No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आर्थिक कठिनाईको मारमा चीनको अर्थतन्त्र


आर्थिक कठिनाईको मारमा चीनको अर्थतन्त्र

देशभरी भएको विरोध प्रदर्शन तथा थेग्नै कठिन हुने आर्थिक समस्याका कारण यो साता कोभिड प्रोटोकलको सवालमा चिनियाँ नीति खुकुलो भएको छ। राष्ट्रपति सी चिन फिङले अबको वर्ष अर्थतन्त्र सुधार हुने दाबी गरे पनि उनले दाबी गरे जस्तो सुधार चीनमा हुने अपेक्षा कमैले गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को अधिवेशन सीका लागि कठिन हुने त्यहाँको अर्थतन्त्रको बारे आवाज उठ्ने अपेक्षा पनि धेरैको थियो। त्यो महाधिवेशन अगाडि नै सीले सन् २०२३ मा चीन सुधारको बाटोमा जाने दाबी गरे। उनका दाबीका बाबजुद सुधार सहज भने पक्कै छैन। त्यसो त पछिल्लो समय ऊर्जा सङ्कटका कारण संसारका अन्य देशमा झैँ चीनमा पनि आर्थिक समस्या अझ थपिन सक्नेछ।

राष्ट्रपति सी चिन फिङले अबको वर्ष अर्थतन्त्र सुधार हुने दाबी गरे पनि उनले दाबी गरे जस्तो सुधार चीनमा हुने अपेक्षा कमैले गरेका छन्।

पश्चिमा बजारमा चिनियाँ सामग्रीको माग घट्दो छ। चीनले रिजर्भ बैङ्कलाई आर्थिक निक्षेप बढाउनका लागि नयाँ योजना बनाउन निर्देशन दिइसकेको छ। अहिले चीनमा तरलताको अभाव देखिन सुरु भएको छ।

चीनको आर्थिक वृद्धि दर सन् २०१९ सम्म औसतमा ८.६ प्रतिशत थियो। त्यसपछिको कोरोना महामारीको समयमा त्यहाँको आर्थिक वृद्धि दर घटेको थियो। पछिल्लो समय चीनको आर्थिक वृद्धि दर ४ प्रतिशतको सेरोफेरोमा घुमेको छ। यो दर भनेको कोरोना महामारी कालको भन्दा पनि कम हो।

एस एन्ड पी ग्लोबल रेटिङका लागि एसिया प्यासिफिकका प्रमुख अर्थशास्त्री लुइस कुइएजले अहिले र सन् २०३० को बीचमा यो भूगोलको आर्थिक वृद्धि दर ४.४ प्रतिशत हुने बताएका थिए। यो वृद्धि दर यस अगाडि ३.३ प्रतिशतमा पनि झरेको थियो। यसरी एसियाकै आर्थिक वृद्धि दर झर्नुमा चीनको अर्थतन्त्र ओरालो लाग्नु मुख्य कारण हो।

पार्टीको महाधिवेशनमा नै सीले चीनले अहिलेको अर्थतन्त्र एकदमै खराब अवस्थामा पुगेको स्वीकार गरेका थिए। पार्टीको महाधिवेशनमा उनले केही कार्यक्रम अगाडि नसारेका होइनन्। खाद्यान्नमा आत्मनिर्भरता सीको प्रमुख मुद्दा बनेको थियो। उनले गुणस्तरीय उत्पादनको कुरा पनि उठाइरहेका छन्।

यस गम्भीर आर्थिक सङ्कटका कारण चीनमा अन्य क्षेत्रमा पनि प्रभाव घट्दो छ। कोरोना महामारीपछि संसारमा भ्याक्सिन प्रतिस्पर्धा पनि चलेको थियो। छोटो समयमा धेरै वटा कोरोना भ्याक्सिनको निर्माण गर्ने चीन ती भ्याक्सिनप्रति आफैमा पनि पूर्ण रूपमा विश्वस्त हुने सकेन। यसरी विश्वस्त हुन नसकेका कारण नै चीनले कोरोनालाई गम्भीरतापूर्वक लिएर नियममा कडाइ गरेको थियो।

पार्टीको महाधिवेशनमा नै सीले चीनले अहिलेको अर्थतन्त्र एकदमै खराब अवस्थामा पुगेको स्वीकार गरेका थिए।  खाद्यान्नमा आत्मनिर्भरता सीको प्रमुख मुद्दा बनेको थियो। उनले गुणस्तरीय उत्पादनको कुरा पनि उठाइरहेका छन्।

प्राविधिक क्षेत्रमा चीनको प्रभाव खस्कँदो छ। अलिबाबा लगायत चिनियाँ एपहरू संसारका विवादित भएका छन्। ती एपका सुरक्षा संयन्त्रका बारे धेरै प्रश्न उठेको छ। अर्थशास्त्रीले सीको नयाँ नीति अनुसार चलेमा पनि निजी लगानीकर्तालाई हतोत्साहित बनाउने तथा उत्पादनमा गिरावट आउने व्यापक सम्भावना भएको बताउँछन्।

यस वर्ष धेरै इन्टरनेटसँग सरोकार राख्ने कम्पनीले कामदार निकालेका छन्। यो समस्या अन्य क्षेत्रमा नभएको होइन। तर, सबै भन्दा बढी समस्या इन्टरनेट क्षेत्रमा देखिएको छ।

चीनको सबै भन्दा ठूलो इन्टरनेट कम्पनी जीडीडटकमले त अर्को वर्ष दुई हजार जना मेनेजर तहका कर्मचारीको तलब १० देखि २० प्रतिशतका दरले घटाउने निर्णय गरिसकेको छ। यसले त्यहाँको बिग्रँदो आर्थिक अवस्थालाई छर्लङ्ग पारेको छ।

चीनको आर्थिक वृद्धि दर सन् २०१२ यता ६.७ प्रतिशत पुगेको थियो। विश्व बैंकको तथ्यांक अनुसार नै सन् २०१८ मा त्यहाँको कुल गार्हस्थ्य उत्पादन १८.४ प्रतिशत थियो। यसले विश्व अर्थतन्त्रको १८.४ प्रतिशत हिस्सा ओगटेको थियो।

त्यहाँको जी फाइभ प्रविधिले पनि धेरैलाई आश्चर्यमा पारेको थियो। कतिपयले सन् २०३० सम्म चीनले सबैलाई ओगटी सक्ने त होइन भन्ने आशङ्का सुरु भएको थियो। त्योक्रम लामो समय रहेन। पछिल्लो समय चीनको ओरालो यात्रा सुरु भइसकेको छ। चीनमा मध्यम वर्गमा असन्तुष्टि बढ्दो छ। त्यसै वर्गको असन्तुष्टिको कारण मध्यम वर्गीय परिवार खुसी हुन छाडेका छन्।

केही वर्ष अगाडिसम्म सीको नेतृत्वको प्रशंसक अन्यत्र पनि बढ्दो थिए। केही समयको अन्तरालको त्यो एउटा भ्रम मात्र भएको पुष्टि भएको छ। पछिल्लो समय धेरै नागरिकले सीको नेतृत्व नै टाउको दुखाइको विषय ठान्न थालेका छन्। भलै उनी पार्टीको महाधिवेशनबाट नेतृत्वमा चयन हुँदै देशको नेतृत्व गर्न पनि सफल भएका छन्। सन् २०२० मा धेरै प्राइभेट कम्पनी छताछुल्ल भएका छन्। कोभिड महामारीले प्रहार गरेको अर्थतन्त्र र श्रम बजार त भइनै हाल्यो। ओरालो लाग्नुका अन्य धेरै कारण पनि देखिन थालेका छन्।

पछिल्लो समय अलीबाबा र तान्सेन्टको बजार भाउमा नजानिँदो प्रकारले गिरावट आएको छ। तीनै क्षेत्रमा बिक्रीमा गिरावट आएको छ। योसँगै बेरोजगारी समस्या पनि त्यत्तिकै बढेको छ।

प्रपर्टी क्षेत्र त तहसनहस नै भएको छ। देशका धेरै घर निर्माता कम्पनी अहिले उठ्नै नसक्ने अवस्थामा पुगेका छन्। चिनियाँ अर्थतन्त्रको ३० प्रतिशत हिस्सा प्रपर्टी क्षेत्रले ओगटेको छ।

गत जुलाईमा हजारौँ जनाको निक्षेपमा जोखिम भएपछि यसमा बचत गर्ने या लगानी गर्ने मध्यका लाखौं जना विरोधमा उत्रिएका थिए। उनीहरूले ग्रामीण बैंकबाट आफ्नो जीवन रक्षा गर्ने त्यो रकम फिर्ता मागेका थिए।

