No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता

काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता

काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत ९सिके० यतिबेला राजनीतिक भेटघाटमा व्यस्त छन् । ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत राउतले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।
निर्वाचित भएसँगै अध्यक्ष राउतको राजनीतिक व्यस्तता ह्वात्तै बढेको छ । उनलाई प्रधानमन्त्रीदेखि स्वतन्त्र रूपमा निर्वाचन जितेका उम्मेदवारलाई भेट्न भ्याइ नभ्याई देखिन्छ । कुनै बेला मधेशलाई छुट्टै देशको रूपमा स्थापित गर्नुपर्ने पक्षमा रहेका डा। राउत यतिबेला विखण्डनकारी मुद्दा छाडेर शान्तिपूर्ण राजनीतिमा सक्रिय छन् ।

सप्तरी २ बाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरसहित पराजित गरेसँगै राउतको राष्ट्रिय मिडियादेखि र राजनीतिक दलसम्म माग बढेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जिते पनि मधेशमा राउतको उदयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मधेशको नाममा लामो समयदेखि सत्ता राजनीतिका खेलाडी मानिएका जसपा अध्यक्ष यादवलाई पछि पार्दै उदाएका राउत राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित हुन खोज्दैछन् । उनले राजधानी काठमाडौं आएलगत्तै राजनीतिक भेटघाट बाक्लो बनाएका छन् ।

राउतले सबैभन्दा पहिलो भेट कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधिसँग गरे । गत बुधबार ९१४ मंसिर० दिउँसो भएको करिब एक घण्टा लामो भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ ।

निधि निवास नयाँबानेश्वरमा भएको भेटघाटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठनलगायतका विषयमा कुराकानी भएको उल्लेख छ । उनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई समेत भेटेका छन् ।

त्यसपछि राउतले कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । गत बिहीबार ९१५ मंसिर० प्रधानमन्त्री देउवा र राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो । प्रधानमन्त्रीसँग भएको भेटमा राउत सत्तारुढ गठबन्धनमा सामेल हुनेप्रति सकारात्मक थिए । नयाँ सरकार गठनमा सिके राउतको अपरिहार्यता महसुस गरेर प्रधानमन्त्री देउवाले उनलाई भेटेको देखिन्छ ।

बिहीबार साँझ नै गृहमन्त्री बालकृष्ण खाणको सरकारी निवास पुल्चोकमा राउत र खाणबीच भेटवार्ता भएको थियो । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको बताइएको छ ।

यस्तै, बिहीबारै ९१५ मंसिर० माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा। राउतबीच भेटवार्ता भएको थियो । प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तातमा भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान तथा आगामी दिनमा सहकार्यबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र अध्यक्ष राउतबीच आइतबार भेटवार्ता भएको छ । बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनीहरूबीच छलफल भएको समेत जनाइएको छ ।

आइतबार ९१८ मंसिर० कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र अध्यक्ष राउतबीच खड्काको निजी निवास गल्फुटारमा भेटवार्ता भएको थियो । खड्काले राउतलाई उनको पार्टीको विजयका लागि बधाई तथा शुभकामना दिएको बताइएको छ। यस्तै, भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।

अध्यक्ष राउतले सांसद प्रभु साहसँग पनि भेटघाट गरेका छन् । अध्यक्ष सिके राउत र नेता साहबीच आइतबार भेटवार्ता भएको हो । साहले आफूहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । साह एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।

यसैबीच, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि अध्यक्ष राउतले भेटेका छन् । नेपाल निवास कोटेश्वरमा सोमबार ९१९ मंसिर० उनीहरूबीच भेटवार्ता भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष नेपाल र जनमत पार्टीका अध्यक्ष डा। राउतबीच भेटवार्ता भएको हो । कोटेश्वरमा प्रचण्ड र नेपालको भेटवार्ता भइरहेको क्रममा जनमत पार्टीका अध्यक्ष राउत पनि पुगेका थिए । उक्त वार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बुझिएको छ ।

अध्यक्ष राउत र लोसपा वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटघाट भएको छ । उनीहरुबीच सोमबार ९१९ मंसिर० भेटवार्ता भएको हो । अध्यक्ष राउत र वरिष्ठ नेता महतोबीचको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे खुलाइएको छैन ।

सोमबार नै नेपाल समाजवादी पार्टी ९नेसपा० का अध्यक्ष डा। बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा। राउत ९सिके०बीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको डा। भट्टराईले जानकारी दिए ।

राउत अहिले गठबन्धन दलका निम्ति दरिलो साथी हुन खोज्दै छन् । कुनै पनि दलको बहुमत पुग्ने स्थिति नभएकाले सरकारको धार्नी पुर्‍याउन थ्रेस होल्ड पार गरेका दलहरूलाई सरकारमा अटाउन खोजिँदै छ । जसको पहिलो विकल्प अध्यक्ष राउत नै रहेकोमा सत्ता गठबन्धनको पछिल्लो दौडधुपले पनि पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्क्रिय भएको पत्र

निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्क्रिय भएको पत्र

सीमा सुरक्षा बैठक समपन्न, महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

सीमा सुरक्षा बैठक समपन्न, महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ?

एमालेसँग तालमेल गरेकाे जसपा फुट्दै, एक्लिए उपेन्द्र यादव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .