ।

नेपाली काँग्रेसका एक कार्यसम्पादन सदस्यले भने, “हाम्रो नेतृत्वमा सरकार बन्ने कुरामा कुनै शङ्का छैन । तर हाम्रो मात्रै बहुमत पुग्दैन । सत्ता गठबन्धनको मात्रै सरकार बन्ने अवस्था पनि छैन । त्यसैले हामीले साना पार्टी र स्वतन्त्रहरुसंग छलफल सुरु गरेका छौँ ।  त्यसमा उपेन्द्रजीको पार्टीका साथीहरू पनि सम्पर्कमा आउनु भएको छ । कुरा मिलेको अवस्थामा हामीलाई केन्द्र देखि सातै प्रदेश सरकार गठन गर्न पनि सहज हुन्छ । उहाँको स्वागतका लागि हामी तयार छौँ ।”

निर्वाचनमा आफूहरूले सबै मत एमालेलाई दिए पनि एमालेले भने आफ्नो मत अरू नै उम्मेदवारलाई दिएको जसपाका अध्यक्ष यादव पक्षधरको आरोप छ । जसपाकै कारण मधेस प्रदेशमा एमाले पाँचौँ बाट पहिलो दल बनेको उनीहरूको ठम्याई छ । दुई अध्यक्षका फरक फरक धारणा सार्वजनिक भए पनि विपक्षीहरूले भने पार्टीलाई कमजोर पार्न अनावश्यक हल्ला फैलाएको जसपाका नेताहरूको दाबी छ ।

“ उपेन्द्र ज्यूले चाहिँ के भन्नु भएको हो भने, अब निर्वाचनको लागि जुन तालमेल बनेको हो त्यो तालमेल चाहिँ सकियो भन्नु भएको हो । सहकार्य त भोलि पनि हुन सक्छ नि । र अशोकजीले पनि अहिलेको निर्वाचनमा जुन तालमेल भएको थियो त्यसलाई पनि हामीले निरन्तरता दिन्छौँ भन्नु भएको हो । तर के भई दियो भने, यहाँ मिडियाहरूले अनेक तरिकाले त्यसलाई व्याख्या गरे । यो मिडियाहरूको व्याख्या हो । र विपक्षीको व्याख्या हो । खासमा पार्टीमा कुनै विभाजन हुने अवस्थै आएको छैन । ” — रेखा यादव, नेतृ, जनता समाजवादी पार्टी।

सप्तरी क्षेत्र नं २ मा  जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै उदाएका सिके राउतलाई सरकारमा सामेल हुन रोक्नका लागि समेत उपेन्द्र यादवले एमालेसङको सहकार्य सकिएको अभिव्यक्ति दिएको कतिपयको बुझाइ छ । मधेस प्रदेश देखि केन्द्र सरकार गठनका लागि निर्णायक शक्ति मानिएका जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारमा सामेल हुन सबै दलसङको भेटघाटलाई बाक्लो बनाएका छन् ।

तर जसपा सत्ता गठबन्धनमा सामेल भएको अवस्थामा भने केन्द्र देखि सातै प्रदेशमा सरकार निमार्णका लागि सत्ता गठबन्धनको बहुमत पुग्ने छ । कारण जे भए पनि जसपाले एमालेको साथ छोड्दा एमाले केन्द्र देखि सातै प्रदेशको नेतृत्व गर्नबाट वञ्चित हुने छ ।

२०७२ साल जेठ २ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी पार्टीबिच एकीकरण भएको थियो ।  मधेस केन्द्रित दलहरूको मुद्दा बोकेको मधेसी जनअधिकार फोरम र जनजाति केन्द्रित दलहरूको मुद्दा बोकेको सङ्घीय समाजवादीबिच एकीकरणपछि पार्टीको नाम ‘सङ्घीय समाजवादी फोरम’ राखिएको थियो ।

समयसङै उपेन्द्र यादव र अशोक राईले नेतृत्व गरेको
सङ्घीय समाजवादी फोरम र डा.बाबुराम भट्टराईबिच २०७६ साल वैशाख २३ गते एकीकरण भएको थियो । फेरी  २०७७ साल वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र बिच पार्टी एकीकरण हुँदै जनता समाजवादी पार्टी बनेको थियो ।

तर नेताहरूको दम्भ र सत्ता स्वार्थका कारण महन्थ ठाकुरले पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् । यस्तै डा.बाबुराम भट्टराईले पनि जसपा छोडेर नेपाल समाजवादी दल गठन गरेका छन् । फेरी अहिले जसपा भित्र देखिएको खटपटले कतै जसपा विभाजन हुने त होइन भन्ने आशङ्का उब्जिएको हो । क्यानाडानेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
जम्मु काश्मीरको कुपवाडा जिल्लाका ९० प्रतिशत जनता आयुष्मान भारत कार्यक्रमबाट लाभान्वित

जम्मु काश्मीरको कुपवाडा जिल्लाका ९० प्रतिशत जनता आयुष्मान भारत कार्यक्रमबाट लाभान्वित

व्यापारीदेखि चर्चका सञ्चालकसम्म परे , एमालेको समानुपातिकमा

व्यापारीदेखि चर्चका सञ्चालकसम्म परे , एमालेको समानुपातिकमा

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .