काठमाडौं। एमालेका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित निवासमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
लोकन्थलीस्थित बास्कोटाको घरमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जनाएको हो ।
सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्नेक्रममा बम नभएको पुष्टि भएको हो । आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो । सेनाले निष्क्रिय पारेको शंकास्पद
वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।


















