No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमाले नाउँमा प्रचण्डको दाउ , प्रधानमन्त्री बन्ने योजना

एमाले नाउँमा प्रचण्डको दाउ , प्रधानमन्त्री बन्ने योजना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन्। भलै आफनो पार्टी संसदमा तेस्रो किन नहोस, उनको उदेश्य भनेको प्रधानमन्त्री भएरै छोड्ने हो।

दाहालले चुनाव अघि देखिनै प्रधानमन्त्री बन्ने मनसाय ब्यक्त गर्दै आएका हुन। ‘एक पटक देशको नेतृत्व गरेर आर्थिक क्रान्ति गर्नु छ’ भन्दै उनले कयौं पटक बोलेका छन्। तर, जनमतले उनलाई प्रधानमन्त्रीको रुपमा स्विकार गरेको छैन।

हालसम्मको नतिजा अनुसार प्रत्यक्षतर्फ ५६ सिट जितेको र समानुपातिकतर्फ झण्डै साढे २६ लाख मत पाईसकेको कांग्रेससँग प्रत्यक्षमा १७ सिट र समानुपातिकमा साढे ११ लाख मत पाएको माओवादीले प्रधानमन्त्रीको बार्गेनिङ गर्न सक्ने हैसियत देखिदैन। गठवन्धनमा ठुलो पार्टीको हैसियतले कांग्रेसले नै प्रधानमन्त्रीको दावी गर्ने कुरामा कुनै शंका छैन।

तर, दाहाल चुप लागेर सरक्क शेरबहादुर देउवालाई प्रधानमन्त्री स्विकार्ने पक्षमा भने देखिएका छैनन् । त्यसैले उनी अहिले विभिन्न प्रकारका ‘कार्ड’ प्रयोग गर्न थालेका छन् । शनिवार वसेको पदाधिकारी वैठकबाट ‘सरकार गठनमा सवै विकल्प खुल्ला गर्ने’ निर्णय गर्नुले पनि दाहालले च्याँखे थापेको आँकलन गरिएको छ। उनले ‘एमाले कार्ड’ प्रयोग गरेर गठबन्धनमा प्रधानमन्त्रीको बार्गेनिङ सुरु गरेको विश्लेषकहरु वताउँछन् ।

लेखक खगेन्द्र संग्रौलाले दाहालको ‘एमाले कार्ड’ फालेर कांग्रेससँग घुर्कि लाउन थालेको टिप्पणी गरेका छन् । ‘माओवादी केन्द्रका अधिपति पुष्पकमल सर एमालेतिरको प्रेम देखाएर प्रम पड्काउन कांग्रेससँग घुर्की लाउन थालेछन्।’ उनी लेख्छन्–‘सांसद संख्या र लोकप्रियता दुवै स्वात्तै घटेको देख्दादेख्दै पुकदा सरलाई कांग्रेसले प्रम बनाइदेला भन्ने कुरामा पुकदा स्वयंबाहेक कोही एक जनालाई विश्वास भए कृपया जान्न पाऊँ।’

दाहालले प्रधानमन्त्री बन्ने इच्छा देखाएपछि गठवन्धनमा समेत खटपट छ। सत्ता गठबन्धनभित्र बहुमतको सरकार बनाउँदा पहिले कसले नेतृत्व गर्ने भन्ने विषयमा एकमत छैन । कांग्रेसले आफू ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने अडानमा छ भने माओवादी केन्द्रले यसपटक आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ । माओवादी अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि त्यतिबेलाको दोस्रो दल कांग्रेसलाई सरकारको नेतृत्व दिएकाले यसपटक पहिलो २ वर्ष सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान लिएका छन् ।

०७४ को चुनावमा प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्न सफल कांग्रेसलाई प्रधानमन्त्री स्वीकार गरी लोकतन्त्रलाई बचाउने अभियानमा माओवादीले सहयोग गरेकाले यसपटक बिना विवाद कांग्रेसले पहिलो प्रधानमन्त्री प्रचण्डलाई दिनु पर्ने माओवादी नेताको तर्क छ।

दाहालले प्रधानमन्त्री नपाए गठबन्धन भत्किन सक्ने चेतावनी समेत माओवादी नेताहरूले दिन थालेको वताईन्छ। दाहालले आफूले मुख खोलेका छैनन्, तर विभिन्न नेताहरूमार्फत प्रचण्ड पहिला प्रधानमन्त्री हुनुपर्छ भन्दै भन्न लगाउने गरेको श्रोतको दावी छ।

दुवै दलले पहिला आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेकाले कुरा नमिले गठबन्धन भत्किन सक्ने राजनीतिक विश्लेषण भइरहेको छ । यही चर्चाका विच शनिवार माओवादीले सरकार गठनका लागि एमालेसँग पनि बार्ताको विकल्प खुल्ला राख्नुले कांग्रेसलाई एमाले र एमालेलाई कांग्रेस देखाएर दाहाल प्रधानमन्त्री बन्ने तानावानामा लागेको चर्चा गर्न थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
अध्यक्ष नेपाल र उपसभापति खड्काबीच भेटवार्ता

अध्यक्ष नेपाल र उपसभापति खड्काबीच भेटवार्ता

पुर्ब मन्त्री बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

पुर्ब मन्त्री बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

भारत र क्रोएसियाबीच जाग्रेबमा विदेश कार्यालय परामर्श

भारत र क्रोएसियाबीच जाग्रेबमा विदेश कार्यालय परामर्श

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .