• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सत्ता स्वार्थमा मात्र रमाएपछि उपेन्द्रको पराजय


सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हान्ने नेता उपेन्द्र

काठमाडौं- मधेश आन्दोलनको नेतृत्व गरिरहेका पात्रलाई मधेसी जनताले पनि अस्वीकृत गरिदिएका छन्। २०६३ सालपछि लगातार जितेर सांसद र मन्त्री भए, तर मधेसी जनताका जनजीविकाका सवालहरुलाई बिर्सिए।

सत्ता स्वार्थमा रमाउन बानी परेर मधेसी जनतालाई झुक्याउँदै आएका उपेन्द्र यादवलाई यसपटक मधेसी जनताले नै झुक्याएका छन्। उनलाई आफ्नो नेता मान्‍न अस्वीकार गरेका छन्।

मंसिर ४ गते सम्पन्‍न निर्वाचनमा यादव सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतले पराजित भएका छन्। २०६३ मा जारी भएको अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि मधेसमा सुरु भएको आन्दोलनबाट नै यादवको नेपालको केन्द्रीय राजनीतिमा प्रभाव बढेको हो।

उनले हरेक निर्वाचनमा मधेसका मुद्दा उठाउने र जिताएर पठाएपछि सम्बोधन गर्ने बताए पनि जितिसकेपछि सत्ताको खेलमा मधेसी जनतालाई नै बिर्सिने गरेका कारण पनि यसपटक उनको पराजय भएको हो। ०६४ को पहिलो संविधान सभा निर्वाचनबाट संसदीय राजनीतिमा आएका यादव पटकपटक मन्त्री र उपप्रधानमन्त्री बने पनि मधेसको मुद्दा सम्बोधन सकेनन् र ती मुद्दालाई उनले प्राथमिकतामा राख्‍न सकेनन्।

२०७२ मा संविधान जारी हुँदा यादव सहित सबै मधेसी नेताहरुले ६ महिनाभन्दा लामो समय मधेस बन्द लगायतका आन्दोलन गरे। तर सफल भएनन्। मुद्दा सम्बोधन नहुँदै यादवले अन्य सहयात्री दललाई छाडेर निर्वाचनमा होमिने निर्णय गरे। मधेसमा त्यसको आलोचना भयो। तर यादवले वास्ता गरेनन्। पछि मधेस केन्द्रित अन्य दलहरु पनि निर्वाचनमा जान बाध्य भए।

निर्वाचन लगत्तै यादव एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्न गए। जबकि मधेसमा भएको लामो आन्दोलनको मुख्य निशानामा तीनै ओली थिए।

यादवले ओलीसँग हातेमालो गरेपछि उनको पार्टीमा बिस्तारै समस्या देखिन थालेको थियो। रेणु यादव सहितको एउटा समूह उनको पार्टीबाट फुट्न लाग्दा उनले राजपासँग एकता गरेर फुटलाई जोगाए र जसपा बनाए। तर, ओलीको कदमलाई हेर्ने दृष्टि नमिल्दा जसपा फुट्यो। यसले यादवमाथि मधेसको मुद्दाभन्दा पनि सत्ताको खेलमा बढी केन्द्रित भएको आरोप लाग्यो। जुन अहिले उनको हारको कारण बन्‍न पुग्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हान्ने नेता उपेन्द्र
  • २०७९ मंसिर १३, मंगलवार १०:४२
  • In "BannerNews"
  • सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हाने उपेन्द्रले, मधेसी जनता आक्रोशित
  • २०७९ मंसिर १३, मंगलवार १०:४२
  • In "BannerNews"
  • यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई दिए धोखा
  • २०७९ मंसिर १३, मंगलवार १०:४२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

Next Post

चीनसँगको एलएसी नजिक भारत र अमेरिकाले सैन्य अभ्यास गर्दै

उदयपुर १ मा मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

समानुपातिक मतपरिणाम: एमाले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version