एजेन्सी – इरानमा कडा हिजाब कानूनको विरोधमा लामो समयदेखि विरोध भइरहेको थियो तर २२ वर्षीया महशा अमिनीको मृत्युपछि आन्दोलनले हिंसात्मक रुप लिएको थियोे । यो प्रदर्शनमा अहिलेसम्म कैयौंले ज्यान गुमाएका छन् । हिजाबको विरोधमा भइरहेको यो विरोधको आगोले अहिले अन्य देशबाट पनि प्रदर्शनमा महिलाहरु निस्किरहेको देखिन्छ । यसैबीच, इरान सरकारले वर्षौं पुरानो हिजाब कानूनलाई पुन: पुनरावलोकन गर्न सक्ने ठूलो खबर आएको छ। यो कानून अन्तर्गत इरानमा महिलाहरुका लागि कडा ड्रेस कोडको व्यवस्था गरिएको छ । इरानका महान्यायाधिवक्ता मोहम्मद जफर मोताजेरीले भनेका छन् कि संसद र न्यायपालिकाले यी कानूनहरूको समीक्षा गर्न विचार गरिरहेको छ। मिडिया रिपोर्टका अनुसार गर्ने हो भने अहिले यो कडा कानुनमा कस्तो किसिमको परिवर्तन हुन्छ भन्ने स्पष्ट जानकारी छैन ।
बिश्वमा अन्य मुस्लिम देशमा पनि विरोध भइरहेको छ
इरानबाट निस्केको यो बिरोधको आगो धुवा अब बिस्तारै अन्य देशबाट पनि निस्किरहेको देखिन्छ । धेरै देशहरूमा, हिजाबको आवश्यकता समाप्त गर्न आवाज उठाइएको छ। इरानको हिजाब कानून अन्तर्गत महिलाहरूले कुनै पनि सार्वजनिक स्थानमा कपाल छोप्न आवश्यक छ। धेरै ठाउँमा हिजाब नलगाई महिलाको प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गत वर्ष राईसी सत्तामा आएपछि यी नियम थप कडा बनाइएको थियो । यस अवधिमा गलत हिजाब लगाउने महिलालाई कुनै पनि सरकारी कार्यालय, बैंक वा सार्वजनिक यातायातमा प्रवेश नदिईने कडा कदम चालेको हो ।