- महेश सिंह सिरहा लहान १९ मंसिर – चाईना कम्पनीले सम्झौता गरेको भन्दा करिब ७ फिट गिट्टी बालुवा निकासी गरेको अवस्था रहेको अनुगमनबाट खुलेका छन्।
अनुगमनमा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो उप प्रमुख दिलिप कुमार लामा लहान नगरपालिकाको उप प्रमुख राम चरितर महतो ईलाका प्रशासन कार्यालय लहानका प्रमुख रेबती रमन शर्मा ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएपी कुमार मैनाली,गोर्खा टेलिभिजनका सिरहा सम्बादाता तथा नेपाल बिबिसीका महेश सिंह,लहान नगरपालिकाका प्राबिधिक र प्रमुख प्रसासकिय अधिकृत शत्रुधन चौधरी लगायतका अनुगमन टोलिमा सहभागी रहेका थिए।
मापदण्ड बिपरित काम गरेको र गिट्टी,बालुवा,उत्खनन र निकासी गरेको चाईना कम्पनीको क्रसर पुर्ण रूपमा अबैधानिक रहेको अनुगमन टोलिले खुलासा गरेका छन्।
सझौता बिपरित गरेको गिट्टी बालुवा निकासी र दोहनले गर्दा जिजिर खोलाको डिलमा रहेको करिब ३ सय घर धुरी बिस्थापितको उच्च जोखिममा रहेका छन्।चुरे दोहनले गर्दा दलित बस्ती नै बिस्थापित हुने अवस्थामा रहेका छन्।
चाइना कम्पनीको गैर जिम्मेवारीका कारण दलित गरिब बिस्थापित हुने अबस्थामा रहेका छन्।