त्यहाँको बैङ्किङ क्षेत्र धारासायी भएपछि बैंक ग्राहकको जीवन र सम्पत्ति मात्र होइन चीनका सामान्य बैंकका स्वास्थ्य संयन्त्रमा समेत असर परेको छ। केही अर्थशास्त्रीको मतमा सीको शासनकालमा गिर्दो आर्थिक अवस्थाका कारण केही मध्यम वर्गीय बासिन्दा निराश नै भएका छन्।

चीनको आर्थिक वृद्धि दर सन् २०१२ यता ६.७ प्रतिशत पुगेको थियो। विश्व बैंकको तथ्यांक अनुसार नै सन् २०१८ मा त्यहाँको कुल गार्हस्थ्य उत्पादन १८.४ प्रतिशत थियो। यसले विश्व अर्थतन्त्रको १८.४ प्रतिशत हिस्सा ओगटेको थियो।

पछिल्ला दशकमा ऋण प्रवाहको क्रममा भएको कमजोरीको असर अहिले परिरहेको जनाइएको छ। ६९ वर्षीय सी अहिले नयाँ नीतिको सोचमा छन्। उनले अर्थतन्त्रलाई कसिलो बनाउने र सरकारको प्रभाव बढाउने सम्भावना बढी छ। यसले चिनियाँ बजारको भविष्य नै जोखिममा परेको जनाइएको छ।

“कमन प्रस्परिटी गोल”को रूपमा अहिले चीनमा सीले चाहेको नीति समुदायमा सरकारको इच्छामा नै वितरण बढाइने हो। यसले केही समयका लागि आम मानिसलाई सरकारप्रति सकारात्मक त बनाउन सक्ला। तर यसले त्यहाँको अर्थतन्त्रलाई क्षत विक्षत नै बनाउन सक्ने छ।

लगानी र आयात भन्दा बढी वितरणलाई प्राथमिकता दिने उनको नयाँ नीति घातक त हुने होइन भन्ने चिन्ता चीनलाई नजिकबाट बुझ्ने अर्थशास्त्रीको छ। यी सबै घटनाक्रमले चीनको अर्थतन्त्रलाई चार दशककै सबै भन्दा अप्ठेरो अवस्थामा लगेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्ष चीनमा ३.१ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको थियो। त्यस प्रक्षेपणबाट पनि मुद्रा कोष अझ पछाडि हटेको छ। आर्थिक वृद्धि दर ८.१ बाट झरेर यस खराब अवस्थामा पुगेको हो। यो ४६ वर्ष यताकै दोस्रो कम आर्थिक वृद्धि दर हो। गत वर्ष कोरोना महामारीको समयमा मात्र यो भन्दा कम आर्थिक वृद्धि दर थियो।

चीनमा अर्को पाँच वर्षका लागि सीको नेतृत्व पक्का भइसकेको छ। चीन अहिले थप समस्यामा पनि परेको छ। अन्तर्राष्ट्रिय बजारमा साख जोगाउने चुनौती एकातिर छ अर्को तीर ओरालो लाग्दो आर्थिक अवस्था छ।

अन्तर्राष्ट्रिय क्षेत्रसँग लचिलो हुने चीनको इच्छा होइन। एक्लै हिँडेर यो अप्ठेरो अवस्था पार लगाउन अझ कठिन हुनेछ। यी गम्भीर समस्यामा अल्झेको चीनले लगानी प्रेरित गर्न छाडेर वितरणमा मात्र ध्यान दिएमा यसले ठूलो समस्या ल्याउन सक्ने छ।खबरहब का लागि मनोज घिमिरे

(स्रोत : वाल स्ट्रिट जर्नल, सीएनए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
एमाले नाउँमा प्रचण्डको दाउ , प्रधानमन्त्री बन्ने योजना

एमाले नाउँमा प्रचण्डको दाउ , प्रधानमन्त्री बन्ने योजना

अध्यक्ष नेपाल र उपसभापति खड्काबीच भेटवार्ता

अध्यक्ष नेपाल र उपसभापति खड्काबीच भेटवार्ता

पुर्ब मन्त्री बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

पुर्ब मन्त्री बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .