एजेन्सी – अफगानिस्तानको बाल्ख प्रान्तमा मंगलबार ठूलो विस्फोट भएको छ । आक्रमणकारीहरूले मजार-ए-शरीफमा यात्रु बसलाई निशाना बनाएका थिए। आक्रमणबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यस घटनामा २० जनाको मृत्यु भएको समाचार छ । ठूलो संख्यामा मानिसहरु घाइते समेत भएको बताइएको छ । मृत्यु हुने सबै उत्तरी अफगानिस्तानमा रहेको तेल कम्पनीका कर्मचारी हुन् ।
उत्तरी बल्ख प्रान्तका प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले मंगलबार बिहान ७ बजेतिर बसलाई निशाना बनाइएको जानकारी दिएका छन् । उक्त बसमा तेल कम्पनीका कर्मचारी सवार थिए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनामा ४ जना घाइते भएको पाइएको छ । यद्यपी अहिलेसम्म यस विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
हालै पाकिस्तानी दूतावासमा आक्रमण भएको थियो ।
अफगानिस्तानमा यसअघि पनि आतंकवादी हमलाहरू देखिएका छन्। हालै काबुलस्थित पाकिस्तानी दूतावासमा आतंकवादी हमला भएको थियो । यसै क्रममा पाकिस्तानी राजदूतको हत्या गर्ने प्रयास भएको थियो । आक्रमणबाट उनी थोरै बाँचे । जसमा एक सुरक्षाकर्मी घाइते भएका छन् । उक्त आक्रमणको पाकिस्तान सरकारले निन्दा गरेको छ । पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ ।