No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जिरो–कोभिडविरुद्ध चिनियाँ प्रदर्शन र अर्थतन्त्र

जिरो–कोभिडविरुद्ध चिनियाँ प्रदर्शन र अर्थतन्त्र

कोभिड प्रतिबन्ध खुकुलो होस् वा नहोस्, चिनियाँ अर्थतन्त्र निरन्तर ओरालो लाग्नेछ

चीनको जिरो–कोभिड नीतिविरुद्ध हालै भएको विरोध प्रदर्शन संख्या, तीव्रता र फैलावटका हिसाबले अभूतपूर्व छ । यो प्रदर्शन सन् १९८९ को तियानमेन स्क्वायर प्रदर्शनपछिकै सबैभन्दा ठूलो नागरिक अवज्ञा हो ।उसो त विरोध प्रदर्शनले चिनियाँ कम्युनिस्ट पार्टीको सत्ता ढल्ने सम्भावना देखिँदैन, तथापि यसले पार्टीका महासचिव र चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि ठूलो चुनौती उत्पन्न गरेको छ । यो प्रदर्शनले चीनको स्थानीय अर्थतन्त्र र समाजका साथै विदेशी व्यापार र विश्व अर्थतन्त्रमा पनि महत्वपूर्ण प्रभाव पार्नेछ ।

विरोध प्रदर्शनलाई लिएर अन्तर्राष्ट्रिय जगत्को आश्चर्य र डरमिश्रित प्रतिक्रिया आएका छन् । यद्यपि, कोभिड प्रतिबन्ध थप खुकुलो बन्ने, चीन विश्व जगत्का लागि पुनः पहुँचयोग्य हुने र विद्यमान आपूर्ति शृंखलाका अवरोध हट्ने भनेर आशा गर्ने ठाउँ थियो ।

२६ र २७ नोभेम्बरमा भएको प्रदर्शनपछिको सोमबारका दिन विश्व सेयर बजारमा भारी गिरावट आयो । तर, मंगलबारकै दिन जब प्रदर्शनकारीमाथि तीव्र प्रहरी दमन र गिरफ्तारी भयो, विदेशी लगानीकर्ताले चीनमा पुनः लगानी खन्याएपछि सेयर बजार उकालो लाग्यो ।

लगानीकर्ताले विरोध प्रदर्शनलाई कम आँक्न थालेका छन् र बेइजिङले नीतिमा परिवर्तन गर्ने र पुनः अर्थव्यवस्था खोल्न बाध्य हुनेमा आशावादी छन् । उपप्रधानमन्त्री सन चुनलानले हालको भाइरस संक्रमण कम विषाक्त भएको भन्दै कोभिड प्रतिबन्धलाई खुकुलो बनाउने संकेत दिएका छन् । यद्यपि, उत्साही लगानीकर्ताले चीनको विद्यमान राजनीतिक वातावरण, घरेलु अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारका सम्भावनाबाट उत्पन्न दीर्घकालीन अप्ठ्यारालाई बेवास्ता गरेर जोखिम मोलिरहेका छन् ।

चिनियाँ नीतिमा बदलाव  : सत्ताको अस्तित्व आजको चिनियाँ राजनीतिक संस्कृतिको केन्द्रमा छ । सीले चीनलाई धनी र शक्तिशाली बनाउन चाहेको भए पनि घरेलु राजनीतिको व्यवस्थापन र भूराजनीतिक द्वन्द्व समाधान गर्नु बढी महत्वपूर्ण ठान्छन् । अक्टोबरको पार्टी कंग्रेसमा सीले अर्थतन्त्रभन्दा रक्षा महत्वपूर्ण हो भन्ने धारणा दोहोर्‍याएका थिए । यसले विश्व बजारका साथै चीनको घरेलु अर्थतन्त्र र राजनीतिमा प्रभाव पारेको अन्तर्राष्ट्रिय लगानीकर्ताले बुझ्नु जरुरी छ । तसर्थ, लगानीकर्ता र व्यवसायले चीन कोभिड संक्रमण वृद्धिका लागि तयार नभएको देखिन्छ ।

सरकारले संख्या बढाउने लक्ष्य राखे पनि ६० वर्षभन्दा माथिका दुईतिहाइले मात्र तेस्रो बुस्टर खोप लगाएका छन् । यद्यपि, चीनको कमजोर स्वास्थ्य सेवा प्रणाली, आइसियू बेडको अभाव र प्राकृतिक प्रतिरक्षाको न्यूनस्तरलाई ध्यानमा राख्दै, अर्थव्यवस्था पुनः सुचारु गर्दा मृत्युदरमा उल्लेखनीय वृद्धि हुन सक्छ ।

कोभिड नियन्त्रण हटाएर हुने कुनै पनि किसिमको आर्थिक वृद्धि चीनका लागि दिगो नहुने सम्भावना छ । घरेलु अर्थतन्त्र धराशायी छ । सुरुवातमा केही खुकुलोपन हुँदा प्रारम्भिक लाभ थिए, तर त्यसबाहेकको अवस्था हेर्ने हो भने सन् २०२० पछि आर्थिक वृद्धि कमजोर भएको छ । सन् २०२२ को पहिलो तीन त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन केवल तीन प्रतिशतले बढ्दा सरकारको ५.५ प्रतिशत वृद्धिको लक्ष्य पूरा हुनेछैन ।

आवास मूल्य र लगानीमा पनि तीव्र गिरावट देख्न सकिन्छ । सन् २०२० देखि, चीनका ७० ठूला सहरमध्ये अधिकांशमा नयाँ निर्माण र पुनर्बिक्रीका लागि तोकिएको अपार्टमेन्टको मूल्य स्थिर वा घट्दै गएको छ । अक्टोबरलाई वर्षको समाप्ति मान्दा आवासीय क्षेत्रमा ३८.५ प्रतिशत लगानी घटेको छ । घरजग्गा उद्योगमा भएको समस्याले स्थानीय सरकारको राजस्व घटाएको छ । स्मरण रहोस्, यसले कोभिड महामारी रोक्ने बेइजिङ नीतिलाई कार्यान्वयन गर्न सहयोग गर्छ ।

सन् २०२२ को पहिलो १० महिनामा उपभोक्ता खुद्रा बिक्री ०.५ प्रतिशतमात्र भयो, त्यसैगरी खाद्य सेवा बिक्री ८.१ प्रतिशतले कम भयो । जेहोस्, यी गिरावट सन् २०२० को वसन्तमा सांघाई, सिचुआन र गुआङ्डोङमा भएको लकडाउनमा अनुभव गरेको २३ प्रतिशतभन्दा निकै कम हो । खरिद प्रबन्ध सूचकांक अक्टोबरमा ४९ दशमलव दुईमा झरेको छ र यो वर्षको पहिलो १० महिनामध्ये ६ महिनामा ५० भन्दा मुनि रहेको छ । यसले अर्थतन्त्र खुम्चिँदै गएको संकेत गर्छ ।

चीनको वैश्विक भूमिका :  चीनले अन्तर्राष्ट्रिय जगत्मा विश्व अर्थतन्त्रको इन्जिनका रूपमा आफ्नो केही प्रभाव गुमाउन सक्छ । कोभिड प्रतिबन्ध खुकुलो होस् वा नहोस्, चिनियाँ अर्थतन्त्र निरन्तर ओरालो लाग्नेछ र अर्थतन्त्रमाथि रक्षालाई प्राथमिकतामा राख्ने बेइजिङको निर्णयले विदेशी व्यवसायलाई केही कदम चाल्न बाध्य पार्नेछ । धेरै व्यवसायले पहिले नै चीन छोडिसकेका छन् । अहिले केही मात्रै बाँकी छन्, जस्तो एप्पल । एप्पलको सेयर मूल्य अत्यधिक बढेको थियो, किनभने कार उत्पादकझैँ एप्पल चिनियाँ बजार र त्यहाँको उत्पादन प्रणालीमा निर्भर छ ।

केही पश्चिमा नेताले चीनलाई अलग्याउनु नै समाधान हो भन्ने तर्क गर्छन् । सुरक्षा चासोका कोणबाट अलगाव जायज देखिए पनि सम्भव छैन । सेमिकन्डक्टरमा बिक्री प्रतिबन्ध लगाउने अमेरिकाको हालैको कदम सन् २००० को दशकदेखि चीनले आक्रामक रूपमा प्रविधि हासिल गरिरहेको छ भन्ने विषयको ढिला बुझाइको परिणाम हो । थुप्रै पश्चिमाले सन् २०१० को प्रारम्भमा सीको टिप्पणीलाई बेवास्ता गरेका थिए र जब बेइजिङको मेड इन चाइना २०२५ योजना सन् २०१६ मा स्पष्ट भयो, तब मात्रै कान ठाडा पारेका थिए ।

चीनको ठूला घरेलु बजारमा नाफाको खोजीका कारण अन्तर्राष्ट्रिय कम्पनीले चिनियाँ बजारको राजनीतिलाई बेवास्ता गरेको छ । चीनमा सरकारको व्यवसाय अन्ततः व्यापारले पार्टी–राज्यको हित र लक्ष्य पूरा गर्न सुनिश्चित गर्नमा निर्भर छ भने बुझ्न आवश्यक छ ।
(मोर्गन नटिङ्घम विश्वविद्यालयका आर्थिक इतिहासका सेवानिवृत्त प्राध्यापक हुन्) द कन्भर्सेसनबाट = नयाँपत्रीका 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
लहानमा चाइना कम्पनीको अबैध क्रसर संचालन कार्बाही गर्ने निकाय बेखबर

लहानमा चाइना कम्पनीको अबैध क्रसर संचालन कार्बाही गर्ने निकाय बेखबर

पत्रकार सिंह माथि भएको घटना मिलाउन गापा अध्यक्ष यादव नेता र प्रहरी गुहार्दै

पत्रकार सिंह माथि भएको घटना मिलाउन गापा अध्यक्ष यादव नेता र प्रहरी गुहार्दै

जसपा नेतृ ललिता दास समानुपातिबाट प्रदेश सभा सदस्य बन्न सफल

जसपा नेतृ ललिता दास समानुपातिबाट प्रदेश सभा सदस्य बन्न सफल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .