No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोनाको वहाना र चीनको अघोषित नाकावन्दी

कोरोनाको वहाना र चीनको अघोषित नाकावन्दी

कोरोनाको वहानामा चीनले सुरु गरेको अघोषित नाकावन्दीका कारण नेपालको ब्यपार÷ब्यवसाय चौपट छ। चीनसँग जोडिएका दुवै नाका अहिलेसम्म सहजरुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

चीनसँगको नेपालको सबैभन्दा पुरानो नाका तातोपानी भन्सार आंशिक रूपमा आयात खुला भएपछि विगत सात वर्षदेखि निर्यात ठप्प छ। चीनले विभिन्न बहाना बनाएर नाका खोल्ने र बन्द गर्दै आएको छ । पछिल्लो पटक कोरोनाको वहानामा वन्द भएको नाका अहिलेसम्म खुलेको छैन।

तिब्बतमा कोरोना महामारीविरुद्ध लगाइएको निषेधाज्ञाको असर नेपाली क्षेत्रमा परेको छ । ल्हासा सरकारले नेपालतर्फ जाने कन्टेनर नरोक्न सीमाक्षेत्रका स्थानीय प्रशासनलाई परिपत्र जारी गरेपनि खासास्थित जाङ्मु पोर्ट प्रशासनले तातोपानी तर्फ कन्टेनर पठाउन रोक लगाएको छ ।

केरुङबाट दैनिक १ दर्जन सवारी साधन रसुवागढी पठाउने गरेपनि सिगात्सेबाट तातोपानी नाका आउने कन्टेनरलाई जाङ्मु प्रशासनले खासा पार्किङमा प्रवेश दिएको छैन । कन्टेनर नआउँदा तातोपानी नाकामा ट्रान्सपोर्टको काम गर्ने सिल्क, नमस्ते र रेवाङ कम्पनीका जनशक्ति तीन महिनादेखि अलपत्र  छन । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने र पुलमा सामान झार्दा ड्यामेज भएर घाटा हुने भएकाले व्यापारीहरू तातोपानी नाकाबाट सामान ल्याउन चाहन्छन ।

रसुवागढीबाट सामान ल्याउँदा समय र लागत वढ्ने र तातोपानीबाट सामान आउनै नदिएपछि नेपाली ब्यापारी ब्यवसायीहरुले अहिले चीनबाट सामान ल्याउन रुचाएका छैनन् । नेपाल सरकारको विभिन्न च्यानलमार्फत तातोपानी नाकालाई सहज बनाउन अनुरोध गर्दा पनि सफल नभएपछि ब्यापारीले सामान मगाउन नसकेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए ।

आयात बढ्ला र लगानी उठाउँला भनेर बसेका क्यारिङ व्यापारी निराश भएसँगै कामदार र गाडीचालक पेसा छाडेर धमाधम घर फर्कन थालेका छन । तातोपानी नाकाबाट आयात–निर्यात दुवै खुला गर्ने विषयमा नेपाल–चीनका अधिकारीबीच समझदारी भएपनि कार्यान्वयन नभएको वस्नेतले वताए ।

गत सेप्टेम्बरमा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमण गरेका चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुले तातोपानी नाका खुला गर्ने विषयमा चीन सकारात्मक रहेको बताएका थिए । चान्सु फर्केसँगै नेपाल–चीन उच्च अधिकारीबीच नाकाबाट आयात निर्यात दुवै खुलाउने सहमति भएको थियो । तर, सहमति कार्यान्वयनमा नआउँदा सधैं गुलजार रहने नाका सुनसान भएको स्थानीय ब्यापारीहरु वताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
पाकिस्तानी राजदुत माथी गोलि प्रहार

पाकिस्तानी राजदुत माथी गोलि प्रहार

बेलायती सांसदको ताइवान भ्रमणले आत्तियो चीन

बेलायती सांसदको ताइवान भ्रमणले आत्तियो चीन

वरिष्ठ पत्रकार शिवहरी भट्टराईको निधन

वरिष्ठ पत्रकार शिवहरी भट्टराईको निधन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .