काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै मोटरसाइकल र्यालीमा निस्केका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै मोटरसाइकल र्याली निकाल्दै काठमाडौंका बिभिन्न स्थानबाट ठमेल पुग्दा युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसअघि युवाहरुले शहरका पाटन लाजिम्पाट, बसन्तपुर लगाएतका स्थानको परिक्रममा गरेर ठमेल पुगेका थिए ।
कुलमान घिसिङको कार्यकाल मंगलबार सकिएर प्राधिकरणबाट विदाई भएपछि काठमाडौंलगायत देशका केही भागहरुमा घिसिङलाई पुनः नियुक्ति नदिएको भन्दै सरकारविरुद्ध र कुलमानको समर्थनमा प्रदर्शन भइरहेका छन् ।
यता घिसिङले भने आफ्नो पक्षमा जुलुस, र्याली जस्ता कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ ।